डेंगु महामारीः यी लक्षण देखिए तुरुन्त जाँच गराउनुस् (भिडियोसहित)



Download our app to get more features



डेंगु कस्तो रोग हो ?
डेंगु एक प्रकारको भाइरस हो । यो Aedes Aegypti नामक लामखुट्टेको सार्ने गर्छ । यो नेपालमा सन २००४ मा पहिलो पटक पत्ता लागेको हो । त्यसपछि सानो ठुलो गरेर धेरै पटक प्रकोप वा महामारीको रुपमा देखा पर्न थालेको छ । यो विशेष गरी जाडो सुरु हुनुभन्दा अलि अगाडि अर्थात वर्षात सकिने बित्तिकै सक्रिय हुने गर्छ ।

लक्षण

  • अचानक ज्वरो आउनु ।
  • टाउको दुख्ने 
  • जोर्नीहरु असाध्यै दुख्ने हुन्छ ।
  • शरीरमा ससाना बिमीरा देखिनु ।
  • आखाँका गेडी दुख्नु । 

कस्ता व्यतिmमा जोखिम हुन्छ ।
धेरैमा लक्षण नै देखिँदैन । जतिमा देखिन्छ ती सबैमा खतरा हुने सम्भावना हँुदैन । दोस्रो पटक डेंगुले संक्रमण गरेको छ भने डेंगु कडा हुने हुन्छ । 
बच्ने उपाय

  • लामखुट्टेले पानी जहाँ जम्छ त्यहाँ फुल पार्ने र हुकर्ने भएकोले खाल्टा खुल्टी पुर्नु वा सफा गनुपर्छ ।
  • लामखुट्टेको घनत्व बढी भएको ठाउँका मानिसले सतर्क भएर हिड्नु पर्छ ।
  • पानी जम्ने अवस्था सिर्जना हुन दिनुहुँदैन ।
  • घर भित्र पनि जहाँ फ्रिजको पानी जम्छ त्यहा सफा गर्ने ।
  • बिहानीपख वा साँझको समयमा लामखुट्टे बढी सक्रिय रहने भएकोले शरीर लाई ढाक्ने कपडा लगाएर हिड्ने ।
  • घर वरिपरीको वातावरणमा ध्यान दिने ।

Last modified on 2018-11-05 09:28:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts