के महिलाका कारणले मात्र निःसन्तान भइन्छ ? कस्ता पुरुष निःसन्तान हुनसक्छन् ? 



Download our app to get more features

विवाह भएको एकवर्षको अवधिसम्म पनि श्रीमान र श्रीमतिबीच परिवार नियोजनका साधनहरुको प्रयोग नगरी नियमित रुपमा शारीरिक सम्बन्ध स्थापित हुँदा समेत सन्तान नभएमा साधारणतया निःसन्तान सम्बन्धी समस्या छ भन्ने बुझिन्छ । आज द्रुतगतिमा भईरहेको बिकासलाई आत्मसात गरिरहेको विश्व परिवेशमा निःसन्तान सम्बन्धी समस्या दिन प्रतिदिन बढिरहेको छ । विभिन्न अध्ययनहरुको आधारमा विश्वव्यापी रुपमा करिब ८ प्रतिशत देखी १२ प्रतिशत जोडीहरुमा यो समस्या देखापरेको छ भने हाम्रो नेपालको सन्दर्भमा करिब ९ प्रतिशतदेखि १५ प्रतिशत जोडीहरु कुनै न कुनै रुपमा निःसन्तान सम्बन्धी समस्याबाट पीडित रहेको पाईएको छ ।

शुक्रकिटको कमी निःसन्तान सम्बन्धि समस्या भोगिरहेका अधिकांश पुरुषहरुमा देखिन्छन । त्यसैगरी उत्पादन भएका शुक्रकिटको गति (Motility) कम भएमा पनि शुक्रकिट महिलाको अण्डासम्म पुग्ने क्षमतामा कमि आउँछ । त्यसैगरी असामान्य शुक्रकिट (Abnormal sperm) ले गर्दा पनि अण्डालाई निशेचित (Fertilize)गर्नमा समस्या भईरहेको हुन्छ ।

साधारणतया निःसन्तान सम्बन्धी समस्यामा महिलालाई मात्र दोषी पात्र देखाउने अन्धविश्वास आज पनि रहेको पाईन्छ । नेपाल जस्तो पुरुषप्रधान समाजमा त महिलाहरुलाई मात्र आक्षेप लाग्ने गरेको पाईन्छ । हाम्रो समाजमा अझसम्म पनि जसरी सन्तान प्राप्तिमा पुरुष र महिलाको बराबर योगदान हुन्छ त्यसरी नै निःसन्तान सम्बन्धी समस्यामा पनि महिलाको मात्र नभई पुरुषको पनि कमजोरी हुने तथ्यलाई कमैले मात्र आत्मसात गरेको पाईन्छ ।  विभिन्न अध्ययनले देखाए अनुसार निःसन्तान सम्बन्धी समस्या भएका जोडीमध्ये करिब एक तिहाई जोडीमा पुरुषको अर्को एक तिहाई जोडीमा महिला र बाँकीमा महिला पुरुष दुवैको समस्या देखा पर्ने गरेको छ । वर्तमान परिवेशमा समेत हाम्रो समाजमा निःसन्तान सम्बन्धि समस्याको बारेमा चेतनाको अभाव, निःसन्तान सम्बन्धि समस्या हो भन्ने थाहा हुँदाहुँदै पनि आफन्त, साथीभाई र समाजले थाहा पाउँछन की भनेर लुकाउने गरिन्छ । निःसन्तानपनाको पनि उपचार सम्भव छ भनेर डाक्टर कहाँ गएर नियमित उपचारमा लाग्ने कमैमात्र छन् ।

निःसन्तान सम्बन्धि समस्यामा पुरुष तथा महिलाहरुमा आआफ्नै विभिन्न कारणहरु हुन्छन् । साधरणतया पुरुषमा निःसन्तान सम्बन्धी समस्याका विभिन्न कारणहरु हुन्छन् । शुक्रकिटको कमि (Low Sperm count) पुरुषको हकमा सबैभन्दा बढी देखिने समस्या हो । साधारणतया शुक्रकिट १५ मिलियनभन्दा कम भएमा शुक्रकिटको कमी भएको मानिन्छ । शुक्रकिटको कमी निःसन्तान सम्बन्धि समस्या भोगिरहेका अधिकांश पुरुषहरुमा देखिन्छन । त्यसैगरी उत्पादन भएका शुक्रकिटको गति (Motility) कम भएमा पनि शुक्रकिट महिलाको अण्डासम्म पुग्ने क्षमतामा कमि आउँछ । त्यसैगरी असामान्य शुक्रकिट (Abnormal sperm) ले गर्दा पनि अण्डालाई निशेचित (Fertilize)गर्नमा समस्या भईरहेको हुन्छ ।

प्रायजसो शुक्रकिट सम्बन्धी समस्याको चर्चा गर्दा यसका विभिन्न कारणहरु हुन सक्छन् । आजको व्यस्त जिवनशैलीमा अस्वस्थकर खानपिन लगायत धुम्रपान, मद्यपान, खैनिजन्य पदार्थ ,लागुपदार्थको प्रयोग आदिले शुक्रकिट सम्बन्धी समस्या देखापर्छ । बडी बिल्डर तथा खेलाडीहरुले प्रयोग गर्ने (Anabolic Steroid)आदिको प्रयोगको कारणले पनि शुक्रकिटको कमि हुन्छ ।

क्यान्सर, डायबिटिज, मधुमेह, हाडेरोग विभिन्न किसिमका ईन्फेक्सन र बंशाणुगत रोगहरु भएका व्यक्तिहरुमा पनि शुक्रकिटको समस्या देखापर्दछ । साथसाथै प्रजनन अंगमा क्षति पुगेका, आवश्यकता भन्दा बढी र कम तौल भएका पुरुषहरुमा पनि यो समस्या देखापर्छ । बढी मात्रामा उच्च तापक्रम आदीमा बस्ने पुरुषहरुमा यो समस्या देखिन सक्छ किनकी उच्च तापक्रमले अण्डकोषको तापक्रम समेत बढाउछ जसले शुक्रकिटको उत्पादनमा कमि ल्याउँछ । त्यस्तै बैदेशिक रोजगारीमा गएर उच्च तापक्रममा काम गरेर फर्किने पुरुषहरुमा पनि शुक्रकिट उत्पादन क्षमतामा कमि हुदै जाने सम्भावना हुन्छ ।

साथै कतिपय अबस्थामा आजको व्यस्त जीवनशैलीमा दम्पतिहरु कामको शिलशिलामा वा अन्य कारणवश सँगै बस्न नपाउँदा आफ्नो प्रजनन उमेर गुमाउन पुगी सन्तान प्राप्त गर्न असमर्थ हुन्छन् । सामान्यतया पुरुषहरुको ५० वर्षपछि प्रजनन क्षमता कम हुँदै जान्छ भने महिलाको हकमा ३० वर्ष पछी विस्तारै प्रजनन क्षमता कम हुदै जाने र ३७ वर्षपछी द्रुत गतिमा प्रजनन क्षमता कम हुँदै जान्छ ।

निःसन्तान सम्बन्धी समस्याबाट पीडित महिलाहरुमा बिशेषगरी Ovulation disorder (अण्डा नबन्ने) समस्या मुख्य समस्याको रुपमा देखा पर्छ । त्यसै गरी पाठेघर सम्बन्धी समस्या, अण्डवाहिनि नलि (Fallopian tube) बन्द हुने समस्या, गर्भाशयमा हुने समस्या आदि विभिन्न कारणहरुले गर्दा महिलाहरुमा निःसन्तान सम्बन्धी समस्या देखा पर्छ ।  हर्मोन असन्तुतिल भएका, थाईराईड भएका, अधिक वा कम तौल भएका, अधिक शारीरिक ब्यायाम गर्नेहरु, ध्रुमपान, मध्यपान तथा लागूपदार्थ प्रयोग गर्ने महिलाहरुमा विशेषगरी अण्डा नबन्ने समस्या हुन्छ । साथै फोलिक एसिड,  जिङ्क, आईरन ,  भिटामिन B-12, भिटामिन डि ए.एम.एच. =(AMH) आदिले प्रजनन क्षमतालाई असर पार्ने हुँदा शरीरमा यी तत्वहरुको कमि हुने महिलाहरुमा पनि निःसन्तान सम्बन्धी समस्या देखापर्छ । साथसाथै क्यान्सरको उपचार गराईरहेका बिरामीलाई दिईने केमोथेरापिको कारण पनि महिलाहरुमा यो समस्या देखापर्छ ।

निःसन्तान सम्बन्धी समस्याबाट टाढा नभागी, आत्मविश्वास, धैर्य र नियमित उपचार विधि अवलम्बन गरेमा सन्तान सुस्ख प्राप्त गरि व्यक्तिगत र पारिवारिक जीवनमा खुशियाली भर्न सकिन्छ ।

साथै कतिपय अबस्थामा आजको व्यस्त जीवनशैलीमा दम्पतिहरु कामको शिलशिलामा वा अन्य कारणवश सँगै बस्न नपाउँदा आफ्नो प्रजनन उमेर गुमाउन पुगी सन्तान प्राप्त गर्न असमर्थ हुन्छन् । सामान्यतया पुरुषहरुको ५० वर्षपछि प्रजनन क्षमता कम हुँदै जान्छ भने महिलाको हकमा ३० वर्ष पछी विस्तारै प्रजनन क्षमता कम हुदै जाने र ३७ वर्षपछी द्रुत गतिमा प्रजनन क्षमता कम हुँदै जान्छ ।

उपरोक्त विभिन्न समस्याहरुलाई बेलैमा पत्ता लगाई उपचार गरेमा सन्तान प्राप्त गर्न सकिन्छ तर यो समस्या लुकाउने, दोस्रो विवाह गर्ने, धामी झाँक्रीको विश्वास गर्ने, समयमै आवश्यक उपचार अवलम्बन नगर्ने गरेमा सदैब पीडित हुनुपर्छ । अन्त्यमा निःसन्तान सम्बन्धी समस्याबाट टाढा नभागी, आत्मविश्वास, धैर्य र नियमित उपचार विधि अवलम्बन गरेमा सन्तान सुस्ख प्राप्त गरि व्यक्तिगत र पारिवारिक जीवनमा खुशियाली भर्न सकिन्छ ।  

Last modified on 2019-05-01 06:28:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts