उच्च रक्तचाप, मधुमेह भएका व्यक्तिको शल्यक्रिया कतिको सुरक्षित ? (भिडियोसहित)



Download our app to get more features

उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिको अन्य रोग लाग्दा शल्यक्रिया गर्नु हँुदैन भन्ने धेरैको बुझाई छ । त्यस भए यस्ता व्यक्तिको कहिल्यै शल्यक्रिया हुँदैन त ? अथवा कुन अवस्थामा शल्यक्रिया गर्ने ? शल्यक्रिया गरे के कस्ता जटिलता आउँछ भन्ने विषयमा जनरल फिजिसियन डा. विश्वनाथ कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंश :-

अस्वस्थ खानपान, विलासी जीवनशैली, अनियन्त्रित तौल लगायतका कारण आजकाल उच्च रक्तचाप र मधुमेह अधिकांश धेरैमा देखा पर्ने थालेको छ । कतिपय व्यक्तिमा त सानै उमेरमा पनि मधुमेह, उच्च रक्तचापको समस्या देखिन थालेको छ । 

यस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ 
उच्च रक्तचाप र मधुमेह भएका मानिसलाई अन्य रोग लागेमा शल्यक्रिया गर्नु हँुदैन भन्ने बुझाई गलत हो । कतिपयले त यस्तै बुझाइले रोग पालेर बस्ने समे गरेका छन् । यस्ता व्यक्तिलाई शल्यक्रिया गर्नु हँुदैन भन्ने होइन् तर, तुलानात्मक रुपमा यस्ता व्यक्तिको शल्यक्रिया गर्दा विशेष सावधानी अपनाउनु पर्छ । 

शल्यक्रिया गर्दा हुने यी हुन् कठिनाई 
रक्तचाप बढी भएका बिरामीको शल्यक्रिया गर्दा विशेष गरी आँखा, मस्तिष्क, मुटु, मिर्गाैला लगायतका अंगमा भएका स साना नशामा क्षति पुग्न सक्छ । जसले गर्दा रगत धेरै बग्ने, स–साना नशा नष्ट हुने सम्भावना प्रवल हुन्छ ।
मधुमेहका बिरामीमा पनि रगतमा चिनीको मात्र बढी हँुदा शरीरका सबै अंगलाई असर गर्न सक्छ । यसले गर्दा रगत कम वा बढी सञ्चालन हुनसक्छ । रगतमा आवश्यता अनुसार अक्सिजन र चिनीको मात्र नपुग्न सक्छ । जसले गर्दा जसले गर्दा शरीरका अंगले काम कम गर्ने, काम गर्नै छाड्ने पनि हुन्छ । यसर्थ, शल्यक्रियाका बेला उच्च रक्तचाप र मधुमेह ठीक हुनु पर्छ भनिएको हो । यस्ता व्यक्तिको शल्यक्रियामा विशेष सावधानी अपनाउनु पर्छ । तर, कुनै दुर्घटनाका कारण वा तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था श्रृजना भए तत्काल उच्च रक्तचाप र मधुमेह नियन्त्रण गरि शल्यक्रिया गर्नुपर्छ ।

यस्ता व्यक्ति शल्यक्रियापछि पनि सावधान रहनुपर्छ
उच्च रक्तचाप र मधुमेह भएका व्यक्ति शल्यक्रियापछि पनि मधुमेह र रक्तचापलाई नियन्त्रणमा राख्नेप्रति सधै सचेत हुनुपर्छ । खानपान, तौल नियन्त्रण, सक्रियाता, चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन र नियमित स्वास्थ परीक्षण लगातका कुरामा सचेत हुनुपर्छ । 

भिडियो हेर्नुहोस्:

Last modified on 2019-04-30 15:18:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts