निशुल्क डायलासिसको घोषणा समस्या समाधान होइन : विज्ञ



Download our app to get more features

केही दिन अघि मन्त्रीपरिषदको बैठकले मिर्गाैला डायलासिस सेवा आजीवन निःशुल्क गर्ने निर्णय गर्यो । सरकारले यस अघि पनि २ वर्षका लागि निःशुल्क डायलासिस सेवा दिँदै आएको थियो । सरकारको यस्तो निर्णयसँगै कमजोर आर्थिक स्थितीले प्रत्यारोपण गर्न नसक्ने हजारौं मृगौला रोगीका लागि राहत मिलेको छ । तर, सरकारको निःशुल्क डायलासिस सेवाले मृगौला रोगीलाई तत्कालका लागि राहत दिए पनि समस्याको समाधान भने नहुने विज्ञहरु बताउँछन् । सरकारको निःशुल्क डायलासिस सेवाको बारेमा मृगौला रोग विशेषज्ञ डा. अनिल बराल र डा. ऋषि कुमार काफ्ले के भन्छन् त ?

 

 

डा. अनिल बराल
मिर्गाैला रोग विशेषज्ञ
वीर अस्पताल

सरकारले निःशुल्क डायलासिस सेवा दिँदा बिरामीलाई धेरै राहत पुगेको छ । डायलासिसले करोडपतिलाई रोडपति बनाएको अवस्था समेत छ । बिरामीले डायलासिस गराउँदा आफ्नो घरखेत नै बेच्नु पर्ने हुन्छ । यसरी निःशुल्क डायलासिस पाउनु बिरामीका लागि हर्षको कुरा हो । तर, डायलासिसमा बाचिरहेको बिरामीले राज्यलाई धेरै योगदान दिन सक्ने अवस्था हुँदैन ।  बिरामीको साथै कुरुवाको पनि हप्तामा २ दिन खेर गइरहेको हुन्छ । त्यसले गर्दा लगानी गर्ने नै हो भने प्रत्यारोपणमा गर्न सकेको भए त्यसको प्रतिफल प्राप्त गर्न सकिने थियो ।

सरकारले लगानी गर्नु पर्ने ठाउँ त मिर्गौला पूर्ण रुपले फेल हुन जोगाउने तर्फ हो । जुन रोगले मिर्गौलालाई फेल गाराउदैै लगेको छ त्यसको पहिचान गरी त्यसमा सहलियत दिनुपर्छ । यस तर्फ सरकारले ध्यान दिने हो भने ६० प्रतिशत सम्म मिर्गौला फेल हुन बाट बचाउन सकिन्छ । मिर्गौला फेल भैसके पछि बाचुन्जेल डायलासिस सेवा दिनु भन्दा त्यस तर्फ जोड दिनु पर्छ साथै जनचेतना पनि फैलाउन जरुरी छ । 

प्रत्यारोपणलाई प्रोत्साहन गरेर कानुनी अडचनलाई पूर्णता दिएर  यसलाई सम्वोधन गर्नसके, मष्तिस्क मृत्यु पछिको अंगदान लाई अझै व्यवस्थित गर्न सकिन्छ । प्रत्यारोपण गर्दाको खर्च र त्यसपछि खानु पर्ने, औषधिमा सरकारले छुट दिन सके राम्रो हुन्छ । प्रत्यारोपण पछि बिरामीले परिवार, समाज तथा राज्यलाई योगदान दिन सक्ने हुन्छन् । प्रत्याराेपण पछि औषधि खान नसकेर मृगौला फेल भएका बिरामी छन् । 

अर्को सरकारले लगानी गर्नु पर्ने ठाउँ त मिर्गौला पूर्ण रुपले फेल हुन जोगाउने तर्फ हो । जुन रोगले मिर्गौलालाई फेल गाराउदैै लगेको छ त्यसको पहिचान गरी त्यसमा सहलियत दिनुपर्छ । यस तर्फ सरकारले ध्यान दिने हो भने ६० प्रतिशत सम्म मिर्गौला फेल हुन बाट बचाउन सकिन्छ । मिर्गौला फेल भैसके पछि बाचुन्जेल डायलासिस सेवा दिनु भन्दा त्यस तर्फ जोड दिनु पर्छ साथै जनचेतना पनि फैलाउन जरुरी छ । 

प्रत्यारोपण धेरै गुणा सजिलो र सस्तो उपचार प्रक्रिया भएकाले निशुल्क डायलासिस पाएता पनि बिरामीहरु प्रत्यारोपण बाट पछाडी नहट्नु पर्ने हो । किन भने डायलासिस्मा धेरै दुख छ । बाच्ने आयु डायलासिसमा भन्दा प्रत्यारोपणमा दोब्बर हुन्छ । जसका कारण सरकारले निःशूल्क डायलासिस दियो भन्दैमा प्रत्योरोपण गर्नेको संख्यामा कमी हुन्छ जस्तो मलाई लाग्दैन । तर पनि डायलासिस सेवा निःशुल्क पाइयो प्रत्यारोपण तिर नजाने पनि भन्न सक्छन् । 

प्रत्यारोपण पछि खानुपर्ने औषधिमा छुट दिएर भारत कै मुल्यमा दिनसक्नु पर्छ । नेपालमा प्रत्यारोपण गरेका बिरामीहरु नियमित जाँचका लागि लखनउ जाने गरेका छन् । किन भने त्यहाँ उपचार गराउदा ३ महिनाको औषधि निःशुल्क पाइन्छ । नेपालमा १५०० पर्ने औषधि भारतमा ५०० रुपैयाँमा पाउन सकिन्छ । सरकारले त्यसको भन्सारमा छुट दिन सके मात्र पनि हुन्छ । 

सामान्यतया डायलासिस हप्ताको २ पटक हुदै आएको छ । तर, निःशुल्क घोषण भए सँगै ३ पटक गरिदिने भन्न थालेका छन् । हामीसँग श्रोत छैन । निःशुल्क भनेपछि विरामीको डायलासिस गर्नेको संख्या बढ्न जान्छ । र वर्षेनी ३ हजारको संख्यामा नयाँ बिरामी थपिँदै जाने हुँदा बिरामीलाई कसरी व्यवस्थित गर्ने भन्ने ठूलो चुनौती हुनसक्छ । 

 

डा. ऋषि कुमार काफ्ले
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ

मिर्गौला रोगको समस्यालाई हेर्दा एकजनाको मिर्गौला फेल भयो अव डायलासिस गर्नु पर्छ, प्रत्यारोपण गरे राम्रो रे । उसको पारिवारीक दायित्व के छ ? यदि कमाएर परिवारलाई खुवाउनु पर्ने व्यक्ति नै डायलासिसमा बस्नु पर्याे भने उसले कसरी परिवार पाल्छ ? अधिकांस नेपालीलाई यस्तै समस्या भएको छ ।  अर्को कुरा आफ्नो क्षेत्रमा डायलासिस गर्ने स्थान छ या छैन । यसका लागि बसाइ सर्नु पर्ने हुन्छ । मिर्गौला बिग्रेमा सहरकेन्द्रित हुनु पर्ने बाध्यता छ । 

एक व्यक्तिले १० वर्षसम्म डायलासिस गर्दा सरकारको २६ लाख खर्च हुन्छ । उक्त व्यक्तिको लागि १० वर्ष म बाच्न पाउने भए भन्नेमात्र हो । सरकारले राहत दिँदैमा समस्या समाधान हुँदैन । डायलासिस र प्रत्यारोपण समस्याको समाधान किन होइन भने हामी टुलुटुलु मिर्गाैला विगारेको हेरेर बस्ने अनि जब मिर्गौला विग्रन्छ अनि बल्ल सुविधा दिने होइन ।

मिर्गौला रोग नलाग्दा सम्म मानिसलाई म स्वस्थ छु भन्ने लाग्छ, जव मिर्गौला रोग लागेको थाहा हुन्छ त्यती वेला मिर्गौला काम नलाग्ने भैसकेको हुन्छ । डायलासिस गर्नु पर्ने अथवा प्रत्यारोपण गर्नु पर्ने बाहेक अर्को विकल्प रहदैन । नेपालमा २८ वर्ष पहिला डायलासिस सेवा सुरु भएको हो । सायद कसैले पनि सोचेको थिएन होला नेपालमा मिर्गौला रोगी यसरी बढ्छ भन्ने । दिनानु दिन मिर्गौला रोगीको संख्या बढीरहेको छ । 

मन्त्रीपरिषदको बैठकले डायलासिस सेवा आजिवन निःशुल्क गर्ने निर्णया गर्यो । तर बजेट भाषणमा प्रत्योरोपण नगरेसम्मका लागि भनेर भनिएको छ । सरकारले यस अघि पनि २ वर्षका लागि निःशुल्क डायलासिस सेवा दिएको थियो । तत्कालका लागि यसको फाइदा २ वर्ष डायलासिस सेवा लिनेलाई भएको छ । २ वर्ष पुरा भयो अव डायलासिस सेवा लिन नसक्नेका कारण ज्यान गुमाउनु पर्ने अवस्था भएकालाई ठूलो राहत भएको छ । अर्को भनेको जसको विभिन्न अन्य रोगका कारण प्रत्यारोपण गर्न मिल्दैन तिनीहरुको लागि डायलासिस निःशुल्क भन्ने आसय बुझिन्छ । 

एक व्यक्तिले १० वर्षसम्म डायलासिस गर्दा सरकारको २६ लाख खर्च हुन्छ । उक्त व्यक्तिको लागि १० वर्ष म बाच्न पाउने भए भन्नेमात्र हो । सरकारले राहत दिँदैमा समस्या समाधान हुँदैन । डायलासिस र प्रत्यारोपण समस्याको समाधान किन होइन भने हामी टुलुटुलु मिर्गाैला विगारेको हेरेर बस्ने अनि जब मिर्गौला विग्रन्छ अनि बल्ल सुविधा दिने होइन । सरकारले मिर्गौला रोगका बारेमा जनचेतना जगाउने, रोग लाग्नु भन्दा पनि पहिला नै त्यसको रोकथाम गर्ने उपाय अवलम्बन गर्नु पर्छ । सशक्त रुपमा देश व्यापीरुपमा जनचेतना संचालन नगर्ने हो भने सरकारले डायलासिस धान्न सक्ने अवस्था छैन । 

यसको अर्थ डायलासिसमा आएका बिरामीलाई सहयोग नगर्ने भन्ने होइन तर भविष्यमा आउने व्यक्तिलाई रोकथाम गर्ने कुरालाई अवलम्बन गर्न ढिला गर्नु हुदैन । मेरो मिर्गौला स्वस्थ छ भनेर बस्ने होइन, मिर्गौला स्वस्थ छ भन्नको लागि वर्षको एक पटक मिर्गौला जाँच गर्ने बानी बसाल्नु पर्छ । वर्षमा २०० खर्च गर्दा लाखौं बच्न सक्छ । 

वर्षेनी २६ लाख व्यक्तिमा मिर्गौलाकोे समस्या रहेको हुन्छ भने २६ हजारमा मिर्गौला बिग्रने सम्भवना हुन्छ । त्यसैगरी २६ सयमा मिर्गौला विग्रीसकेको हुन्छ । त्यसैले वर्षेनी २६ सयमा डायलासिस गर्नु भन्दा २६ लाखमा सुरु कै अवस्थामा जाँचका लागि सरकारले सहयोग गर्दा अरवौ बच्न सक्छ । त्यसकारण सरकारले मिर्गौला फेल भैसकेपछि निःशुल्क डायलासिस सेवा दिनुभन्दा सुरुकै अवस्थामा रोकथाम गर्न जरुरी छ । 
 

बासुदेव न्यौपानेले गरेकाे कुराकानीमा अाधारित 

Last modified on 2016-06-04 16:35:44

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts