रामेछापमा तिलगंगाको आँखा शिविर



Download our app to get more features

काठमाडौं, मंसिर १६ । रामेछापामा संचालित निःशुल्क आँखा शिविरबाट सयौं सर्वसाधारण लाभान्वित भएका छन । 

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौको प्राविधिक सहयोगमा रामेछाप सामुदायिक आँखा केन्द्रले आयोजना गरेको शिविरिमा जिल्लाका  १ सय ६० भन्दा बढी सर्वसाधारणले लाभ लिएका हुन । 

बिहिबार देखी सञ्चालन भएको शिविरमा स्वास्थ्य विमा गरेकाले निःशुल्क र विमा नगरेकाले दुई हजारमा मोतियाबिन्दुको शल्यक्रिया गरेका छन । शिविरबाट सेवा पाउँदा उनीहरुले हर्ष प्रकट गरेका छन । 

शिविरमा १ सय ६० जनाकोे शल्यक्रिया, २ सय १५ जनाको सामन्य जाँच तथा औषधी उपचार गरिएको र अन्य कडा प्रकारका रोगीहरुलाई उपचारको लागि तिलगंगा आँखा प्रतिष्ठान पठाइएको रामेछाप सामुदायिक आँखा केन्द्रले जनाएको छ । 

दुई दिने शिविरलाई सफल बनाउको लागि तामाकोसी सेवा समिति मन्थली, तामाकोसी सहकारी अस्पताल मन्थली, मन्थली वचत तथा ऋण सहकारी संस्था मन्थली र सामुदायिक विकास समाजले सहयोग गरेका थिए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts