सूर्तिजन्य पदार्थको असर र क्यान्सर

सन्दर्भ: विश्व धुम्रपान रहित दिवस



Download our app to get more features

चुरोट, बिँडी, कँक्कड, तमाखु, सिगार आदि सल्काई मुखले तानेर नाम मुखबाट धुवाँपान गरिने प्रक्रियालाई धूमपान भनिन्छ । त्यस्तै खैनी, पान, सुर्ती वा अन्य कुनै पनि रुपमा सुर्तीजन्य पदार्थको रस, चोक्टा वा दुवै चुस्ने÷निल्ने क्रियाकलापलाई सुर्तीजन्य पदार्थको सेवन भनिन्छ ।

सुर्तीजन्य पदार्थमा ४ हजार भन्दा बढी किसिमका विषाक्त रासायनिक पदार्थहरु जस्तैः हाइड्रोजन साइनाइड, सल्फरडाइअक्साइड, कार्वन मोनोअक्साईड, एमोनिया, फर्मलडिहाइडहरु ग्यासका रुपमा रहेका हुन्छन् । यसका साथै ४० प्रकारका क्यान्सर गराउने खालका पदार्थहरु जस्तैः आर्सेनिक, क्रोमियम, नाइट्रोसमाइन र बेन्जोपाइरिन जस्ता रासायनिक तत्वहरु हुन्छन् । 

धूमपान र सुर्तीजन्य पदार्थमा पाइने नसालु रासायनिक पदार्थ निकोटिनको कारणले सधै खानुपर्ने लत बस्दछ । निकोटिनको लतले मानिसलाई शारीरिक र मानसिक रुपले असक्त पार्दछ ।र धुवाँमा भएका निकोटिन, क्याडमियम, कार्बनमनोअक्साइड जस्ता तत्वहरुले प्रजनन् प्रकृयामा समेत असर गर्दछन् । 

सुर्तीजन्य पदार्थबाट तत्काल धेरै असर नपरे पनि यसको दीर्घकालीन असर डरलाग्दो हुन्छ । यसको सेवन गर्ने बानी सानै उमेरमा साथीहरुको सङ्गत र सामाजिक वातावरणको कुप्रभावबाट सुरु हुन्छ । सुर्तीजन्य पदार्थको सेवनबाट पर्ने अल्पकालीन तथा दीर्घकालीन असरहरु मुख्य निम्न छन् । 

अल्पकालीन असरहरु

धूमपान र सुर्तीजन्य पदार्थहरुको सेवनले मुख, जिब्रो, घाँटी, पाचननली र मस्तिष्कमा नराम्रो प्रभाव पार्दछ, जसले गर्दा मुख, सास गन्हाउने जिब्रो, घाँटी खसखसाउने, रिँगटा लाग्ने, वाकवाक लाग्ने, वान्ता आउने, घाँटीमा अप्ठेरो हुने, मुख सुके जस्तो हुने, आँखा नाक पोल्ने, कान चिलाउने आदि हुन्छ । 

मध्यकालीन असरहरु

धूमपान, सुर्ती सेवनले खोकी लाग्ने, छाती दुख्ने, कफ बढाउने, पेट दुख्ने, अपच हुने, ग्यास्टिक हुने, मुटुको धडकन बढाउने आदि विभिन्न मध्यकालीक लक्षणहरु देखिन्छ । 

दीर्घकालीन गम्भीर असरहरु

धूमपान र सुर्तजन्य पदार्थको सेवनबाट धेरै मानिसको मृत्यु फोक्सोको क्यान्सर, मुखको क्यान्सर, पाचन प्रणालीका क्यान्सरहरुको साथै मुटुको रोगको कारणले हुने गरेको छ । धूमपान र सुर्तीजन्य पदार्थको सेवनबाट रक्तनलीहरु साँघुरो भएर मुटुमा रक्त सञ्चारको कमी भई हृदयघात हुने अवस्था आउँछ । 

गर्भवती अवस्थामा आमाले सुर्तीजन्य पदार्थको सेवन गरेमा गर्भपतन हुने, गर्भमा शिशुको विकास ठिकसँग नहुने, महिना नपुगी बच्चा जन्मने, कम तौलको बच्चा जन्मने, खुँडे तथा अपाङ्ग हुने, मरेको शिशु जन्मने वा जन्मेको पहिलो हप्तामा मृत्यु हुने सम्भावना धेरै हुन्छ । यसमा पाइने कार्बनमोनोअक्साइड रगतमा हेमोग्लोबिनसँग मिलेर कार्बोम्सिमोग्लोबिन भन्ने पदार्थले अक्सिजनको सञ्चालन गर्न अवरोध ल्याई विभिन्न रोगहरु देखा पर्छन्, जसले गर्दा यसको सेृवन नगर्ने भन्दा २० देखि २५ वर्ष छिटो मर्छन् । 

सुर्तीजन्य पदार्थको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावका कारण बढ्दो उमेरका बच्चाहरुमा श्वासप्रश्वास सम्बन्धी रोगहरु, ब्रोन्काइटिस, निमोनिया, दम, मूत्र प्रणालीको रोग, आँखा सम्बन्धी रोगहरुलाग्ने सम्भावना बढी हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठन अनुसार सुर्तीजन्य पदार्थको सेवनले विश्वमा ५४ लाख व्यक्तिकहरुको मृत्यु हुने गरेको छ भने सन् २०३० सम्ममा यो संख्या एक करोड हुने अनुमान गरेको छ । हालकै अवस्था रहेमा २१ सौं शताब्दीमा एक अर्ब मानिसहरुको ज्यान जाने छ भनेर चेतावनी दिइसकेकोछ । यसमध्ये ८० प्रतिशत दक्षिण एसियाली मुलुकका हुनेछन् । यसको प्रयोगकर्ताहरुमा ३० प्रतिशत चिनमा, १० प्रतिशत भारत र बाँकी अन्य देशमा रहेको छ । 

नेपालमा सुर्तीजन्य पदार्थको सेवनसम्बन्धी खास तथ्याङ्क नभए पनि विगतमा गरिएका अध्ययाहरुले देखाएअनुसार यसको सेवनकर्ता सालाखाला ७३ प्रतिशत रहेको र वर्षेनि १५ हजारभन्दा बढीको मृत्यु हुने अनुमान गरेको छ । नेपाली महिलाहरु पनि यसको सेवन गर्नेमा विश्वमा दोस्रो स्थानमा रहेको छ । 

सुर्तीजन्य पदार्थमा पाइने हानिकारक तत्वहरु

सुर्तीजन्य पदार्थमा स्वास्थ्यलाई हानि गर्ने चार हजार प्रकारका रासायनिक तत्वहरु रहेको हुन्छन्, जसमध्ये ४० प्रकारका क्यान्सर गराउने तत्वहरु हुन्छन् भनेर विभिन्न अध्ययन अनुसन्धानले प्रमाणित गरिसकेका छन् । तिनीहरुमध्ये निम्न प्रमुख हुन् ।

निकोपटन

यसले सुर्तीजन्य पदार्थको लत बसाल्ने भएकाले सजिलैसँग छोड्न सकिदैन । 

टार

यसको असरले छटपटी हुने, ओटमा, औंलामा दाग बस्ने गर्दछ । 

कार्बनमोनोअक्साइड

यसको असरले मुटु र मस्तिष्क सम्बन्धी रोगहरु लाग्छ ,। 

एमोनिया

यसको असरले श्वासप्रश्वास सम्बन्धी रोगहरु लाग्दछ । यसले मस्तिष्क, मृगौला, रगतमा असर गर्ने र बालबालिकामा शारीरिक र मानसिक समस्या ल्याउँछ । 

ब्युटाडायन

यसले आँखा, नाक, घाँटी, फोक्सो, मुटुमा समेत असर गर्छ र क्यान्स समेत हुन्छ ।

एसिटलडेहाइड

यसले फोक्सोको क्यान्सर हुने पर्छ । 


लेखकद्वय क्यान्सर रोग र क्यान्सर रोकथाम विशेषज्ञ हुन् । 

 

Last modified on 2016-06-01 10:12:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts