आफु अनुकुल समाचार नलेखेको भन्दै ग्राण्डीले अन्तिम समयमा काट्यो सम्मानित हुने पत्रकारको नाम



Download our app to get more features

काठमाण्डौ, १२ असोज । राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालले आफ्नो अनुकुल समाचार नलेखेको भन्दै सम्मान गर्ने लिष्टमा राखेको पत्रकारको नाम अन्तिम समयमा काटेको छ । 

विश्व मुटु दिवसको अवसरमा ग्राण्डी अस्पतालमा आयोजना हुने विशेष समारोहमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलद्वारा पाँचवर्षभन्दा बढी समयदेखि स्वास्थ्य पत्रकारिता मार्फत मुटुरोग सम्बन्धी सचेतना विस्तार गर्न योगदान गरेको भन्दै केही पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको थियो । सोही सूचिमा समावेश गरिएको भन्दै पत्र पठाइएका हाम्रो डक्टर मासिक एवं अनलाईन संस्करण हाम्रो डक्टर न्यूजका प्रधानसम्पादक उद्धवराज भेटुवालको नाम अन्तिम समयमा 'अस्पताल प्रशासनको दवावमा' हटाइएको हो । अस्पतालको मुटु दिवस आयोजक मूलसमितिले सम्मान गर्ने अन्तिम सूचि तयार गरेको र त्यसमा छनोट भएको भन्दै अस्पताल प्रशासनले एकहप्ताअघि भेटुवाललाई सम्मान ग्रहण गर्न इमेल मार्फत निमन्त्रणा पठाएको थियो । (हेरौं चिठि)


तर, भेटुवाल प्रधानसम्पादक रहेको हाम्रो डक्टर न्यूज अनलाईनमा आएका केही तथ्यपरक समाचारप्रति आपत्ति जनाउँदै अस्पताल प्रशासनका उच्च अधिकारीहरुले आफु अनुकुल समाचार नलेख्ने पत्रकारलाई सम्मान नगर्ने निर्णय गरेपछि अन्तिम समयमा उनको नाम हटाइएको मुटु दिवस आयोजक समितिका एक सदस्यले बताए । मुटुरोग विशेषज्ञहरु समेत रहेको उक्त समितिले सम्मान गर्ने मापदण्ड पुगेको भन्दै छनोट गरेपछि अस्पताल प्रशासनले सम्मान ग्रहण गर्न उपस्थित हुने सम्बन्धी पत्र पठाएको थियो । 

यसअघि हाम्रो डक्टरले नाम चलेका चिकित्सकले ग्राण्डी छाड्ने क्रम बढेको तथा वरिष्ठ चिकित्सकद्वय प्राडा. भगवान कोइराला र  प्राडा अर्जुन कार्कीले अस्पताल नछाड्न करोड बराबरको शेयर मागेको अस्पतालको आरोप सम्बन्धी समाचार प्रकाशित गरेको थियो । सो समाचार प्रकाशित भएसँगै भित्रि कुरा बाहिर ल्याएको भन्दै अस्पतालका मेडिकल डाइरेक्टर लगायत उच्च अधिकारीले हाम्रो डक्टरकर्मी मधुसुदन ढकाललाई अस्पतालमै बोलाएर दुव्र्यव्यवहार गरेका थिए । एकदशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय भेटुवाल पछिल्लो ६ वर्षयता स्वास्थ्य पत्रकारितामा क्रियाशिल छन् । सार्वजानिक महत्व राख्ने ग्राण्डी अस्पतालसम्बन्धी नकरात्मक समाचार प्रकाशित गर्ने सञ्चारमाध्यमको सम्पादकलाई नै सम्मान गर्नुपर्ने देखिएपछि अन्तिम समयमा नाम काटिएको अस्पताल स्रोतले जनाएको छ । 

पूर्ण प्रेस स्वतन्त्रताको उपभोग गर्दै प्रमाणसहित सार्वजानिक चासोको तथ्यपरक समाचार लेख्दा आफ्नो सम्वाददातालाई गैरव्यवसायिक रुपमा दुव्र्यवहार गरेको भन्दै भेटुवालले त्यसमा अस्पतालले माफी नमागे सम्मान ग्रहण गर्न नआउने प्रतिक्रिया दिएपछि अस्पताल प्रशासनले अन्तिम समयमा भेटुवालको नाम नै काटेको हो । 

Last modified on 2018-09-29 06:48:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts