३५ वर्ष नाघेपछि हाडजोर्नीको समस्या महिलामा बढी !



Download our app to get more features

हर्मोनको गडबडीसँगै प्राकृतिक रुपमै पनि हाडजोर्नीको समस्या निम्तिने गर्छ । ३५ वर्ष कटेपछि हाडजोर्नी दुख्ने तथा खिइने समस्या पुरुषमा भन्दा महिलामा बढी हुने चिकित्सकहरु बताउँछन् । हर्मोनको कमीका कारण ३५ वर्ष कटेका महिला हाड खिइने, जोर्नी दुख्नेजस्ता समस्याका सिकार बन्ने गरेको स्त्रीरोग विशेषज्ञ डा. पदमराज पन्त बताउँछन्:

♦ हर्मोनको कमीले शरीरका सबै अंगमा असर पु¥याएको हुन्छ । भिन्न–भिन्न खालका हर्मोनको गडबडीले सुरुमा भिन्न–भिन्न अंगमा असर पारे पनि विस्तारै सबैतिर असर फैलिँदै जान्छ । ३५ वर्ष कटेका महिलाको हाड तथा जोर्नीमा समस्या निम्त्याउने मुख्य कारण पनि हर्मोन नै हो ।

♦ एस्ट्रोजिन हर्मोनको कमीले गर्दा महिलामा हाड खिइने प्रक्रिया पुरुषभन्दा महिला र पुरुषमा हाडका पदार्थहरु बन्ने र खिइने प्रक्रिया एक नास नै हुन्छ । तर, ३५ वर्षपछि एस्ट्रोजिन हर्मोन कम हुने भएकाले हाड तथा जोर्नी खिइने, भाँचिने क्रम छिटो हुन्छ ।

♦ एस्ट्रोजिन अण्डाशयबाट निस्किने हर्मोन हो । यही हर्मोनको कमीले महिलाको महिनावारी सुक्ने पनि हुन्छ । महिनावारी सुकेका तथा त्यो उमेरमा पुगेको महिलामा हाडजोर्नीमा बढी समस्या देखिने कारण नै यही हो । महिनावारी सुकेका महिलामा एस्ट्रोजिनको कमीले ढाड दुख्ने, मेरुदण्डका हाड खिइएर नसा च्यापिने तथा हातगोडा झमझमाउनेलगायत समस्या निम्तिन्छ ।

♦ एस्ट्रोजिनको कमीसँगै हाडजोर्नीसम्बन्धी समस्या कम हुँदैनन्, बरु बढेर जान्छन् । हाडजोर्नी खिइएका महिलाहरुको हकमा नियमित योगा, व्यायाम तथा फिजियोथेरापी सहयोगी हुन सक्छन् । तर, हाडजोर्नी विशेषज्ञको सल्लाहमा मात्रै यस्ता काम गर्नु उपयुक्त हुन्छ ।

Last modified on 2018-11-26 07:05:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts