दुर्गम गाउँमा आयुर्वेदिक क्लिनिक



Download our app to get more features

बलेवा, ६ माघ । बागलुङको जैमिनी नगरपालिकाले गाउँघर आयुर्वेदिक क्लिनिक शुरु गरेको छ । आयुर्वेदिक औषधालयको पहुँच नपुगेको जैमिनी–९ पैञ्युथन्थापमा गाउँघर क्लिनिक शुरु गरिएको हो । 

शनिबार पहिलो पटक सञ्चालन गरिएको क्लिनिकमा एक सय बिरामीले सेवा लिएका छन् । क्लिनिकमा आउने बिरामीलाई निःशुल्क स्वास्थ्य परीक्षण र औषधिको व्यवस्था गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ । प्रत्येक महिना ५ गते सञ्चालन हुने गरी गाउँघर क्लिनिक शुरु भएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए। 

जैमिनी–२ मा रहेको दमेक आयुर्वेद औषधालयले क्लिनिकमा प्राविधिक सहयोग गर्नेछ । क्लिनिकमा उपचारका लागि आउने बिरामीका निम्ति औषधि र अन्य व्यवस्थापन खर्च नगरपालिकाले गर्ने गरी व्यवस्था मिलाइएको छ । “आयुर्वेदिक पद्धतिबाट पनि कैयौँैं रोगको उपचार गर्न सकिँदो रहेछ”, नगर उपप्रमुख लीला रानाले भने “विनासाइडइफेक्ट काम गर्ने औषधि भएकाले सर्वसाधारणको माग आयुर्वेदिक औषधिमा रहेको मैले भेटाएँ ।” रासस

Last modified on 2019-01-20 16:52:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts