युरिक एसिड छ ? दशैंको खानपानले अस्पताल पुर्याउला(भिडियोसहित)



Download our app to get more features

हिन्दुहरूको सबै भन्दा ठूलो पर्व बडादशैंको रौनक सबैको घरघरमा चलिरहेको छ । आफ्न्त भेटघाट, मिठोमसिनो खानपानका साथै सबै व्यक्तिहरूले हर्षोउल्लासका साथ दशैं मनाइरहनु भएको होला भन्ने विश्वास छ । सामान्य व्यक्तिले पनि चाडबाडको बेलामा खानपान र उठबसमा ध्यान दिनु आवश्यक त छदैछ बिरामी व्यक्तिले अझै आफ्नो स्वास्थ्यमा ख्याल गर्नुपर्ने हुन्छ । बिरामीले खानपानमा लापरवाही गरे सिंगो परिवारको चाडबाड नै नरमाइलो हुन सक्छ ।

युरिक एसिड भएका व्यक्तिले दशैंको खानपानमा अझै विशेष ध्यान दिनुपर्ने हुन्छ । दशैंमा सबैको घरमा खसी, बोका, राँगा जस्ता जनावार काटेर मासु खाने हुँदा यस्तो रातो मासु युरिक एसिडका बिरामीलाई राम्रो मानिदैन । युरिक एसिडबाट बच्ने वा यसलाई नियन्त्रणमा राख्ने सबै भन्दा उत्तम बिकल्प भनेकै खानपानमा सावधानी अपनाउनु हो । प्युरिन, प्युरिन न्यूक्लिक अम्ल पाइने खाना खानु हँुदैन् । 

युरिक एसिड भएकाले यस्ता खाना नखाने  
►    रातो मासुमा प्युरिन न्यूक्लिक अम्लको मात्रा बढी हुने भएकाले रातो मासु खाँदा युरिक एसिड बढ्छ ।  
►    समुन्द्री खाद्यान्न । 
►    दाल, गेडागुडी ।
►    रक्सी, बियर ।
►    विभिन्न पेय पदार्थ (फेन्टा, कोकोकोला, मह आदि)
►    गालेको अचार, तामा, च्याउ, काउली, बन्दा, पालुंगो, कुरिलो, गोलभेँडा ।
►    बढी गुलियो पदार्थ । यस्ता खानाले युरिक एसिड बढाएर हिडहुल गर्न नसक्ने अवस्थासम्म निम्तन सक्छ । 

के के खाने 
►   दशैंमा मासु नै नखाने भनेको हैन् । चिल्लो पिरो, मसला कम भएको थोरै कुखुराको मासु खाने ।
►   प्रशस्त पानी पिउने ।
►   चेरी, स्याउ, गाजर, काँक्रो खाने ।
►   ब्रो काउली, ज्वानोको झोल, आलस खाने । 
दशैंको बेलामा कतिपय अवस्थामा आफ्न्त र साथीभाईको करकापले पनि युरिक एसिडका बिरामीले खानामा लापरवाही गर्दा आकस्मिक कक्षमा भर्ना हुने गरेका उदाहारण समेछ छन् । यसर्थ दशैंलाई रमाइलो र सदभावपूर्ण बनाउन युरिक एसिडका बिरामीलाई आफ्न्त र साथीभाईले पनि यस्ता खाना खान कर गर्नु हुँदैन् ।।

Last modified on 2018-10-26 13:24:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts