के हो धेरै खुसी वा दुःखी हुने मानसिक रोग वाइपोलार डिसअर्डर (भिडियोसहित)



Download our app to get more features

पछिल्लो समय वाइपोलार डिसअर्डरको समस्या धेरैमा देखिएको छ । यो रोगका बिरामी विश्वमा नै बढ्दै गएको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । नेपालमा पनि यस्तो समस्याले धेरैलाई सताएको पाइन्छ । के हो वाइपोलर डिसअर्डर ? यो हुने कारण र बच्ने उपायबारे नशा तथा मानसिक रोग विशेषज्ञ डा. प्रदीप पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश । 

के हो वाइपोलार डिसअर्डर (bipolar disorder) ? 

वाइपोलार डिसअर्डर भनेको एक किसिमको कडा खालको मानसिक रोग हो । डिप्रेशन र मिनिया दुबै समस्या एकै व्यक्तिमा देखा पर्यो भने त्यसलाई वाइपोलार भएको मान्न सकिन्छ । कहिले मन निरास हुने, दुखी हुने, बाच्नुको अर्थ छैन जस्तो लाग्ने, एक्लो महसुस गर्ने लक्षण देखिने त कहिले मिनिया जस्तो धेरै खुसी हुने,आफु जस्तो राम्रो ठुलो कोही छैन भन्ने भान हुने मेलै जे गरेनी राम्रो हुन्छ भन्ने स्वाभाव देखाउने आदि लक्षण देखा पर्दछ । या डिप्रेसन ठिक भयो भने मिनिया देखिने र मिनिया ठीक भयो भने डिप्रेसनका लक्षण देखिने रोगलाई नै वाइपोलार डिसअर्डर भनिन्छ ।
 
वाइपोलार डिसअर्डर हुने कारण के के हुन् ?

यो हुने कारण धेरै छन् । बिरामीपिच्छे नै यसका कारण फरक पर्न पनि सक्छ । तर सामान्यतया स्नायु नशामा विभिन्न खालको समस्या हुनु, बढी तनाव, अनिन्द्रा हुनु वा वंशाणुगत गुण, बढी मद्यपान वा धुम्रपान गर्ने मानिसमा यो हुने संभावना बढी हुन्छ । 

यसका लक्षणहरु के कस्ता देखिन्छन् ?
यसका लक्षण भनेकै डिप्रेशन र मिनियाका लक्षण हुन् । जस्तै:

  • मन धेरै चन्चल हुने,खुसी हुने ।
  • अति हिम्मत बढ्ने ।
  • खाने,बस्ने,सुत्ने कुराको मतलब नगर्ने ।
  • व्यावहारिकता भन्दा भावनामा रमाई आफुसंग भएका कुराहरु बाडेर वा अनावश्यक खर्च गरेर सक्ने ।
  • बढि रिसाउने । 
  • आफुले भनेको कुरा मात्र ठीक अरुले भनेको बेठीक मान्ने ।
  • धेरै दुखी हुने । 
  • एक्लो महशुस गर्ने । 
  • निराश हुने ।
  • आफुमा केही छैन भन्ने हीनभावना उत्पन्न हुने ।
  • संसारलाई नै शून्यता देखेर मर्न मन लाग्ने ।
  • कसैसँग बोल्न मन नलाग्ने एकान्तमा बस्न मन पराउने लगायतका लक्षण देखन्छन् ।

कुन उमेर समुहका मानिसमा यो रोग बढी देखिन्छ ?

पहिले पहिले यो रोगलाई ढल्कँदो उमेरमा मात्र देखिन्छ भन्ने थियो । तर अहिले कम उमेरका मानिसमा पनि यो रोग देखापर्ने गरेको छ । यद्यपी २० २५ वर्ष पूरा भएका मानिसमा यो अलि बढी देखिन्छ । 
 

यो रोगबाट बच्ने उपाय के के हुन् ?

कतिपय मानिसले यो रोगलाई रोग कै रुपमा लिँदैनन् । तर यो कडा खालको मानसिक रोग हो । यसलाई सुरुवाती चरणमै परीक्षण गरेर औषधि सेवन गर्यो भने पूर्ण ठीक हुन्छ । तर यसलाई बेवास्ता गर्यो भने यसले गम्भीर असर गर्दछ । माथिका कुनै पनि लक्षण देखियो भने तुरुन्त अस्पताल जाने । चिकित्सकले भने बमोजिम खानपान र औषधि सेवन गर्ने । धुम्रपान मद्यपान नगर्ने, अनिदो नबस्ने लगाएतका कुरामा सावधानी अपनायो भने यो रोगबाट बच्नुका साथै पूर्ण स्वस्थ जीवन जीउन सकिन्छ ।
 

Last modified on 2019-04-01 06:27:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts