धुवाँधूलोले पनि हृदयघात गराउन सक्छ ! ( भिडियो सहित)



Download our app to get more features

काठमाण्डौ, २१ जेठ । बढ्दो वातावरणीय प्रदुषणका कारण फोक्सो र मुटुरोगीको संख्या बढिरहेकाले यसप्रति सचेत हुन चिकित्सकहरुले सुझाव दिएका छन् । 

पछिल्लो समय भौतीक संरचनाको पुनर्निमार्ण र सडक विस्तारले उपत्यकाभित्र उच्च वातावरण प्रदुषणका साथै सवारीसाधनबाट निस्कने धुँवाका कारण मुटुरोगीको संख्या दिनप्रतिदिन बढिरहेको मुटुरोग विशेषज्ञ डा. रञ्जित बरालले बताए । 

बरालका अनुसार वातावरण प्रदुषण र सवारी साधनबाट निस्कने धुँवाका कारण फोक्सोका बिरामीमात्र नभई मुटुका बिरामी बढिरहेका छन् । फोक्सो र मुटुको सिधा सम्बन्ध हुने हुँदा धुँवाधुलोको असर मुटुमा समेत उत्तिनै पर्ने गर्छ । जसले गर्दा धुम्रपान मद्यपान नगर्ने व्यक्तिलाई समेत हृदयघात हुने सम्भावना बढीरहेको उनको भनाइ छ । 

 

दिनप्रतिदिन बदलिँदो जीवनशैली र खानपानको कारण मुटु सम्बन्धि धेरै समस्या देखापरीरहेको अझै जनमानसमा ज्ञान धेरैजसोको मुटुलाइ लामो समयसम्म स्वस्थ राख्न निकै चुनौतीपूर्ण रहेको विज्ञहरु बताउँछन् । 
व्यस्त जीवनशैलीको बाहानामा मानिस दिनानुदिन मुटुको आयु घटाइरहेका छन् । उच्चरक्तचाप, मुटुको बाथ, हृदयघात जस्ता रोगको शिकार भइरहेका छन् । 

मुटु कसरी जोगाउने ? 

मुटुलाई स्वस्थ्य बनाउन मानिसले स्वस्थ जीवनशैली अपनाउन जरुरी हुन्छ । हरेक दिन कम्तीमा ३० मिनेट हिड्ने, सन्तुलीत भोजन गर्ने, रक्तचाप नियन्त्रण गर्ने, पर्याप्त निन्द्रा पुर्याउने, प्रदुषणबाट बच्ने तथा तनावमुक्त जीवनयापन गर्ने, धुम्रपान मद्यपान जस्ता कुलतबाट टाढा रहने  सामान्य चीजमा ध्यान पुर्याएमा मुटुरोगबाट जोगिन सकिन्छ । 

Last modified on 2016-06-15 18:29:47

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts