किन हुन्छ हिस्टेरिया अर्थात कन्भर्जन डिसअर्डर ? (भिडियोसहित)



Download our app to get more features


हिस्टेरिया भन्ने बित्तिकै यौनसँग सम्बन्धित रोग हो भन्ने धेरैको बुझाई छ । तर, यो बुझाई सही होइन । हिस्टेरिया यौनसँग सम्बन्धित भएर मात्रै लाग्ने रोग होइन ।
नेपालमा हिस्टेरियाका बिरामीहरू धेरै रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । हिस्टेरियालाई कन्भर्जन डिसअर्डर पनि भनिन्छ । के हो हिस्टेरिया वा कन्भर्जन डिसअर्डर ? यो लाग्ने कारण र बच्ने उपायबारे नशा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रदिप पाण्डेसँग गरिएको कुराकानी :-

के हो हिस्टेरिया ?

हाम्रो समाजमा अझै पनि हिस्टेरिया भन्ने बित्तिकै नकारात्मक धारणाले हेरिन्छ । यौनकुण्ठा वा यौन चाहाना पुरा नहँुदा लाग्ने रोगको रुपमा यसलाई चित्रित गरिन्छ । तर त्यसो होइनन, हिस्टेरिया भनेको मनसँग सम्बन्धित कुरा हो । अन्र्तमनमा भएका भावनालाई सही रुपमा व्यबस्थापन गर्न नसक्दा वा यस्ता भावनालाई दबाएर राख्दा हिस्टेरिया हुन्छ । वा गहिरो तनाव दिमागमा लामो समय गडेर बस्यो कोही कसैसँग व्यक्त गर्ने वातवरण भएन, तनावलाई व्यवस्थापन गर्न नसक्दा हिस्टेरिया हुन सक्छ ।

लक्षण

  • एक्कासी बेहोस हुने । (मासहिस्टेरिया भयो भने एकपछि अर्को गर्दै धेरै जना बेहोस हुने ) 
  • टाउको दुख्ने ।
  • काम्ने । 
  • शरीरको कुनै एक भाग नचाल्ने ।
  • कोही कोही बिरामीमा बोली नआउने ।
  • लामो लामो श्वास फेर्ने ।
  • डर लाग्ने ।

महिलामा हिस्टेरिया किन बढी हुन्छ ?

हो, पुरुषको तुलानामा महिलामा हिस्टेरिया बढी हुने गरेको पाइन्छ । आठ महिलामा हिस्टेरिया भयो भने दुई पुरुषमा पनि यो देखिने गरेको छ । समाज जतिसुकै विकसित भएपनि अझै पनि महिलालाई बन्देज गर्ने प्रवृति अझै पनि कायमै छ । छोरीहरु जब बढ्दै जान्छन् अभिभावकले ठुली भयौं, छोरीले यसो गर्नु हँुदैन् यसो गर्नु हँुदैन् , समाजले यसो भन्छ लगायतका कुराहरु सिकाइन्छ । यस्ता कुरा उसको मनको इच्छा विपरित हुन्छ । आफ्ना भावना अरु सामु व्यक्त गर्न सक्दिनन्  र भावना कुण्ठित हुदै जाँदा परिणाम स्वरुप हिस्टेरिया देखापर्छ । हिस्टेरिया किशोर किशोरीमा बढी देखापर्छ । 

हिस्टेरियाबाट कसरी बँच्ने ?

यसबाट बँच्ने सबै भन्दा उत्तम उपाय भनेकै मनका इच्छालाई सही व्यवस्थापन गर्नु नै हो । अभिभावकले छोराछोरीलाई पढाइ लगायत कुरामा अनावश्य दबाब नदिने । छोराछोरीसँग साथीको व्यवहार गर्ने, वा उनीहरुका भावना अभिभावकसँग सहजै भन्न सक्ने वातावरण बनाउने । शिक्षकले पनि विद्यार्थीलाई बढी डर त्रासमा नराख्ने, साथी साथीमा मेलमिलावको भावना सृजना गर्ने, शारीरिक परिवर्तनलाई सामान्य रुपमा लिने, कुनै कुरामा कमजोर छ भने उसको मनोबल उच्च बनाउन सहयोग गर्ने, नकारात्मक कुरा मनमा नलिने गर्नाले यस्तो समस्याबाट बँच्न सकिन्छ ।

हिस्टेरिया लागे पछि मानिसको मृत्यु भइहाल्छ त ?

हिस्टेरियाबाट बेहोस हुने बितिकै मानिसको मृत्यु भैहाल्छ भन्ने हुँदैन । आफ्नो जीवनशैलीमा सकारात्मकता ल्यायो र कुनै पनि भावनालाई कुण्ठित नगरि सहजतापूर्वक समधान गर्न सक्यो भने हिस्टेरिया लाग्दैन । यदि भइहाले पनि पूर्ण ठीक हुन्छ । तर लामो समयसम्म यसको वास्ता नगर्ने, एकछिन बेहोस हुन्छ अनि ठीक भैहाल्छ भनी उपचार गराएन भने चै डिप्रेसनमा जाने, माइग्रेनको समस्या हुने हुने लगायतका समस्या थपिदै जान्छ र गम्भीर परिणाम नल्याउलाभन्न सकिन्न ।

Last modified on 2019-01-03 14:58:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts