बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? जानौं

(भिडियोसहित)



Download our app to get more features

निश्चित उमेरमा जन्मिएका बच्चा तुलनात्मक रुपमा स्वस्थ र स्फूर्त हुनेगर्छन । तर धेरैजसोलाई बच्चा जन्माउने कुन उमेर सबै भन्दा राम्रो हो भन्ने जानकारी नहुनसक्छ । जसले गर्दा आमा र बच्चा दुबैलाई समस्या पर्छ । कुन उमेर बच्चा जन्माउनको लागि सबै भन्दा उत्तम हुन्छ ? प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. उषा श्रेष्ठ(खाडँ)को सझाव यस्तो छ । 

कतिलाई भविष्यको चिन्ता त कतिको चाडो तथा ढिलो उमेरमा विवाह हुँदा बच्चा जन्माउने अनुकुल उमेर नहुन सक्छ । कतिपयलाई कुन उमेरमा बच्चा जन्माउनु अनुकुल हुन्छ त कुन उमेर प्रतिकुल थाहा नहुन सक्छ । यस्तो अबस्थामा धेरै समस्या सृजना हुन्छ । उपयुक्त उमेर बाहेक अन्य उमेरमा बच्चा जन्माउँदा एकातिर बच्चा स्वस्थ नजन्मन सक्छ भने अर्कोतर्फ आमाको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्छ । 

बच्चा जन्माउने उपयुक्त उमेर कुन ?

बच्चा जन्माउने उपयुक्त उमेर महिलाको लागि २० देखि ३५ वर्र्ष र पुरुषको लागि २० देखि ४०÷४५ वर्षसम्म हो । यसमा पनि २० देखि ३० वर्षको महिलाको लागि बच्चा जन्माउने निकै राम्रो मानिन्छ । 

हाम्रो समाजमा अझै पनि किशोरी रजस्वला भएपछि बच्चा जन्माउन योग्य भैहाल्छे भन्ने भ्रम छ । कम उमेरमा वा २० वर्ष भन्दा पहिले केटी मान्छेमा वृद्धि विकास पूर्ण रुपमा भैसकेको हँुदैन् । यस्तै ३५ वर्ष भन्दा पछिका महिलामा आवश्यक हर्मोन र अण्डाको कमी हुने, अण्डाको गुणस्तरमा कमी हुने हुन्छ र शारीरिक रुपमा पनि ढल्कदो उमेर भएकाले जटिलता सृजना हुन्छ । 

अनुपयुक्त उमेरमा बच्चा जन्माउँदा देखा पर्ने समस्या :

  • बच्चा अपांग जन्मने ।  
  • सुत्केरी हुँदा शल्यक्रिया अनिवार्य जस्तै हुने ।  
  • आमा र बच्चामा दीर्घकालसम्म समस्या देखापर्ने ।  

नेपालमा अहिले २० देखि ३० वर्ष वा बच्चा जन्माउने उपयुक्त उमेरमा आफ्नो अण्डा झिकेर राख्ने र पछि टेष्टट्युब वेवी जन्माउने प्रचलन पनि भित्रिसकेको छ ।  विकसित राष्ट्रहरुमा धेरै पहिलेदेखि अभ्यासमा रहेको यस्तो प्रविधि जो त्यो समयमा व्यस्त हुन्छन्, बच्चा जन्माउन चाहदैनन् र पछि चाहेको बेला बच्चा जन्माउन यो निकै उपयोगी हुन्छ ।
 

Last modified on 2019-09-23 06:10:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts