खोटाङमा स्वास्थ्य मन्त्रालयको विशेषज्ञ सहितको घुम्ती स्वास्थ्य शिविर



Download our app to get more features

खोटाङ २७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा खोटाङ्मा विशिष्ट सेवा सहितको घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउने उदेश्य अनुसार स्वास्थ्य मन्त्रालयले बिशेषज्ञ सेवा सहितको घुम्ती स्वास्थ्य शिविर  सञ्चालन गरेको हो । ११ दिन सम्म चलेको घुम्ती स्वास्थ्य शिविरबाट ४ हजार ५ सय जना बिरामीले विशेषज्ञ सेवा पाएका छन् । सरकारले दुर्गममा बिशेषज्ञ चिकित्सक पठाउन नसकेपछि काठमाडौ देखि घुम्ति अस्पतालका लागि विशेषज्ञ चिकित्सक लगेको थियो । 

समयमै रोग पहिचान होस भनेर घुम्ती अस्पताल सेवा गाउँ गाउँमा पुर्याएको डा. प्रकाश बुढाथोकीले जानकारी दिए । खोटाङ्को मानेभञ्ज्याङ, साकेला, ओख्रे, जनसेवा दिहु, चिप्रीङ, सिम्पानी, खोटाङ बजार,चिसापानी बजार र धर्तुङमा सेवा संचालन भएको थियो । शिविरमा सबै खाले स्वास्थ्य उपचार गरिएको थियो ।

यी हुन बिशेषज्ञ सेवा दिने चिकित्सकहरु 
बरिष्ठ कन्सलटेण्ट डेण्टल सर्जन डा. प्रकाश बुढाथोकी,बरिष्ठ रेडियोलोजष्ट डा. कृष्ण बुढाथोकी,बरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. साभना प्रधान,फेमीली फिजिसियन डा. रोहेन्द्र पाण्डे, डा. सुमीत प्रजापति, हाडजोर्नी बिशेषज्ञ डा. सरोज राई,डेण्टल सर्जन डा.अमिता राई,डा.नवराज घिमीरे,डा. राजीव कुमार मण्डल,आर्युवेद चिकित्सक डा.साभ्यता पन्ती,डा. सुनील भण्डारी,आ.स. सिर्जना जयसवाल,अप्टोमेट्रिसियन मिनु श्रेष्ठ, हे.अ. ज्ञानु कार्की, हेअ दौलत तुलाधर,ज.अ. भवानी शर्मा,ज.अ. योगेन्द्र पञ्जियार ल्याब टेक्निीसीयन पंकज थारु,नर्सिङ अधिकृत यशोदा गिरी लगायत २२ जना स्वास्थ्यकर्मीहरु संलग्न रहेका थिए ।

कतिले लिए सेवा
नेपाल सरकार,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभाग,उपचारात्मक सेवा महाशाखाको आयोजनामा भएको शिविरमा नरदेवी आर्युवेद अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, कान्तिपुर डेण्टल हस्पिटल, किर्तिपुर आ“खा अस्पतालका चिकित्सकहरु सहभागी थिए । 

शिविरमा  ४ सय महिलाको म्यामो गरिएकोमा १ सय ५ जनाको स्तनमा गिर्खा वा डल्लो भेटिएको, ७ सय १६ स्त्री रोग महिलाको उपचार, १ सय १३ जनाको चिनीरोगको पहिचान, ७ सय ६४ जना बिरामीको दा“तको उपचार र ७ सय १५ जनाको भिडियो एक्सरे गरिएको डा. बुढाथोकीले बताए ।

Last modified on 2019-02-10 15:03:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts