भक्तपुर क्यान्सर अस्पतालमा विशेषज्ञ चिकित्सक थपिदै 



Download our app to get more features

काठमाडौं, २ असोज । अल इण्डिया इन्सिच्यूट अफ मेडिकल साइन्स दिल्लीबाट हालै डिएम अध्ययन पुरा गरेका डा. कमल सोतीले भक्तपुर क्यान्सर अस्पतालबाट सेवा दिन थालेका छन् । उनले किमोथेरापीमा विशेषज्ञता हासिल गरेका हुन् । 

एमडीपछि डिएम गर्ने निकै कम चिकित्सक मध्ये उनी पनि एक हुन् । एमडीपछि पनि तीन वर्षको कोर्ष पश्चात डिएम पुरा हुन्छ । भक्तपुर अस्पतालमा डा. सोतीको प्रवेशले सेवा अझै सुधार हुने अस्पतालले विश्वास लिएको छ । डा. सोतीले पनि भक्तपुर क्यान्सर अस्पतालमा अब विदेशमा जसरी क्यान्सर रोगको उपचार भइरहेको छ त्यही तहको सेवा दिने बताए । 

नेपालमा क्यान्सरका बिरामी अन्य देशमा जान नपरोस र आर्थिक रुममा विपन्न क्यान्सरका बिरामीले पनि सुलभ सेवा पाउन भन्ने उद्देश्यले भतmपुर क्यान्सर अस्पतालका अरु डाक्टरलाई पनि 
केही दिनपछि नै बेलायतको सेन्टर लण्डनस्थित रोयल मार्सडेन अस्पतालमा अध्ययनरत उज्वल चालिसे पनि भक्तपुर क्यान्सर अस्पताल फर्कन लागेको अस्पतालले जनाएको छ ।

यस्तै भक्तपुर क्यान्सर अस्पतालका डा. नविनकाजी बज्राचार्य पनि अध्ययनका लागी बेलायत जादैछन् । उनको अध्ययन पुरा भएपछि अस्पतालले अझै अन्तर्राष्टिय स्तरको सेवा दिने जनाएको छ । सोही सन्दर्भमा भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्राडा ऋषिकेश नारायण श्रेष्ठ अमेरिका स्थित न्यूयोर्कको क्यालिफोर्नियाका विभिन्न स्टेटमा अध्ययन भ्रमणमा जादैछन् । 

Last modified on 2018-09-18 16:58:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts