के ढाड दुख्दा शल्यक्रिया नै गर्नुपर्छ ? (भिडियोसहित)



Download our app to get more features


स्पाइन सर्जरी भनेको सामान्यतः मेरुदण्डको शल्यक्रिया हो । मेरुदण्डसँग सम्बन्धित समस्या हिजोआज धेरैलाई देखिन्छ । त्यसमा पनि गर्धन र ढाड दुख्ने समस्या धेरै नै आएको छ । यस्ता समस्या रोगले मात्र नभई खानपान र बदलिँदो जीवनशैली कारण पनि समस्या आएको हो । मेरुदण्ड स्पाइन सर्जन डाक्टर गौरव राज ढकालको भनाइ यस्तो छ । 

कुन उमेरका मानिसमा बढी छ ? 

मेरुदण्डको समस्या पछिल्लो समय युवा अवस्थाका प्रायः मानिसहरुमा देखिएको छ । यो समस्या आउनु रोग लाग्नु भन्ने हैन । हाम्रो जीवनशैली काम गर्ने तरीका ,काम उठबस गर्ने तरिका अर्थात पोस्चरले गर्दा मेरुदण्डमा समस्या देखिन्छ । यसमध्ये धेरैजसोलाई ढाड र गर्दन दुख्ने समस्या देखिएको छ ।
कस्ता काम गर्ने मानिसमा यो समस्या बढी हुन्छ ?

यो धेरै मानिसमा देखिन्छ । बसेर काम गर्ने अफिसमा काम गर्ने, बैङ्कमा काम गर्ने, आईटीको काम गर्ने, एकै ठाउँमा बसेर कम्युटर धेरै चलाउने, धेरै उभिएर काम गर्ने मानिसहरुलाई देखिन्छ । जस्तै, ट्राफिक पुलिस ।  मोटरसाइकल धेरै चलाउने वा लामो यात्रामा गाडि चलाउने मानिसलाई पनि मेरुदण्डको समस्या देखिनसक्छ । 

ध्यान दिनुपर्ने कुरा

विहान सकेसम्म १ घण्टा व्यायाम गर्ने, जिम जाने वा दौड्ने गर्नुपर्छ । अफिसमा काम गर्दा लामो समयसम्म एउटै पोजिसनमा बस्नु हुँदैन । एकछिन् उठ्ने र हिँडडुल गर्ने । मोटरसाइकल चालक, बस चालकहरुले पछाडिको मरुदण्डको वरिपरी मांशपेशी हुन्छ त्यसलाई कसरी बलियो बनाउने भन्ने ज्ञान राख्नुपर्छ ।  त्यस्तै फिजियोथेरापी वा व्यायाम गर्ने बानी बसालेमा यो समस्या ठीक हुन्छ । 

कस्तो खाना खाने ? के नखाने ?

स्वस्थप्रद खाना खाने सकेसम्म फलफूल तरकारीको सेवन बढि गर्ने ।  चुरोट खाने बानी छ भने यसलाई छोड्नु पर्छ । चुरोट खायो भने यसले स्पाइनमा समस्या ल्याउन मुख्य भूमिका खेल्नसक्छ । 

समस्या भइहालेमा के गर्ने ?

ढाड र गर्दन दुखेमा ८० प्रतिशत मानिसको समस्या सामान्य उपचारले  ८ ÷१० दिनमा कम हुन्छ । तर  त्यसको लागी स्पाइनको डाक्टरलाई भेटेर जाँच गर्नुपर्छ । स्पाइन सर्जनले सामान्य जाँच गरेर एक्सरे गर्छ त्यो एक्सरेमा सबै सामान्य भएमा मेकानिकल ब्याक पेन र पोस्चर गर्न सम्बन्धित कुराहरु नमिलेको कारणले ढाड दुख्ने समस्या आएको बुझिन्छ । त्यसमा साधारण औषधि र दुई हप्ता १० दिन व्यायाम तथा फिजियोथेरापीले निको हुन्छ । यस्ता सिकेको कुरा जीवनमा लागु गरेमा यो समस्या बिस्तारै हराउँछ । 

कस्तो अवस्थामा जोखिम हुन्छ ? 

लामो समयसम्म ढाड र गर्दन दुखिरहने । सामान्य १ ÷२ महिना भन्दा बढि दुखाइको पीडा छ ,गर्दनको दुखाई हातमा सर्ने हात झमझमाउने हात कमजोर हुने ढाडको दुखाइ खुट्टामा सर्ने खुट्टाहरु झमझमाउने भयो भने समस्या गम्भीर पनि हुनसक्छ ।  यो संक्रमण तथा स्पाइनको क्यान्सरका कारणले पनि हुनसक्छ । यसलाई पर्याप्त परीक्षण र जाँचको आवश्यक्ता पर्छ । त्यसपछि मात्र कस्तो शल्यक्रिया गर्ने निचोड निस्कन्छ । 
 
भिडियो हेर्नुहोस:

Last modified on 2018-10-02 13:53:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts