एच. आइ.भी र एड्स बिरामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट यस्तो सेवा पाउँछन्
एच.आई.भी.र एड्स तथा यौनरोग प्रेषण प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको छ ।
यस प्रयोगशालाबाट एड्स, एच.आई.भि. तथा यौनरोगका बिरामीहरुलाई निदानात्मक तथा अनुगमन सम्बन्धी प्रयोगशाला सेवाहरु प्रवाह हुँदै आइरहेको छ । एच.आई.भी. तथा यौनरोग प्रेषण प्रयोगशालाबाट प्रदान गरिने सेवाहरुमा एच.आई.भि रोगको निदान अन्तर्गत एच.आई.भी तीव्र परीक्षण, एच.आई.भी एलिजा परीक्षण, एच.आई.भी वेस्टर्न ब्लोट परीक्षण त्यस्तै, एच.आई.भी. संक्रमितहरुको अनुगमन अन्तर्गत सी. डी. फोर परीक्षण, एच.आई.भी. भाइरल लोड, एच.आई.भी. संक्रमित आमाबाट जन्मेका बच्चाहरुमा बिषाणुको डीएनए परीक्षण विधिबाट गरिन्छ । साथै भिरिङ्गि, गोनोरिया, क्लामाइडिया तथा एस.टि.आई. सम्बन्धी रोगहरुको निदानात्मक सेवा प्रदान गरिन्छ ।
एच.आई.भी. तथा यौन रोग प्रेषण प्रयोगशालाको विकासक्रम
यसबाट विगत लामो समयदेखी एच.आई.भी. परीक्षण हुँदै आएको छ । सन् २००५ मा सी. डी. फोर परीक्षणको सुरुवातबाट यसको निदान सुरु भएको थियो । सन् २००८ मा एच.आई.भी. परीक्षणको गुणस्तर नियन्त्रणको लागि एच.आई.भी. बाहिरी गुणस्तर को सुरुवात भयो । सन् २००९ मा एच.आई.भी. भाइरल लोड परीक्षण सुरु भयो । सन् २०११ मा बाहिरी गुणस्तर नियन्त्रण प्रयोजनको लागि सी.डी.सी. अमेरिका र एन.आर.एल अस्ट्रेलिया को बाहिरी गुणस्तर कार्यक्रममा सहभागी हुने क्रम सुरु भयो । सन् २०१४ मा एच.आइ.भी. संक्रमित आमाबाट जन्मेका बच्चामा वीषाणुको डीएनए परीक्षणको शुरुवात भयो । सन् २०१४ मा एच.आई.भि. रिफरेन्स प्रयोगशालालाई आइ एस ओ १५१८९ प्रमाणीकरण को प्रक्रिया शुरुवात गरेको हो । यसले सन् २०१४ अक्टोबरदेखि एच.आई.भी भाइरललोडको परीक्षणलाई विस्तार गरी सन् २०१८ सम्ममा ए.आर.भि.उपचारमा रहेका सम्पूर्ण बिरामीहरुको परीक्षण गर्ने गरी योजना कार्यान्वयन शुरुवात थियो ।
सम्पूर्ण बिरामीहरुमा औषधि रेजिस्टेंस सम्बन्धि सर्वेक्षण गरि नेपालमा ए.आर.भी.उपचारमा रहेका सम्पूर्ण कमिकमजोरीलाई हटाउँदै अझ प्रभाबकारी तबरले बिरामी हेरचाह गर्ने योजना अगाडी बढाइएको छ ।
भाइरल लोड परीक्षण
भाइरललोड एण्टीरेक्टो भाइरल उपचारको प्रभाव मूल्याकंन गर्ने एउटा महत्वपूर्ण प्रयोगशाला परीक्षण विधि हो । यो परीक्षण औषधि खान शुरु गरेको ६ महिना पछि गर्नु पर्दछ । त्यस पछि प्रत्येक १ बर्षमा गर्नु पर्दछ । यो परीक्षण नेपालमा हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हुन्छ । विगतमा मासिक ६० जनाको मात्र भाइरलोड परीक्षण गर्दै आएकोमा हाल आएर यसलाई हप्तामा १०० जना गरी मासिक ४०० जनाको गर्ने गरिएको छ । भाइरल लोड परीक्षण सेवा बिस्तार गरी क्षेत्रीयस्तरमा समेत सञ्चालन गर्नेगरी गरी योजना बनाइएको छ । सन् २०११ मा बाहिरी गुणस्तर नियन्त्रण प्रयोजनको लागि सी.डी.सी। अमेरिकामा सहभागिता सुरुआत गरिसकिएको छ । सन् २०१४ मा एच.आई.भि. संक्रमित आमाबाट जन्मेका बच्चाहरुमा बिषाणुको डीएनए परीक्षणको शुरुवात नेपालमै गरिएको छ । सन् २०१४ एच.आई.भि. रिफरेन्स प्रयोगशालालाई आइ एस। ओ। १५१८९ प्रमाणीकरण को प्रक्रिया शुरुवात भएको थियो ।सन् २०१४ अक्टोबर देखी एच.आई.भि भाइरललोडको परीक्षणलाई बिस्तार गरी सन् २०१८ सम्ममा ए.आर.भि.उपचारमा रहेका सम्पूर्ण बिरामीहरुको परीक्षण गर्ने गरी योजना कार्यान्वयन भएको छ । एच। आई. भि. संक्रमित आमाहरुबाट जन्मेका प्रत्येक बच्चामा एच.आई.भी. बिषाणुको डी। एन। ए। परीक्षण गर्नुपर्दछ । यो सेवा सन् २०१४ बाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुरु गरिएको छ । यो परिक्षण एच.आई.भी. संक्रमित आमाबाट जन्मेका बच्चाको जन्मेको ६ हप्तामा गर्नु उपयुक्त हुन्छ । यो परीक्षणका लागि रक्तनमुना विशेष प्रकारको फिल्टर पेपरमा संकलन गरी सुकाए पश्चात राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिन्छ ।
लेखक भाइरोलोजिष्ट एवं प्याथोलोजी विभाग प्रमुखका रुपमा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा कार्यरत छन् ।