सबै फिजियोथेरापी क्लिनीक अधिकार प्राप्त नहुन सक्छन

(भिडियोसहित )



Download our app to get more features

फिजियोथेरापी वा भौतिक चिकित्सा स्वास्थ्य उपचारको यस्तो विधि हो जसमा भौतिक चिजहरू जस्तंै तातो, चिसो, प्रकाश, पानी, ध्वनि, बल तथा विद्युतको प्रयोगले शरीरमा उत्पन्न हाड, नशा तथा माङ्शपेशी सम्बन्धी रोगहरूको निदान तथा उपचार गरिन्छ ।
फिजियोथेरापी सबै उमेर समूहका बिरामीका लागि आवश्यकता हुन्छ । चाहे हाडजोर्नी तथा नशा सम्बन्धी होस वा स्त्री रोग, मानसिक रोगबाट ग्रसित हुनै सबै व्यक्तिका लागि फिजियोथेरापी आवश्यक हुने बताउँछन डा. राकेश श्रेष्ठ । नेपालमा फिजियोथेरापी उपचार पद्धति र यसप्रति आममानिसको आर्कषण बारे हाम्रो डक्टरकी प्रतिनिधि ज्ञानु दुलालले डा. श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश ः— 
नेपालमा फिजियोथेरापिष्ट र बिरामी अनुपात कस्तो छ ? 

पाल स्वास्थ्य ब्यावसायी परिषद्मा १५ सय फिजियोथेरापिस्ट दर्ता भएका छन् । नेपालको जनसंख्याको तुलनामा १५ सय जना फिजियोथेरापिस्ट हुनु निकै कम हो । यहाँको समस्या अनुसार प्रत्येक परिवारमा फिजियोथेरापिष्ट हुपर्ने जस्तो छ । 

फिजियोथेरापिष्टको संख्या कम छ भन्नुहुन्छ तर फिजियोथेरापी क्लिनीक भनेर लेखेका बोर्डहरु त हरेक गल्लीमा देखिन्छन् । के यिनीहरु आधिकारीक होइनन ?

फिजियोथेरापी क्लिनीक नियमन गर्ने काम नेपाल स्वास्थ्य ब्यावसायी परिषद (एनएचपिसी) को हो । धेरैजसोले फिजियोथेरामीको नाममा पछाडी थेरापी जोडेर प्रचारप्रसार गरी मानिसलाई भ्रम फैलाउने काम गरिरहेका छन् । सबै फिजियोथेरापी क्लिनीकहरु अधिकार प्राप्त नहुन पनि सक्छन । 

यसको नियमन कसले गर्छ ?

पालमा फिजियोथेरापी नियमन गर्ने छुट्टै काउन्सिल छैन । अहिले परिषदभित्रैको प्याराम्याट्रिक फिजियोथेरापिष्ट र न्याच्युरलप्याथी भनेर छुट्टाइएको छ । तर फिजियनेथेरापी भनेको प्याराम्याट्रिक पनि होइन न त न्याच्युरोप्याथी नै हो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले फिजियोथेरापीलाई फस्ट ह्यान्ड प्राक्टिसनर भनेर प्रमाणित गरेको छ । जसमा अन्य आधुनिक चिकित्सा पद्धति जस्तै गरी फिजियोथेरापीमा पनि सिधै उपचार, परामर्श लिन सकिने बताइएको छ ।

फिजियोथेरापीको नाममा उपभोक्ताहरु ठगीएको आरोप पनि लाग्दै आएको छ । यस्तो किन हुन्छ ? 

फिजियोथेरापीमार्फत उपचार गर्न कम्तीमा पनि फिजियोथेरापी विषयमा स्नातक तह पुरा गर्नुपर्ने हुन्छ । तर, अहिले यहाा २ –३ महिना अध्ययन गरेको भरमा उपचार गराउदै आएका व्यक्तिहरु पनि छ । यस्ता व्यक्तिले गर्दा सिंगो पेशा नै बदनाम भइरहेको छ ।   
साथै सरकारले पनि फिजियोथेरापीलाई खासै चासो दिएको छैन् । प्रत्येक हस्पिटलमा बिरामी र फिजियोथेरापिष्टको अनुपातमा सन्तुलन छैन । उनीहरुले पाउने तलब र कामको भारमा निकै फरक छ । 

भिडियो हेर्नूहोस्

Last modified on 2018-09-12 07:16:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts