न्यूरो फिजियोथेरापीमार्फत निको भएको रोग दोहोरिदैन (भिडियोसहित)



Download our app to get more features


स्वस्थ जीवनको लागि रोग लाग्नु भन्दा अगाडी फिजियो थेरापीको प्रयोग महत्वपूर्ण मानिन्छ । न्यूरो थेरापी भनेको नसा सम्बन्धी विविध रोगको निदानको लागि गरिने थेरापी हो । विशेष गरेर स्ट्रोक, ब्रेन वा नशा सम्बन्धी कुनै पनि रोग लागेका बिरामीलाई मेडिकल्ली उपचार पछि वा सँगै कस्तो थेरापीको आवश्यता, कति समय, बिरामीको अवस्था के कस्तो छ सबै एकिन गरेपछि मात्र आवश्यक उपकरणको सहायताले न्यूरो थेरापी गरिन्छ । न्यूरो थेरापी के हो ? यो किन आवश्यक छ ? न्यूरो थेरापी गर्दा ध्यान दिनु पर्ने कुरा के के हुन् र नेपालमा यसको अवस्था कस्तो छ भन्ने विषयमा न्यूरो थेरापिष्ट डा. राकेश श्रेष्ठको कार्य अनुभव यस्तो छ :-

यसकारण न्यूरो थेरापी महत्वपूर्ण

थेरापीबाट उपचार गर्नु भनेको शारीरिक कसरतबाट रोग निको पार्नु जस्तै हो । नेपालको सन्दर्भमा न्यूरो थेरापीप्रति बिरामीको आकर्षण बढ्दै गएको छ । न्यूरो थेरापीबाट उपचार गर्दा कुनै साइड इफेक्ट हुँदैन । 

न्यूरो थेरापीबाट उपचार गर्दा समय कति लाग्छ ?

अन्न थेरापीबाट नसा रोगको उपचार गर्दा कति समय लाग्छ भन्ने बिरामीको अवस्थामा भर पर्छ । बिरामीको अवस्था हेरी एक महिनादेखि २ वर्षसम्म समय लाग्थ्यो । तर न्यूरो थेरापी गर्दा यो समय भन्दा निकै कम लाग्छ । 

न्यूरो थेरापी गरेका बिरामीले ध्यान दिनुपर्ने कुरा :

जुनसुकै रोग लागेपछि पनि पुनः दोहोरिने सम्भावना उच्च रहन्छ । तर, न्यूरो थेरापीबाट ठिक भएका बिरामीमा सोही रोग दोहोरिने सम्भावना न्यून रहन्छ । उच्चरक्तचाप, मधुमेह सन्तुलन राखी नियमित थेरापी वा शारीरिक कसरत गर्नुपर्छ । यस्ता रोग लागेका बिरामीले महिनामा एक पटक न्यूरो थेरापिष्टको सल्लाह लिनुपर्छ । 

न्यूरो थेरापी गर्दा दक्ष थेरापिष्टबाट मात्रै गराउनु पर्छ । थेरापी सम्बन्धी अध्ययन नगरेको वा दक्षता न्यून रहेको, आवश्यक उपकरणहरू मापदण्ड विपरीतका वा गुणस्तरहीत भए यस्तो ठाउँमा थेरापी गर्दा झनै समस्या श्रृजना हुन सक्छ । थेरापिष्टको सुझाव बमोजिम थेरापी गरे नसा सम्बन्धीका रोग उपचारको लागि न्यूरो थेरापी निकै प्रभावकारी हुन्छ ।

भिडीयो हेर्नुहोस्:

Last modified on 2018-10-08 07:20:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts