विश्व ओस्टियोपोरोसिस दिवस

यसरी गरौं ‘बोन अट्याक’ को रोकथाम 



Download our app to get more features

‘हार्ट अट्याक’बारे सबैलाई थाहा छ । हार्ट अट्याक भयो भने ज्यान जान सक्छ । तसर्थ हार्ट अट्याकबाट जोगिन सचेत हुँदै हामी राम्रो जीवनशैली र राम्रो खानपानमा बढी ध्यान दिनुपर्छ । तर, मान्छेको ज्यान हार्ट अट्याकले मात्र लिदैन ‘बोन अट्याक’ ले पनि लिने गरेको छ । 

‘बोन अट्याक’ रे कमैलाई थाहा हुन्छ । ओस्टियोपोरोसिस भन्ने एक प्रकारको हड्डी मक्किने रोग लागेपछि साधारण या बिना चोटपटक पनि जब हड्डी भाचिन्छ त्यसैलाई बोन अट्याक भनिन्छ । बोन अट्याक भएर हिप को हड्डी भाचिएपछि जटिल र महङ्गो अपरेसनको आवस्यकता त पर्छ नै । त्यस्तो अपरेसन पछि पनि बोन अट्याक भएका प्रत्येक ४ जनामा १ जनाको मृत्यु १ वर्षभित्र हुने गरेको छ । बाचेका मध्ये पनि एक दमै कम मात्र सामान्य हिड्डुल गर्न सक्ने हुन्छन् । 

हार्ट अट्याक जस्तै ‘बोन अट्याक’ को पनि रोकथाम गर्न सकिन्छ । जुन यस प्रकार रहेका छन्:
१)
हड्डी र मांसपेशीलाई बलियो बनाउन नियमित व्यायाम गर्ने 

२) प्रत्येक दिन एक जना मान्छेलाई ७००/१२०० मिलिग्राम क्याल्सियम र ७००/८०० युनिट भिटामिन डी को आवश्यकता पर्छ । तसर्थ क्याल्सियम तथा भिटामिन डी भएका खानेकुरा प्रशस्त खाने जस्तै दूध, दही, चिज, सोयाबिन, गेडागुडी, च्याउ, बन्दाकोभी, ब्रोक्कोली, मटरकोसा, सुन्तला, अण्डा, टुना माछा, कलेजो आदि ।

३) शरीरलाई चाहिने ८०५ भन्दा बढी भिटामिन डी घामबाट नै पाउन सकिन्छ । तसर्थ हप्ताको ३(४ दिन २० मिनेट प्रति दिनका दरले आफ्नो अनुहार, हात, खुट्टा देखाएर घाममा बस्नु पर्छ । यसरी घाममा बस्दा विहान १० बजे भन्दा पहिला वा बेलुका २ बजे पछिको घाममा बस्दा फलदायी हुन्छ । कालो वर्णको मानिस र ७० वर्ष कटेका व्यक्तिले माथि लेखिए भन्दा अलि बढी समय घाममा बस्नु उपयुक्त हुन्छ ।

४) क्याल्सियम तथा भिटामिन डी भएका खाना यथेष्ट नपाएको र घाममा पनि नबसेको अवस्थामा चिकित्सकको सल्लाह अनुसार क्याल्सियम र भिटामिन डी मिसिएको औषधी सेवन गर्दा राम्रो हुन्छ । तर चिकित्सकको विना निगरानी यस्ता औषधी लामो समय सम्म सेवन गरेको खण्डमा पाचन प्रणालीको गडबडी हुनुको साथै मुटुको रोग र मिर्गौलाको पत्थरी हुने सम्भावना बढी हुन्छ । तसर्थ क्याल्सियम युक्त औषधीको भर पर्नुको साटो व्यायाम, खानपान र घाममा बस्नु नै बुद्धिमानी ठहर्छ ।

५) रक्सी सेवन र धुम्रपान तथा अन्य सुर्तीजन्य पदार्थ ले ओस्टिओपोरोसिसको जोखिम एकदमै बढाउने हुनाले यस्ता कुलत बाट टाढै रहनुपर्छ ।

६) चिनी रोग भएका व्यक्तिहरुलाई ओस्टिओपोरोसिस रोग हुने सम्भावना बढी हुने देखिएको ले चिनी रोगका विरामीहरु बढी सतर्क रहनुपर्छ ।

७) गर्भावस्थामा यो रोगले गर्दा गर्भवती महिलाहरुको हड्डी भाँचिने जोखिम बढी हुने हुँदा क्याल्सियम युक्त खाना बढी खाने र क्याल्सियम चक्की नियमित खानुपर्छ ।

८) विभिन्न रोगहरुमा दिईने केही औषधीहरुले पनि ओस्टोपोरिओसिस रोग निम्त्याउने उच्च सम्भावना रहन्छ जस्तै प्रेड्निसोलोन जस्ता स्टेरोइड, क्यान्सर विरुद्धका औषधि, ग्यास्टृकको औषधी, मानसिक रोगमा दिईने लिथियम , हेपारिन आदि । यस्ता औषधि सेवन गरिरहेका बिरामीहरुले आफू ओस्टिओपोरोसिस रोगको जोखिममा रहे नरहेको बारे आफ्नो चिकित्सक सङ्ग बुझेर रोकथाम तथा उपचार प्रकृया प्रारम्भ गरिहाल्ने ।

९) यो रोग लागेका व्यक्तिहरुमा प्राय हिड्दाहिड्दै लडेर मेरुदन्ड तथा हिपको हड्डी भाचिने गर्छ। तसर्थ हिड्दा होसियारी अपनाउनु पर्छ। वृद्धवृद्धाले सकभर लट्ठीको सहाराले हिड्नु राम्रो हुन्छ । साथै, चिप्लो जस्तो देखिने बाटोघाटोबाट नहिड्ने र भर्याङ उक्लदा ओर्लदा रेलिङ समात्नु नै बुद्धिमानी हुन्छ ।

१०) ओस्टिओपोरोसिस रोगले गर्दा हड्डी भाँचिएपछि पुन अर्को हड्डी भाँचिने सम्भावना ८०५ सम्म हुने हुँदा एक चोटि हड्डी भाच्चिसकेको छ भने फेरि अर्को पटक भाँचिन नदिनको लागि चिकित्सकको सल्लाह अनुसार ओस्टिओपोरोसिस विरुद्वका औषधि चलाउन पर्ने हुन्छ ।

Last modified on 2018-10-21 07:13:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts