स्वस्थ मानिस तीजमा उपवास बस्दा फाइदै फाइदा



Download our app to get more features

हाम्रो देश नेपालमा विगत लामो समय देखि नै उपवासलाई धेरै नै महत्व दिने गरिएको छ । भगवानका निमित्त आफ्नो मनोकामना पूरा गर्ने हेतुले तथा आध्यात्मिक एवं धार्मिक साधनाका रुपमा प्राचिन समयदेखि नै उपवासको महत्व झल्किदै आएको छ।बिशेष गरि पौराणिक ग्रन्थहरुलाई आधार मानेर हिन्दु नारी जातिहरुको महान् पर्व तीजमा शिव जस्तै योग्य श्रीमान् पाउने अभिलाषा साचेर उपवास बस्ने प्रचलन छ। तर उपवास श्रद्धा र भक्तिभावका लागि मात्र नभएर साच्चिकै स्वास्थ्यका लागि समेत लाभदायक रहन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ।

अर्थ-

संस्कृतमा ' व्रत ' भन्नाले 'भक्ति वा संकल्प' बुझाउछ भने 'उपवास' भन्नाले 'भगवानको नजिक' बुझाउदछ।

अवधि-

सामान्यतया उपवासको अवधि मानिसको उमेर,रोगको अवस्था , सेवन गर्ने अौषधिको प्रकारमा भर पर्दछ।विद्वानहरुको सर सल्लाहमा २-३दिन र क्रमशः बढाउदै लैजानु फाइदाजनक रहन्छ।

तरिका-

उपवास गर्दा पानी, फलफूलको जुस, काचो सब्जीको जुस, कागतिको जुस आदि सेवन गर्न सकिन्छ । पेटमा ग्यास वा दुषित पदार्थ नरहोस् भन्नाका लागि 'इनिमा' गरेर पेट सफा गरेपश्चात मात्र उपवास सुरु गर्नु पर्दछ। ६-८ गिलास पानी दैनिक सेवन गर्नुपर्दछ । थिग्रिएको विषाक्त र दुषित पदार्थहरु निकाल्नुपर्ने भएकाले धेरै शक्ति खर्चिन पर्ने हुन सक्छ त्यसैले शारीरिक आराम र मानसिक विश्राम आवश्यक पर्छ।उपवास तोड्ने क्रममा एकै चोटी धेरै खाने गर्नु हुदैन ,विस्तारै धेरै चोटी चबाएर मात्र सामान्य भोजनमा फर्किनुपर्दछ ।

फाईदा-

उपवासका कारण प्रतिरोधात्मक क्षमता बढेर जान्छ।र साथै न्यूूराल्जिया,कोलाइटिस,थकान, कब्ज, कोलाइटिस,सिरोदर्द हुने सम्भावना समेत घटेर जान्छ।प्राकृतिक रुपमानै हामी भित्र रहेको एक्स्ट्रा फ्याटमा कमी ल्याएर , उपवासले हाम्रो शरीरको तौल सन्तुलन गर्न मद्दत पुर्याउछ। उपवास ले 'Brain derived Neutrophic Factor' नामक प्रोटिनको वृद्धि गराएर ,ब्रेनको functioning power बढाउदछ । र Parkinson's disease हुने सम्भावना समेत  घटाउदछ। पाचनक्रियामा प्रत्यक्ष भूमिका खेल्ने Gastrointestinal system लाई अवधि भर विश्राम दिएर, पाचन शक्तिलाई मजबूत बनाउदछ।उपवासले मनलाई शान्त, उल्लासमय र स्फूर्तिवान् बनाएर मानिसको आत्मशक्तिमा वृद्धि गराई तनाव घटाउदछ। उपवासले स्मरणशक्तिमा वृद्धि गराई, अल्जाइमर रोगबाट समेत बचाउदछ।

अन्तयमा, आयुर्वेद चिकित्सा पद्धतिमा समेत उल्लेख्य वर्णन गरिएको उपवासलाई कुनै चाडपर्व संग मात्र नजोडेर दैनिक जिवनमा समेत लागू गर्न सके स्वास्थ्यका लागि हितकार हुने देखिन्छ।

Last modified on 2018-09-12 20:43:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts