हृदयघातबाट बच्न डा. अनिल भट्टराईका १० टिप्स



Download our app to get more features

रेक मानिसले दैनिक रुपका प्रयोग गर्ने खानपानमा सन्तुलन नमिलाउँदा विभिन्न रोग लाग्ने गरेका छन् । अझ पछिल्लो समय व्यस्त र आधुनिक जीवनशैलीका कारण मुटुसम्बन्धि विभिन्न समस्या देखा पर्न थालेका छन् । मुटुलाई स्वस्थ र तन्दुरुस्त राख्न खानपान र व्यायाममा उचित ध्यान दिनु पर्छ । 

 

तौल नियन्त्रण गर्ने - शरीरको तौल अनियन्त्रित रुपमा बढ्नु भनेको हृदयघातलाई निम्त्याउनु हो । विशेष गरी ३५ वर्ष माथिका व्यक्तिमा असवभाविक रुपमा तौल बढेमा यसले पछि गएर हृदयघात हुने सम्भावना हुन्छ । त्यसैले आफ्नो तौललाई नियन्त्राणमा राख्नु पर्छ ।

खानपिनको सन्तुलन मिलाउने - जीवनशैली परिवर्तनसँगै दैनिक जीवनमा खानपीनमा ध्यान दिएको पाइंदैन । खाना धेरै चिल्लो पदार्थ, रातो मासु (खसी, भेडा, च्याग्रा, रागा आदि) सेवन गरिरहेका हुन्छौं । यसले विशेषगरी रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ । जसका कारण हृदयघात निम्त्याउन सक्छ । त्यसैले रातो मासुको सेवन गनर्स हुँदैन । यदि गर्नु परेमा थोरै मात्रामा सेवन गर्न सकिन्छ ।

 

धुम्रपान नगर्ने- धुम्रपान गर्नु आफैमा जोखिमपूर्ण हो । यसले मुटुका रक्तनलीहरुमा साँघुरो बनाउन मद्दत गर्छ । जसले गर्दा पछि गएर रक्तनलीहरु बन्द हुने र हृदयघात हुने सम्भावना हुन्छ । त्यसैले धुम्रपान गर्नु हृदयघातको कारक तत्व पनि हुन सक्छ ।

 

शारीरिक व्यायाममा जाेड दिने - हृदयघातबाट बच्न नियमित रुपमा शारिरीक व्यायाम गर्न जरुरी हुन्छ । दैनिक आधाघण्टा पसिना आउने गरी व्यायाम गर्नु पर्छ । यसका लागि दैनिक रुपमा हिड्ने, जिम जाने गर्न सकिन्छ । योगा मात्र गर्ने धेरैमा चलन छ । तर, योगा गर्दा पसिना नआउने हुदा योगाको साथ साथै व्यायाव गर्न जरुरी हुन्छ ।

 

अधिक मात्रामा कार्बोहाइटेडकोको सेवन नगर्ने - हामीले खाने खानामा अधिक मात्रामा कार्बोहाइटेड रहेको हुन्छ । जस्तै भात, आलु, गुलियो पदार्थ आदि । जुन शरीरलाई आवस्यकता भन्दा धेरै खाएमा पनि हृदयघातको सम्भावना हुनसक्छ ।  

 

रगतमा अत्याधिक कोलेष्ट्रोलको मात्रा नियन्त्रण गर्ने- रगतमा अत्याधिक कोलेष्ट्रोलको मात्र बढ्न भगएमा पछि हृदयघात हुने सम्भावना धेरै हुन्छ । कोलेस्ट्रोलको मात्रा बढ्न गएमा रगतको नलीहरु साँघुरीएर बन्द हुन सक्छ । त्यसैले कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्नु पर्छ । ३५ वर्ष माथि तौल बढी भएमा, वंशाणुगत मुटुरोग भएमा ६/६ महिनामा कोलेस्ट्रोलको जाँच गराउनु पर्छ ।

 

मधुमेह नियन्त्रण - शरीरमा सुगरको मात्रा नियन्त्रणमा राख्नु पर्छ । यदि नियन्त्रण भन्दा बाहिर गएमा यसले पछि गएर रक्तनलीहरुमा एक लेयर बनाउन सहयोग गर्छ । जसका कारण नलीहरु साँघुरीएर बन्द हुन सक्छ ।

 

तनावमुक्त जीवन बिताउने- तनावपूर्ण जीवन बिताउँदा शरीरमा विभिन्न हर्कोनहरु उत्पन्न हुन्छ । जसले गर्दा एक्कासी मुटुको सानो सानो नलीहरु बन्द भएर  हृदयघात हुन सक्छ ।

 

मद्यपान नगर्ने- थोरै मात्रामा मद्यपान गरेमा यसले राम्रो गर्छ तर यसको अत्याधिक सेवनले हृदयघात हुनसक्छ । यसले मुटुको साथै कलेजोलाई समेत नराम्रो असर गर्नुका साथै मुटुको मांसपेसीहरु कमजोर समेत हुन्छ ।

 

वातावरण प्रदुषण नियन्त्रण गर्ने- गाँउ घरमा भन्दा शहरिया जीवन बिताउने व्यक्तिमा हृदयघात हुने सम्भावना धेरै हुन्छ । शहरको वातावरण प्रदुषित हुनाले समस्या उत्पन्न हुनसक्छ ।


मुटुरोग विशेषज्ञ डा. भट्टराईसँग हाम्रो डक्टरले गरेको कुराकानीमा आधारित ।

Last modified on 2017-07-21 14:58:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts