अस्पतालमा हुने अनावश्यक स्वास्थ्य परीक्षण



Download our app to get more features

सोचौं त, चलिरहेको कार एकाएक बन्द भयो र फेरि केहि समयपछि आप से आप ठिक भयो अथवा तपार्इंको कारको टायर पन्चर भयो र केही समयपछि आफै ठिक भयो । सायद मेशिनरी सामानहरूमा यस्तो सम्भावना निकै कम हुन्छ । अझ भनौ सपनामा मात्रै । तर, मानव रुपी मेशिनमा यो सम्भव हुन्छ । जब तपाईंको शरीरको कुनै भागमा चोट लाग्छ र निरन्तर रगत बग्न थाल्छ । तर, केहि समयपछि आप से आप बन्द पनि हुन्छ र केही दिनमा उक्त चोट लागेको ठाउँमा मासु भरिएर चोट नै ठिक पनि हुन्छ । यस्तै कतिपय अवस्थामा सोही चोट लागेको स्थानबाट शरीरमा भाइरस प्रवेश गर्छ र सो भाइरस हाम्रो रोगप्रतिरोधात्मक क्षमता भन्दा बलवान हुन्छ । यसकै कारण एकाएक शरीरको तापक्रम बढ्न थाल्छ । जसलाई हामी ज्वरो आएको पनि भन्छौं । तर, केहि समयपछि हाम्रो रोगप्रतिरोधात्मक क्षमताले त्यसलाई जित्छ र ज्वरो आफै घट्छ । मेशिन र मानव शरीरमा यो एउटा महत्वपूर्ण फरक छ ।

मानव शरीर सुत्रमा चल्दैन 
मानव शरीर कुनै कारखानामा निर्माण भएको मेशिन होइन । सोही कारण कारखानाबाट उत्पादन भएको मेशिन निश्चित सुत्रबाट सञ्चालन हुन्छ तर मानव शरीर सञ्चालनको निश्चित सुत्र छैन । यसकारण पृथ्वीमा रहेका हरेक व्यक्तिको शरीरको आ–आफ्नै सुत्र हुन्छन् । यस्तै कारखानाबाट उत्पादन भएका वस्तु बजार लैजानु अघि हजारौं पटक परीक्षण गरिन्छ ताकि त्यसमा कुनै खराबी नहोस् । खराबी भएमा सो मेशिन आफैले ठिक गर्न सक्दैन । तर, मानव शरीरमा यस्तो अदभुत क्षमता हुन्छ जसले शरीर भित्र भएका कयौं खराबी आफै ठिक गर्न सक्छ । हाम्रो शरीरमा हरेक पल अनगिन्ती कोशिकाहरु टुक्रिरहेका हुन्छन् साथै ती टुक्रिएका कोशिका आप से आप बनिरहेका पनि हुन्छन् । तर, कोशिका टुक्रियो भन्दैमा अस्पताल गयौं भने वा शरीरमा भएका सामान्य परिवर्तनलाई नै आधार मानेर अस्पताल गयौ भने मेशिन र मानव शरीरमा केहि फरक हुँदैन ।
प्रस्तुत उदाहरणले पनि यी कुरालाई पुष्टि गर्छ ः—

  • १. सन् १९९१ मा इन्भेस्टिगेटिभ रेडियोलोजी जर्नलले प्रकाशित गरेको एक रिपोर्ट अनुसार गलस्टोन्स (पित्तथैली) सम्बन्धी कुनै पनि समस्या नभएका केही मानिसलाई जम्मा पारियो र उनीहरुलाई अस्पतालहरुले के भन्दा रहेछन् भनेर अल्ट्रासाउण्डदेखि अन्य स्क्यान गराइयो । तर, ती मध्ये १० प्रतिशत मानिसमा अस्पतालहरुले पित्तथैलीमा समस्या भएको देखाए । 
  • २. सन् १९९४ मा न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक रिपोर्ट अनुसार उसले शरीरको पछिल्लो भागमा कुनै पनि पीडा नभएको केही मानिस जम्मा गर्यो । उनीहरुलाई अस्पतालमा कस्तो रिपोर्ट आउँछ भनेर पठाइयो । अस्पतालले सबैको एमआरआई गरायो र ५० प्रतिशत भन्दा बढीमा ढाड सम्बन्धी गम्भीर समस्या रहेको बतायो ।
  • ३. सन् २००८ मा न्यू इंग्ल्याण्ड जर्नल फ मेडिसिनले नै अर्को यस्तै अनुशन्धानमुलक रिर्पोट प्रकाशित ग¥यो । यसपटक भने घुँडा सम्बन्धी पहिला कुनै पनि समस्या नभएका व्यक्तिलाई भेला पारियो । यती मात्रै होइन उनीहरुलाई घँुडा सम्बन्धी अन्य समस्या समेत थिएन । तर, उनीहरु मध्ये ४० प्रतिशतलाई अस्पतालले ‘मैसिकस डैमेज’ भएको रिर्पोट थमायो ।

यहाँ भन्न खोजिएको के हो भने हाम्रो शरीरमा हरेक समय केही न केही भइरहेको हुन्छ ।  यो मानव शरीरको एक रहस्य हो । तर, यसो भयो भन्दै शरीरको आत्मउपचार पद्धतिलाई चुनौती दिदै हतारिएर शरीरलाई अस्पतालको जिम्मा लगाउनु राम्रो होइन । अस्पतालमा पुगेपछि एमआरआइ, सिटी स्क्यान, अल्ट्रासाउण्डले देखाएका समस्यालाई चिकित्सकले ठिक पार्नतिर लाग्दा तपाईंको शरीरको सुक्ष्म सन्तुलन नै बिग्राने खतरा रहन्छ । जसले एकबाट अनेक रोग देखिने सम्भावना रहन्छ । जुन शिलसिला जीवनभर रहिरहन्छ ।

९८ प्रतिशतमा जन्मजात क्यान्सरयुक्त कोशिका
विश्व प्रसिद्ध टाइम्स म्यागजिनमा प्रकाशित एक रिर्पोट अनुसार मानिसहरुको शवको एटोप्सी टेष्टबाट पत्ता लागेको छ की ९८ प्रतिशत मानिसको शरीरमा क्यान्सरयुक्त कोशिका निस्क्रिय रुपमा रहन्छन् । मानव शरीरमा यो कोशिका हुनु र नहुनुले खासै फरक पर्दैन । तर, बाह्य कुनै कारणबाट यो सक्रिय हुँदा मात्रै त्यसले क्षति पु¥याउने हो । यी कारणले ती कोशिकालाई सक्रिय पार्न मद्दत गर्छन ः—

  • १.  मधुमेह, कोलेस्ट्रोल, उच्च रक्तचाप वा जन्मान्तरको लागि लामो समयसम्म औषधि सेवन गर्दा मानव शरीरमा भएका क्यान्सरयुक्त कोशिका सक्रिय हुन्छन् । 
  • २. कुनै पनि डायग्नोस्टिक एक्स रे, अल्ट्रासाउण्ड, मेमोग्राफीले पनि क्यान्सरयुक्त कोशिका सक्रिय हुन्छन् । 
  • फिनल्याण्ड सरकारले जारी गरेको प्याथोलाजिष्ट रिर्पोटका अनुसार प्रायः हरेक मानिसको थाइरोयडमा अलिअलि मात्रै भए पनि क्यान्सरको मात्रा हुन्छ । यसकारण निस्क्रिय अवस्थामा थाइरोयडमा क्यान्सरको मात्रा हुनुलाई सामान्य मान्न सकिन्छ । तर, अहिले अस्पतालहरुले के प्रचार गरिरहेका छन् भने हरेक वर्ष शरीरको परीक्षण गराउनुहोस् । कतै तपाईंमा क्यान्सर तै छैन । अथवा क्यान्सर हुन लागेको त छैन । 

यस्तै, गाइड टु क्लिनीकल प्रिवेटिव सर्विसेज १९९६ ले अझ के सुझाब दिएको छ भने हरेक वर्ष थायरोयड क्यान्सरको स्क्रिनिङ आवश्यक छ ।  तथ्यांकहरुले पनि १९९६ पछि थायरोयड क्यान्सर उल्लेख्य रुपमा वृद्धि भएको देखाइरहेको छ । तर, खासमा कुरा के हो भने थायरोयड क्यान्सर भयो भने डाक्टरहरुले सो थायरोइड ग्रन्थी नै निकालि दिने कोशिस गर्छन । तर, यो आवश्यक छैन । 
थायरोयड ग्रन्थी मानव शरीरको लागि यस्तो आवश्यक ग्रन्थी हो जुन निकाल्दिएपछि सिंगो शरीरको बायोकेमेस्ट्रि नै बिग्रन्छ र मानिस एक ज्यूँदो लासको रुपमा रहन्छ । तथ्यांकहरुले देखाएको छ की जब थायरोयड ग्रन्थी स्क्रिनिङको सुरुवात तिव्र गतिमा हुनथाल्यो त्यही वर्षदेखि थायरोयड क्यान्सरका बिरामी बढ्दो क्रममा छ । अर्थात सन् १९७५ मा थायरोयड क्यान्सरका कारण जति बिरामीको मृत्यु भएको थियो सन् २००५ सम्म पनि सो तथ्यांकमा कमी आएको छैन । यो तथ्यांकबाट के स्पष्ट हुन्छ भने डाक्टरहरुले तपार्इंलाई कुनै पनि बहानामा बिरामी बनाइरहन्छन । यस्तै, उनीहरु कतिपय यस्तो सेवा दिइरहेका हुन्छन की जुन तपार्ईंलाई आवश्यक नै हुँदैन । 

एक नजर मेमोग्राफी अर्थात स्तन क्यान्सर स्क्रिनिङको अवस्थामा दिऔं । अस्पतालहरुले ४० वर्ष उमेरपछि हरेक महिलामा स्तन क्यान्सर हुने वा हुने सम्भावना बारे जानकारी लिन स्क्रिनिङ गर्नु आवश्यक छ भनेर प्रचार गरिरहेका छन् । यो प्रचारलाई निम्न तथ्यांकले मिथ्या सावित गरिदिएको छ ः —
नेशनल सेन्टर फर हेल्थ स्टेटिस्टिक्स (अमेरिकी स्वास्थ्य विभागको एक अंग) का अनुसार २ हजार महिलाले लगातार १० वर्षसम्म मेमोग्राफी गरे भने सो समयावधिमा भएको मेमोग्राफीबाट एक महिलाले मात्रै लाभ लिन सक्छिन । यसको अर्थ के हो भने दुई हजार महिलाले लगातार १० वर्षसम्म मेमोग्राफी गराए भने एक महिलामा स्तन क्यासरको अवस्था के छ भन्ने जानकारी मिल्छ । जुन क्रियाबाट उनी क्यान्सरबाट बच्न सक्छिन । यो तथ्यांकलाई अझै ध्यान दिऔं । बाँकी एक हजार ९ सय ९९ महिलालाई यो प्रक्रियाबाट कति घाटा भयो होला त ? 
सन् १९९२ र १९९७ मा नर्वे सरकारले गरेको अध्ययनबाट के प्रमाणीत भएको छ भने मेमोग्राफीको तंरगले शरीरमा क्यान्सरका निस्क्रिय कोशिकालाई संक्रिय बनाउन मद्दत गर्छ । लगातार ६ वर्षसम्म कुनै महिलाले मेमोग्राफी परीक्षण गराए उसमा २२ प्रतिशले स्तन क्यान्सरको सम्भावना बढ्छ । यसकारण पटक पटक एक्स रे, एमआरआई गर्दा शरीरलाई फाइदा भन्दा नोक्सन बढी हुने सो अध्ययनको निश्किर्ष छ । 
यहाँ प्रस्तुत केही उदाहारणलाई हेरौं ः—

  • केश १ ः एक महिलाले छारेरोगबाट पीडित भएका कारण मस्तिष्क स्क्यान गराउँछिन । यो क्रममा उनले साइनसमा ट्युमर  रहेको रिर्पोट पाउँछिन । तर, यहाँ उक्त स्थानको ट्युमर र छारेरोगमा कुनै सम्बन्ध हुँदैन । 
  • केश २ ः  एक पुरुष मेरुदण्डमा चोट पुगेको कारण एक्स रे गराउन अस्पताल पुग्छन् । तर, यो क्रममा रेडियोलोजिष्टले फोक्समा दाग रहेको रिर्पोट थमाइदिन्छ । मेरुदण्डको चोट र फोक्सोको दागमा कुनै सम्बन्ध भने हुँदैन । 
  • केश ३ ः एक जना महिला श्वास लिन अप्ठयारो भएपछि छातीको सिटी स्क्यान गाराउन अस्पताल पुग्छिन । तर, उनको रिर्पोटमा लिभरमा गाँठो रहेको भनिन्छ । ता की श्वासप्रश्वासमा लिभरको कुनै सम्बन्ध नै हुँदैन ।

यसप्रकार जब शरीरको स्क्यान गरिन्छ त्यो बेला रेडियोलोजिष्टको ध्यान शरीर भित्रको कुनै न कुनै चिजको अप्रत्यासित वृद्धितर्फ जान्छ । यो प्रक्रियालाई चिकित्सकहरुले इस्टिटल्स भन्छन । यस्ता ग्रन्थीहरुको मानव शरीरमा नियमित रुपमा आउजाउ भइरहन्छ । यही प्रक्रियालाई कतिपय चिकित्सकले क्यान्सरको नाम पनि दिने गर्छन । यसपछि एक स्वस्थ व्यक्तिमाथि क्यान्सरका सबै उपचार थोपरिन्छ ।

आर्काइब्स अफ इन्टर्नल मेडिसिन (१९९४) का अनुसार सय जना मानिसको फोक्सो स्क्यान गर्दा ३५ जनाको फोक्सोमा गाठागुठी देखिएको थियो । जुन गाठागुठी क्यान्सरका जस्तै थिए । तर, ९९.९ प्रतिशतमा क्यान्सरको कुनै पनि सम्बन्ध नै थिएन । 

यस्तै एक सय जनामा स्वस्थ मानिसको मिर्गौला परीक्षणका क्रममा २३ जनाको मिर्गौलमा ट्युमर देखिएको थियो । जुन पहिलो नजरमा क्यान्सर जस्तै देखिन्थे । तर, ती २३ जनामा जम्मा क्यान्सर हुने सम्भावना ०.०५ प्रतिशत मात्रै थियो । 
लिभर स्क्यानका क्रममा पनि १५ प्रतिशतमा मात्रै इंस्डिेटल्स पाइन्छ । तर, डाक्टरहरुले ती व्यक्तिहरुलाई पहिलो नजरमै क्यान्सर भनेर अत्यादिन्छन् । तर, लिभर इंस्डिेटल्सले सिंगो मानव जीवनकाल भर केही फरक पार्ने वाला छैन । यो त शरीरको कुनै एउटा कुनामा शरीरलाई कुनै असर नै नगरि त्यतिकै रहने गर्छ ।
यहाँ भन्न खोजिएको के हो भने आधुनिक मेशिनको माध्यम शरीरभित्रका अंगहरुलाई नियाल्ने हो भने कुनै न कुनै अप्रत्याशित घटना देखिन्छ नै । जुन चिकित्सकीय क्षेत्रमा ज्यानै लिनसक्ने स्थिति भनेर तर्साइन्छ । तर, सत्य यो हो की शरीरका भित्री अंगमा जथाभावी बिषालु किरणका माध्यमबाट खोतालखातल गरियो भने त्यो अवश्य पनि ज्यानै लिने स्थिति हुनसक्छ ।
 

(डा. विश्वरुप राँय चौधरीको ‘हस्पिटल से जिन्दा कैसें लौटे’ पुस्तक अंशको अनुवादिदत रुप) 

हाम्रो डक्टर म्यागेजिनबाट

Last modified on 2018-10-03 07:14:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts