तीनवटा मेडिकल कलेजका लागि अस्थायी संगठन संरचना गर्ने सरकारको निर्णय
काठमाडौं, ९ फागुन । सरकारले ३ वटा मेडिकल कलेजहरुको भौतिक पूूर्वाधार निर्माण विकास कार्य सञ्चालन गर्न समयसीमा तय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत स्थापना गरिने ३ वटा मेडिकल कलेजहरूको भौतिक पूर्वाधार निर्माण विकास कार्य सञ्चालन गर्न २०७६ असार मसान्तसम्मका लागि अस्थायी संगठन संरचना र राजपत्राङ्कित श्रेणीका ९ पदको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको हो । साथै बैठकले विशेषज्ञ सेवा प्रदान गर्नका लागि देहायका अस्पतालहरूलाई संघीय सरकार अन्तर्गत राखी व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।
क) कोशी अञ्चल अस्पताल, विराटनगर, मोरङ
ख) नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज, पर्सा
ग) भरतपुर अस्पताल, चितवन
घ) भेरी अञ्चल अस्पताल, नेपालगञ्ज, बाँके
ङ) डडेलधुरा उपक्षेत्रीय अस्पताल, डडेलधुरा