नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा २ सय जना महिलाको क्यान्सर परीक्षण



Download our app to get more features

काठमाडौं, ३० भदौ । नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो ३६ औं स्थापना दिवसको अवसरमा महिलाको पाठेघरको मुखको क्यान्सरको नि:शुल्क परीक्षण गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १२ स्थित टेकुमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएकाे हाे । कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ 'ईश्वर'ले समयमै क्यान्सर रोग पत्ता लागे निको हुने भएकाले सबैलाई सचेत रहन आग्रह गरे ।

संस्थाले आगामी दिनमा पनि यस्ता सचेतनाका कार्यक्रमलाई निरन्तरता दिने जानकारी बताए । माथेमा सामाजीक गुठि पनि सहभागी सो कार्यक्रम माथेमा महिला समाजको पहलमा भएको थियाे । कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालले प्राविधिक सहयोग गरेको थियो । परीक्षणमा करिब २ सय जनाको प्याप स्मेयर परीक्षण गरिएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts