मानसिक समस्याका कारण पनि घाँटी दुख्न सक्छ



Download our app to get more features

म सँग एक जना ३५–४० बर्षको महिला आउनुभयो र भन्नुभयो मलाई घाँटी दुखिराखेको छ । नाक कान घाँटीको चिकित्सकले मलाई यहाँ मानसिक विभागमा पठाउनुभयो । मलाई पागल भन्ठान्नु भएछ कि के हो, म त हजुरको दबाई खान्न है । अबदेखी त्यो चिकित्सकको मा पनि जान्न । अनि मैले भने ठिकै छ हामी एक छिन गफ गरौं अनि म हजुरले भनेजस्तै गरुम्ला हुन्न भने । मैले यति भनिसकेपछि उहाँ शान्त हुनुभयो ।

त्यसपछी मैले उहालाई समस्या बताउन अनुरोध गरे । उहाँले आफुलाई घाँटी दुख्ने समस्या एक वर्षदेखि भएको भएको २–३ जना इएनटीको चिकित्सकलाई देखाएको तर समस्या समाधान नभएको बताउनुभयो । उहाँले आफुलाई घाँटीमा घोचेजस्तो, चिलाएजस्तो, पोलेजस्तो, र केही कुरा अडकेजस्तो हुने बताउनुभयो । घाँटीको चिकित्सककोमा जाँदा केहि छैन घाँटी ठिक छ भन्नुहुन्छ तर मलाई दुखि नै राखेको छ । पहिले ग्यास्ट्रिकको समस्या भनेर धेरै औषधि पनि खाए तर सन्चो भएन ।

मैले भने ‘यो मन र नसासम्बन्धी समस्या हो, तनाबको कारणले पनि यस्तो हुने गर्छ । यसलाई हामी सोम्टोफर्म डिसअर्डर भन्ने गर्छौ र यो निको हुने समस्या हो । औषधि खानुका साथै यसको बारेमा धेरै सोच्नुहुँदैन र जीवनलाई अगाडी लाने प्रयास गर्नुपर्छ । कति यस्ता व्यक्तिहरुलाई मानसिक समस्या जस्तै निन्द्रा नलाग्ने, डर लाग्ने, कुरा खेल्ने, घाँटी को क्यान्सर भयो कि जस्तो हुन्छ । यति भनिसकेपछि उहाँले औषधि खान मान्नुभयो र पछी सन्चो पनि भयो ।

अन्त्यमा हजुरलाई पनि घाँटी सम्बन्धी समस्या छ तर नाक, कान र घांटीको चिकित्सकले केहि भएको छैन भन्नु भएको छ भने एकपल्ट नशा तथा मनासिकको चिकित्सकलाई देखाउनु होला ।

 

 

Last modified on 2019-01-02 07:07:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts