सहयोगका लागि मिर्गौला पीडितको आग्रह
हेटौँडा, १२ पुस । मिर्गौलाको उपचार गराइरहेकी हेटौँडा उपमहानगरपालिका–१२, गुम्बाटोल पदमपोखरीकी विमला स्याङ्तानले आफ्नो उपचारमा सहयोगको अपेक्षा गर्दै पत्रकार सम्मेलन गरेकी छन् ।
विसं २०६९ देखि दुवै मिर्गौलाले काम गर्न छाडेको उनको केही समय अघिदेखि डायलाइसिस गराउन थालिएको हो । उपचार गराउँदा गराउँदै हालसम्म करीब रु १८ लाख खर्च भएको र थप उपचारमा समस्या भएको उनले बताइन् ।
दुई छोरा र एक छोरीकी आमा ४२ वर्षीया स्याङ्तानलाई श्रीमान्ले बेवास्ता गरेपछि उपचार र घरव्यवहार दुवैतिरको भार छ । भीमफेदी गाउँपालिका ९साविक इपापञ्चकन्या गाविस–२०, का सूर्यबहादुर स्याङ्तानसँग विवाह गरी तीन सन्तानकी आमा बनेकी उनीअहिले रोग र अभावसँग एकैसाथ जुध्दै छन् । एकातिर आफ्नो ज्यान रोगी, अर्कोतिर परिवारको आर्थिक भार । विमलाको मिर्गौलामा समस्या देखिएको थाहा भएर केही वर्षपछि उनको श्रीमान्ले उनलाई छोडेका थिए ।
उनका अनुसार विगत चार वर्षदेखि श्रीमान् सम्पर्कविहीन छन् । विमला हाल पदमपोखरीस्थित आफ्नो माइती घरमा छोराछोरीसहित बस्दै आएकी छन् । सरकारले निःशुल्क डायलाइसिस गराए पनि रगत, अस्पताल आवतजावत जस्ता अन्य खर्चका लागि आम्दानीको स्रोत नहुँदा उनलाई समस्या छ । “डायलाइसिसको लागि सरकारले निःशुल्क गराएको छ, अस्पताल ९चितवन० आउनजान र अरु खर्चको लागि पनि धेरै गाह्रो भइरहेको छ”, विमलाकी छोरी ज्योतिले भनीन् ।
विमलालाई सहयोग गर्न चाहनेले उनको उपचारको लागि नेपाल बैंकमा ज्योति स्याङ्तानको नाममा रहेको ०२५०११०६६०८४७००००००१ खातामा रकम जम्मा गर्न या उनको बारेमा बुझ्न चाहनेले उनको छोरी ज्योतिलाई ९८०४२४३९१३ मा सम्पर्क गर्न आग्रह गरिएकोछ । रासस