अर्बुद रोग निवारण संस्थाले अक्टोबर महिनाभर स्तन क्यान्सरविरुद्ध सचेतना फैलाउने



Download our app to get more features

काठमाडौं, १० असोज । नेपाल अर्बुद रोग निवारण संस्थाले अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाउने भएको छ । क्यान्सर रोग नियन्त्रणमा विभिन्न सचेतनामूलक कार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था यूनियन फर इन्टरनेशनल क्यान्सर कट्रोलसँगै अर्बुद रोग निवारण संस्थाले पनि आगामी महिनालाई सचेतना महिनाको रुपमा लिएको हो ।

सचेतना कार्यक्रम अन्तर्गत स्तन क्यान्सर सचेतना ¥याली, स्तनको निःशुल्क परीक्षण लगायत कार्यक्रम गर्ने संस्थाले जनाएको छ । सचेतना कार्यक्रमलाई सफल बनाउन लायन्स क्लब, माथेमा महिला समाज, रोटरी क्लब इनरविल, नेपाल महिला प्रहरी, महानगरपालिका र विभिन्न अस्पताल एवं मेडिकल कलेजका डाक्टर र नर्सलाई संस्थाले आग्रह गरेको छ । संस्थाले सचेतना अभियानका क्रममा १३ अक्टोबरको बिहान पौने ८ बजे भृकुटीमण्डपबाट स्तन क्यान्सर सचेतना ¥याली निकाल्ने जनाएको छ । सो ¥यालीको समापन बसन्तपुर दरवार क्षेत्रमा पुगेर हुने जनाइएको छ । यस्तै, १७ अक्टोबरमा भक्तपुरको घ्याम्पे डाडामा ‘कलर द स्काइ विथ पिंक काइटस्’ कार्यक्रमको तय गरिएको छ भने यही अवधिमा भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर पनि आयोजना गर्ने जनाइएको छ  । 

नेपालमा महिलामा स्तन एवं पाठेघरको क्यान्सर अत्याधिक मात्रामा देखिरहेको अवस्थामा नेपाल अर्बुद रोग निवारण संस्था तथा भक्तपुर क्यान्सर अस्पतालले यसैवर्षभित्र पूर्वदेखि पश्चिमसम्मका करिब २५ जिल्लाका ग्रामीण भेगमा क्यान्सर सचेतना कार्यक्रम र निःशुल्क पाठेघरको मुखको क्यान्सर (प्याप स्मेयर) परीक्षण एवं स्तन परीक्षण गर्ने योजना बनाएको संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले बताए ।
नेपाल अर्बुद  रोग निवारण संस्थाले स्थापना काल ०३९ देखि नै क्यान्सरविरुद्धको विभिन्न अभियान गर्दै आएको छ । संस्थाको नेपालभरमा ४२ जिल्लामा शाखाहरु सक्रिय छन् । यसै संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालले स्थापनाकालदेखि नै क्यान्सरका बिरामीलाई सर्वसुलभ उपचार सेवा दिदै आएको छ । बिरामीलाई गुणस्तरीय सेवा दिन संस्था कटिबद्ध रहेको अध्यक्ष श्रेष्ठले बताए । यस संस्थाले ५ वर्षदेखि सिराहको लहानमा लहान क्यान्सर केयर सेन्टर पनि सञ्चालन गर्दै आएको छ ।   

Last modified on 2018-09-27 07:10:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts