सरकारी पैसामा प्लेन चढेर क्यान्सर उपचार गराउन जाने बढे



Download our app to get more features

काठमाण्डौ, ३ असोज । क्यान्सरको अत्याधुनिक अस्पतालहरु नेपालमै विस्तार भएको र सबै उपचार सम्भव भएको भन्ने गरिएपनि देशको ढुकुटीबाट प्लेन भाडा तिरेर भारतमा क्यान्सर उपचार गराउन जानेको संख्या बढेको छ । 

३ वर्ष अगाडि नेपालमा असम्भव उपचार गर्न भारत जाने बिरामीको लागी नेपाल एयरलाइन्सबाट निःशुल्क टिकटको व्यवस्था गरिएको थियो । क्यान्सर रोकथाम र उपचारमा संलग्न नेपाल अर्बुद रोग निवारण संस्थाको सिफारिसमा फ्रि टिकट पाउने गरेका बिरामीको संख्या उक्त वर्ष २ सय ४१ जना थिए । तर, अहिले त्यो सख्या बेढेको छ ।आर्थिक वर्षमा ०७४–०७५ मात्र  २ सय ९५ जनाले टिकटको सुविधा लिएका छन् । 

यो संख्या घटाउन प्रयास स्वरुप नेपालको विभिन्न अस्पतालमा जान आग्रह गर्दापनि बिरामीले नेपालमा उपचार असम्भव भन्ने डाक्टरको सिफारीश लिएर आउने गरेका छन् । गत आवमा सिफारिसका लागी आफै आउने ९९ जना थिए भने डाक्टरको शिफारिस लिएर आउने १ सय ९७ जना रहेको नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिव विमल कुमार होडाले जानकारी दिए । डाक्टरले भारतमात्र नभई अस्पतालको नामै समेत लेखेर सिफारिस पठाउने गरेको पाइएको महासचिव होडाले बताए । 

नेपालमा नै सबै सुविधा सम्पन्न अस्पताल हुदाँहुदै पनि विदेशमा उपचार गर्न जानेको सख्यामा वृद्धि हुनु दुखद भएको भन्दै उनले डाक्टरले विदेशको अस्पताल जानभन्दा नेपालकै अत्याधुनिक सेवा भएका अस्पताल पठाउन आग्रह गरे । नेपाल सरकारले नयाँ जनस्वास्थ्य विधेयकमा विदेशमा उपचार गर्न जान नपाउने व्यवस्था गरेमा खुसी व्यक्तm गर्दै उनले भने “नेपालका अस्पताल र डाक्टर विदेशका भन्दा पनि क्षमतावान छन् । अब हामी नै सक्षम छौ भन्ने तिर लाग्नु जरुरी छ ।”

Last modified on 2018-09-20 09:06:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts