सामान्य फेसियल इन्जुरीले पनि गम्भीर समस्या निम्त्याउन सक्छ (भिडियोसहित)



Download our app to get more features

के हो फेसियल इन्जुरी ? फेसियल इन्जुरीको उपचार किन आवश्यक छ ? फेसियल इन्जुरीको उपचारपछि अनुहारलाई कसरी स्वस्थ र सुन्दर राख्ने भन्ने विषयमा ओरल एण्ड म्याग्जेलोफिसियल सर्जन डा. सुरेन्द्र आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश :—

कुनै दुर्घटना वा विविध कारणले नाक, मुख, आँखा, अनुहारको छाला वा अनुहारको कुनै पनि भागमा चोट लाग्नुलाई फेसियल इन्जुरी भनिन्छ । यसरी लागेको चोटपटकको उपचारमार्फत अनुहारलाई पुरानै स्वरुपमा फर्काउन सकिन्छ । फेसियल इन्जुरी हुने मुख्य कारण भनेको सडक दुर्घटना, कतैबाट लडेर लाग्ने चोटपटक हुन् ।

फेसियल इन्जुरी लक्षण
फेसियल इन्जुरीका लक्षण व्यक्ति नै पिच्छे फरकफरक हुन्छ । बिरामीको अवस्था हेरर लक्षण निर्धारण हुन्छ । सामान्यतया देखिने र नदेखिने लक्षण हुन्छन् । फेसियल इन्जुरी अनुहार र हात, पेट, टाउको खुट्टा आदिमा पनि हुन सक्छ । अनुहारमा घाउ चोट देखिने, नशाहरू काटिने, हड्डी भाँचिने आदि हुन सक्छ । यस्तो ठाउँमा सुन्निने, रातो हुने आँखाको वरपरको भाग कालो कालो हुने, दाँतहरु नमिल्ने चपाउन गाह्रो हुने हुनसक्छ । 

उपचार
नेपालमा अझै पनि फेसियल इन्जुरी उपचार बारे धेरैलाई जानकारी छैन् । बिकसित राष्ट्रहरूमा यसको प्रयोग धेरै पहिलेदेखि भएको हो । अनुहारमा बाहिरबाट घाउ चोट देखिने वा असह्य पीडा भए मात्र उपचार गरिन्छ । तर, अन्य समस्यालाई बेवास्ता गर्दा यसले दीर्घकालमा भने गम्भीर अवस्था सृजना हुनसक्छ ।

सामान्य चोटपटक मात्र लागेको छ भने सामान्य औषधिले ठीक हुन्छ । तर, अलि बढी इन्जुरी भएको छ भने एक्स रे, सिटी स्क्यान लगायतका परीक्षणबाट मात्र इन्जुरीको मात्र हेरी सोही अनुसार उपचार गरिन्छ । पूर्ण निको हुने नहुने, कति समय लाग्ने, कति खर्च लाग्ने यो सबै कुराको निर्धारण इन्जुरी कति भएको छ सोमा भर पर्छ । 

बच्ने उपाय 
योबाट बच्ने उपाय भनेकै दुर्घटनाबाट बच्नु वा अनुहारमा घाउ चोट लाग्नबाट बच्नु हो । बेलैमा उपचार गरे फेसियल इन्जुरी पूर्णरुपमा ठीक हुन्छ । तर बेवास्ता गरेमा भने भविष्यमा गम्भीर अवस्था पनि आउन सक्छ । ढिला उपचार गरे पूर्ण रुपमा ठीक नहुन पनि सक्छ । खर्च र समय पनि बढी लाग्छ । हड्डी राम्रोसँग नजोडिने, नशा सम्बन्धी रोग लाग्ने, दाँतले राम्रोसँग चपाउन नसक्ने, शरीरमा संक्रमण फैलने हुँदा बिरामीको मृत्यु समेत हुनसक्छ । 

Last modified on 2018-10-13 08:28:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts