अस्पतालमा सूचना प्रविधिको प्रयोग  र महत्व



Download our app to get more features

  स्वास्थ मानव जीवनको लागि अमुल्य र महत्वपुर्ण कुरा हो । स्वस्थ जीवनका लागि हरेक मानिस सचेत पनि छन् । तर तिनै व्यक्तिको स्वास्थ्य बारे अस्पतालहरु भने कत्तिको सचेत र संवेदनशील छन् त ? यो विषयमाथि आमव्यक्ति र अस्पतालको पनि त्यति धेरै ध्यान गएको जस्तो देखिदैन । नागरिकलाई विश्वसनीय, सत्यतथ्य रिर्पोट दिन उनीहरुले कस्ता खालका सूचनाप्रविधिको प्रयोग गरिरहेका छन् ? भन्ने विषयमा पनि सेवाग्राहीले अब सोच्नु पर्ने अवस्था आइसकेको छ । 

सेवाग्राहीले सबैजसो अस्पतालमा गर्ने एउटै गुनासो हो अस्पताल नै पिच्छे स्वास्थ्य जाँचको रिर्पोट किन फरक आउँछ ? किन सबै अस्पतालमा रिर्पोट एकरुपता र शुद्धता हुँदैन ? यसरी सेवाग्राही विस्वस्त हुन नसक्नुको एउटा कारण हो सूचनाप्रविधिको अस्पतालले उचित प्रयोग नगर्नु । यदि सूचना प्रविधिको अस्पतालले सही प्रयोग गरेका थिए भने यस्ता प्रश्नबाट गुज्रनु पर्दैन थियो ।  आजको डिजिटल युगमा सूचना प्रविधिको प्रयोगले सेवाग्राहीको यस्ता सबै प्रश्नको उत्तर दिन्छ । सबैजसो विकसित मुलुकमा यस्ता प्रविधिको प्रयोग उल्लेखनीय छ । नेपालमा पनि सूचना प्रविधीको प्रयोग दिनानुदिन बढ्दो क्रममा छ । स्वास्थ सेवा दिने संस्थाहरुमा यसको प्रयोग झनै अपरिहार्य छ । तर के स्वास्थ सेवा दिने संस्थामा यसको प्रयोग पुर्णरुमा होला त ? 
अस्पतालको प्रयोगशलामा गरिने चाज मेसिन तथा सफ्टवेयरबीचमा मानवीय त्रुटी छन् कि ? कस्ता उपकरण र ती उपकरणको सफ्टवेयरसँग जडान छन् ? बिरामीको पुराना रेकर्ड सुरक्षित छन् ? पहिलेका ल्याब रिर्पोट बिरामीले हराएर अस्पतालले दिन्छन् ? यी सबै कुराको सम्भव अस्पताल सूचना प्रविधियुक्त भए मात्रै सम्भव छ । 
हस्पिटल इन्फोरमेटिक भित्र पर्ने विभिन्न विधा छन् ।  जस्तै, क्लिनिकल इन्फोरमेटिक, नर्सिङ इन्फोरमेटिक, ल्याब इन्फोरमेटिक, इएमआर, प्यासेन्ट इफोरमेस आदि सूचनाप्रविधि युक्त अस्पतालमा मात्रै सम्भव हुन्छ । 

नेपालमा हाल आएर केही आईटी कम्पनीहरुले राम्रो सफ्टवेर तथा एप्लिकेसन निर्माण गरेका छन् र केही निर्माणका क्रममा छन्, केही अनुशन्धानको चरणमै छन् । हस्पिटल इन्फोरमेसनको उचित प्रयोग हुँदा, बिरामीको मात्र नभई अस्पताल सञ्चालनमा समेत ठुलो सहयोग पुर्याउछ । उदाहरणको लागि, अस्पतालको दैनिक कामकाज छिटोछरितो, कागजको खपत कम हुनु आदि । 

डाएकम र पीएसी जस्तो सफ्टवेरको प्रयोगले सिटी, एमआरआइ, मामोग्राम जस्ता रेडियोलोवी इमेजलाई सिधै हेर्ने सकिन्छ । अबको समयमा हस्पिटल आइटीको मुल्यांङ्कन कम गर्न मिल्दैन, आइटीले अस्पताल मात्र नभई सबै क्षेत्रमा मेरुदण्डको काम गर्छ । आइटीमा लगानी गर्नु पैसाको नास कदापी होइन, यो लगानीले उचित व्यवस्थापन र संस्थाको कार्य संचालनमा दीर्घकालिन रुपमा ठुलो सहयोग पुर्याउछ ।


( लेखक मनमोहन मेमोरियल मेडिकल अस्पताल, स्वयम्भुमा कार्यरत छन )

Last modified on 2019-01-10 06:51:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts