विश्व मधुमेह दिवस

मधुमेहबारे यति जानकारी राखौं



Download our app to get more features


मधुमेह कस्तो रोग हो ?
मधुमेह, डाइविटिज वा सुगर एक प्रकारको दीर्घरोग हो । यो रोग जसलाई पनि जुनसुकै उमेरका मानिसमा पनि हुन्छ । साधारण भाषामा बुझ्नुपर्दा रगतमा गुलियोपन अर्थात सुगरको मात्रा बढी भएपछि देखिने रोगलाई मधुमेह भनिन्छ । यो समयमा उपचार भएन भने विभिन्न जटिलता आउँछ  ।

कारण 
मधुमेह विभिन्न प्रकारका हुन्छन् ,सबैभन्दा बढी प्रकार २ मधुमेहमा इन्सुलिनको उत्पादन पर्याप्त मात्रामा हुदैन र इन्सुलिनले उचित मात्रामा काम पनि गर्न सक्दैन । यसलाई इन्सुलिनमा निर्भर नरहने मधुमेह पनि भनिन्छ । यो मध।मेह नेपालमा सबैभन्दा बढी देखिएको छ . यो करीब ९० प्रतिशत मधुमेह रोगीमा पाइन्छ । यो चाहि जीवनशैली बताउने रोग हो  । 

मधुमेहमा कस्ता लक्षण आउँछन् 

५० प्रतिशत बिरामीमा मधमेह भएपछि पनि कुनै लक्षण हुदैन बाँकी ५० प्रतिशतमा निम्न लक्षण पर्छन ।

  • तिर्खा बढी लाग्ने ।
  • घाउहरु छिटो निको नहुने ।
  • पिसब बढी लाग्ने ।
  • भोक बढी लाग्ने ।
  • थकाइ  बढी लाग्ने ।
  • तौल घट्दै जाने  ।
  • हातखुट्टा झमझमाउने ।
  • आँखामा समस्या आउने ।

जोखिम 
यो जोखिम रोग हो । यो दीर्घरोग पनि हो त्यसैले निम्न जोखिम हुन्छ 

  • मधुमेह भएपटिछ हर्टअट्याक हुने सम्भावना ४ गुणा बढी हुन्छ ।
  • किड्नीमा असर भई किड्नी ड्यामेज हुने सम्भावना हुन्छ ।
  • आँखामा असर गर्ने हुन्छ ।
  • प्यारालाइसिस ह’ने सम्भावना ४ गुणा बढी हुन्छ ।

ध्यान दिनुपर्ने कुरा 

  • धुमेह वारे जचेतना र ज्ञान हुनुपर्छ ।
  • सुगरको जाँच गराउने ।
  • सुगर भएपछि सुगरलाई कन्ट्रोल गर्नुपर्छ ।
  • जीवनशैलीमा परिवर्तन गर्नुपर्छ ।
  • औषधि नियमित सेवन गर्ने ।
  • नियमित जाँच गरान’पर्छ ।

उपचार 

यस्ता खतरनाक लक्षणहरु  भएको ब्यक्तिलाई तुरुन्त चिकित्सा केन्द्रमा लैजानु पर्छ । जीवनशैलीमा नै परिवर्तन गर्ने ,खानेकुरा मिलाएर खानुपर्छ .

  • सुगरको औषधि डाक्टरको सल्लाहमा लिने ।
  • तनाव लिन हँुदैन ।
  • नियमित ब्यायम गर्नुपर्छ ।
Last modified on 2018-11-15 08:06:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts