बालबालिकालाई चिसोबाट यसरी जोगाउनुहोस् 



Download our app to get more features

 

डा. मिनराज पाठक, बालरोग विशेषज्ञ
अन्य समयमा भन्दा चिसो मौषममा बालबालिकालाई बढी संक्रमण हुने गर्छ । यो बेला बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता कम्जोर हुने भएकाले सानोतिनो लापरवाहीले पनि उनीहरुमा निमोनिया लगायतका समस्या हुन्छ ।

जाडोमा बालबालिकालाई यस्ता समस्या बढी देखिन्छ 

  • रुघाखोकी ।
  • ज्वारो ।
  • श्वासप्रश्वास सम्बन्धी समस्या ।
  • पेट सम्बन्धी समस्या ।
  • छाला सम्बन्धी समस्या ।

यसकारण चिसो मौषममा बालबालिकाको खानपान, सरसफाई, लवाई हरेक कुरा उसको शारीरिक क्षमता र वातावरण अनुकुल हुनुपर्छ । अन्यथा बच्चामा विभिन्न संक्रमण भई ज्यानै समेत जान सक्छ ।

यसरी गरौं बालबालिकाको स्याहार

  • बच्चालाई न्यानो कपडा लगाइदिने । (तर न्यायो कपडाले पसिना आउनु हुँदैन ।)
  •  सफा पानी पर्याप्त खुवाउने । 
  • मनतातो झोलिलो कुरा खुवाउने ।
  • मौसम अनुसारका खाना खुवाउने ।
  • पौष्टिक आहारयुक्त सन्तुलित भोजन गराउने ।
  • चिसो कुरा नखुवाउने ।
  • कपडा परिवर्तन गर्दा घाममा वा न्यायो ठाउँमा गरिदिने ।
  • चिसोको मौसममा पनि हप्ताको एक पटक घाममा नुहाइदिने ।

कतिपयले बालबालिकालाई न्यानो बनाउन कोठामा आगो वा हिटर बालेर झ्याल ढोका बन्द गरेर राख्ने गर्छन । यस्तो अवस्थामा हावा सहजै छिर्ने ठाउँ नहुँदा गुम्सियर बच्चामा अझ श्वासप्रश्वास सम्बन्धी समस्या हुन्छ । यही कारण कयौं दुर्घटना समेत भएका छन् । यसर्थ कोठा न्यायो पार्दा होस् या ओड्ने ओढदा श्वास फेर्नै गाह्रो पार्नु हुदैन् । हावा सहजै आवतजावत गर्न मिल्ने हुनुपर्छ ।

घरपरिवारमा कसैलाई रुघाखोकी लागेको छ भने बच्चाको छेउछाउमा जानु हँुदैन । उनीहरुमा रुघा सर्ने सम्भावना बढी हुन्छ । धुँवा धुलो भएको ठाउँमा नराख्ने । बच्चाको अगाडी धुम्रपान नगर्ने ।

Last modified on 2018-12-18 06:48:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts