सबै बाथरोगको उपचार विधि एउटै हुँदैन 



Download our app to get more features

बाथरोग भन्नाले शरीरको रोग निरोधक शक्ति वा इम्युनिटी सिस्टममा गढबढीका कारण उत्पन्न हुने रोग हो । बाथरोग जुनसुकै उमेर, लिङ्ग वा पेशाका व्यक्तिलाई हुनसक्छ । बाथरोगको जोखिम कस्ता व्यक्तिलाई बढी हुन्छ, यसका लक्षणहरू के के हुन् र बाथ रोगबाट कसरी बच्ने भन्ने विषयमा फिजिसियन तथा बाथरोग विशेषज्ञ डा. दिपा शाहको सुझाव यस्तो छ । 

कारण 
बाथरोग हुने कुनै एक कारण मात्रै छैन । तर, प्रमुख एक कारण भनेको रगतमा युरिक एसिडको मात्रा बढ्नु हो । यस्तै बाथरोग वंशाणुगत पनि हुन सक्छ । आमाबुबा मध्ये एक जनालाई बाथरोग छ भने छोराछोरीमा पनि हुने सम्भावना रहन्छ । गलत खानपान, रुघाखोकी, भाइरल इन्फेक्सन, एलर्जी, झाडापखाला आदिले रोग प्रतिरोधात्मक क्षमता मा कमजोर बन्दा पनि बाथरोग हुने जोखिम बढ्छ । 

लक्षण
बाथरोग दुई सय भन्दा बढी प्रकारका छन् । सबैको आ–आफ्नै लक्षण र असर हुन्छन् । सबैलाई एकै ठाउँमा राखेर हेर्दा ९० प्रतिशत बाथरोगका भने समान लक्षण हुन्छन । जस्तैं हातखुट्टा, ढाडको जोर्नी दुख्ने, जार्नीहरू सुन्निने, जोर्नी वरिपरी रातो हुने आदि । यसबाहेक अन्य लक्षण निम्न छन् :–

  • बिहान उठ्दा हातखुट्टा र जोर्नीहरू कक्क्रक पर्ने । 
  • शरीरको कुन अंगमा असर गरेको हुन्छ सोही अनुसार लक्षण देखिने । 
  • खोकी लाग्ने ।
  • दम देखिने ।
  • पिसाबमा फिज आउने । 
  • मुटुमा बाथ भएमा मुटुको चाल बिग्रने ।
  • मस्तिष्कमा असर गरेमा छारे रोग हुने ।

आँखामा बाथले असर गरेमा

  • आँखा पाक्ने ।  
  • दृष्टि गुमाउने । 
  • ज्वरो आउने ।
  • काम गर्न मन नलाग्ने । 
  • जिउ आलश्य हुने । 
  • यी कुरामा ध्यान दिऔं 

उपचार

मेडिकल विज्ञानले बाथरोग लाग्नै नदिने उपाय हालसम्म पत्ता लगाएको छैन । यो रोग लाग्नै नदिन भ्याक्सिन र औषधिहरू पनि छैनन् । त्यसैले परिवारका कुनै सदस्यलाई बाथरोगका लक्षण देखिएमा सम्बन्धित चिकित्सकलाई देखाउनु पर्छ ।

  • बथरोग भएको पत्ता लागेमा सेकेन्डरी प्रिभेन्सन अपनाई जटिलतालाई रोक्नतिर लाग्नुपर्छ ।
  • खानपानमा ध्यान दिने ।
  • बाथरोगको उपचार रोगको किसिममा भर पर्छ । 
  • डाक्टरको सल्लाहमा दुखाइ कम गर्ने र सुन्निन कम गर्ने औषधि खानुपर्छ ।
  • समय समयमा रोगको कडापन अनुसार औषधिको किसिम र मात्रा फेर्नुपर्ने हुन्छ ।
  • रगत परीक्षण, एक्स रे लगायतको नियमित गर्ने ।
  • आफुखुसी बाथरोगको औषधि नखाने । चिकित्सकको सल्लाह बमोजिम उपचार गर्ने । 

 

Last modified on 2018-10-14 11:24:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts