हिट् स्ट्रोक के हो ?



Download our app to get more features

गत जेठ अन्तिम साताको शुक्रबार पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र (पूक्षेप्रताके) विराटनगरको नियमित कार्यतालिका अनुसारको ७ किमि पपेड (दौड) प्रतियोगिताको क्रममा दौड पुरा हुनै लाग्दा १३५औं आधारभुत तालिमामा सहभागी मध्ये तीन जाना तालिमेले आफ्नो होस गुमाए, शरीर कडा हुनुको साथै धेरै तातो भई मानसिक सन्तुलन गुमाएका को की जस्तो व्यवहार देखाउँदै छट्पटाउन थाले । तालिम केन्द्रमा प्राथामिक उपचार गर्दा ३ जना मध्ये २ जना ठिक भए तर एक जनाको २ घन्टासम्म पनि होस नआएपछि हिट् स्ट्रोक भएको भनेर नोबेल मेडिकल केलेज अस्पताल रिफर गरियो ।

तराईका केही क्षेत्रमा गर्मी चर्किए सँगै स्वास्थ्यमा हुने एउटा प्रतिकुल अवस्थालाई हिट् स्ट्रोक वा नेपालीमा ‘लु’ लाग्नु  भनिन्छ । शरीरको तापक्रम १०६ डिग्री फरेनहाइट भन्दा बढी भई दिमागले काम गर्न नसक्ने अवस्था हिट् स्ट्रोक हो । हिट् स्ट्रोक  २ प्रकारका हुन्छन् । एउटा एक्जरसनल हिट् स्ट्रोक जुन बयस्क व्यक्ति जो कडा परिश्रम, व्यायम, खेलकुद गर्नेहरुमा देखिन्छ ।  माथि उल्लेखित  उदाहरण एक्जरसनल हिट् स्ट्रोक हो । अर्को क्लासिकल नन् एक्जरसनल हिट् स्ट्रोक पनि हुन्छ । जुन अत्याधिक गर्मी हुने ठाउँमा जो कोहिलाई हुन सक्छ, अझै कम उमेर भएकाहरु र बढी उमेर भएकाहरु यस्तो किसिमको हिट स्ट्रोकको सिकार हुने गरेको पाईन्छ ।

अत्याधिक गर्मी हुने  स्थानहरूमा गर्मी मौसमामा तातो बतास चलेको हुन्छ । यस्तो समयमा घरबाहिर हिँड्दा, काम गर्दा,  खेलकुद गर्दा तातो हावा तथा घामको असरले मुर्छा पर्ने वा बेहोस हुने हुन्छ ।  हिट् स्ट्रोक (लु) भएमा  शरीरमा तापक्रमको सन्तुलन बिग्रन्छ । गर्मीका कारण लगातार शरीरबाट पसिना आउँछ र शरीरमा पानी–नुनको कमी गराउँछ, जसकारण मानिसलाई डिहाइड्रेसन पनि हुन सक्छ । हिट् स्ट्रोकको  कारणले मानिसमा पोटासियम र सोडियमको कमी भई शरीर कमजोर हुने, ढल्ने, छट्पटाउने, मांसपेशी बाँउडिने आदि हुन्छ।  यस्ता व्यक्तिहरु  एकदम हड्बडाउनुको साथै अचानक लड्ने हुन्छन् । शरीर तातो भए पनि हात गोडा चिसो हुन्छ रोगीलाई टाउको दुख्छ । उसको ओंठ, आँखा तथा मुख सुख्खा हुन्छ । यसका साथै चिड्चिडापन र थकान महसुस हुने, ज्वरो आउने, पसिना आउन बन्द हुने, ७–८ घन्टासम्म पिसाब पास नहुने, टाउको एवं पेट दुख्ने , आँखामा जलन हुने , लगातार उल्टी हुने वा पखाला लाग्ने, मुटुको धड्कन तेज हुने तथा बेहोसीका लक्षणहरु देखिन्छन् । 

गर्मी ठाउँमा हिट स्ट्रोकको सम्भावना बढी
खास गरी चैतदेखि असारसम्म सूर्य पृथ्वीको नजिक हुन्छ । त्यही कारण तापक्रप बढेर अत्यधिक गर्मीको अनुभव हुन्छ । वायुमण्डलले पनि तातो हावा फाल्छ । तातो घामले मानिसको शरीरको ऊर्जालाई कम गरिदिँदा शरीरको जलीय अंशमा पनि कमी ल्याइदिन्छ । मानिसको शरीरको नर्मल अवस्थामा ९८ डिग्री फरेनहाइट  तापक्रम हुन्छ । 
क्लासिकल नन्(एक्जरसनल हिट् स्ट्रोक (लु) बाट बालबालिका तथा बूढापाका बढी प्रभावित हुन्छन् । यसका साथै गर्मीमा शरीरको लुगा खोलेर काम गर्नेहरू पनि बढी जोखिममा हुन्छन् । हामीमा जति गर्मी भयो उति लुगा खोल्न चलन छ । वास्तवमा त्यो सरासर गलत हो । शरीरलाई घाममा काम गर्दा वा हिँड्दा सकेसम्म ढाकेर नै राख्नुपर्छ । क्लासिकल नन्(एक्जरसनल हिट् स्ट्रोकबाट जोगिन सबैभन्दा पहिला त चर्को घाममा बस्नु हुँदैन । गर्मीमा बस्नेले प्रशस्त मात्रामा पानी पिउने गर्नु पर्छ ।

हिट स्ट्रोकका बिमारी बेहोसी झैँ छटपटाउने, वान्ता गर्ने , शरीरको तापक्रम अत्याधिक हुने हुँदा अस्पताल पुगिसकेपछि मेनेन्जाईटिस, ईन्सेफ्लाइटिससँग झुकिन पनि सक्छ, विशेष गरेर एक्जरसनल हिट् स्ट्रोकमा राम्रोसँग बिरामीको हिस्ट्री लिनु जरुरी हुन्छ । हिट स्ट्रोक एउटा मेडिकल ईमरजेन्सी हो । समयमा नै उपचार नपाएमा ज्यान  समेत जाने र तुरुन्त उपचार पाए नर्मल अवस्थामा फर्कन सकिने हुँदा जतिसक्दो छिटो शरीरको तापक्रम घटाउने विभिन्न उपायहरु चिसो पानी छर्कने, बरफका टुक्राहरु शरीरका विभिन्न भागहरुमा राख्दिने,चिसो कोठामा राख्ने जस्ता प्राथामिक उपचारका उपायहरु अपाउनु पर्छ ।  

( डा. श्रेष्ठ पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्रको स्वास्थ्य उपचार केन्द्र, विराटनगरमा कार्यरत छन् )
 

Last modified on 2018-10-02 07:03:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts