होमियोप्याथिक चिकित्सक र बिरामीबीचको भेट
कुनै रोगको उपचारको लागि तपाई होमियोप्याथिक चिकित्सक कहाँ पुग्नु भयो भने चिकित्सकले तपार्इंले भनेका समस्याहरुलाई टिपोट गर्दछ । यसबाहेक तपाईको ईच्छा, अनिच्छा, भोकप्यास, निन्द्रा, सपना, जाडो, गर्मी, रिसराग, द्वेष, सामाजिक अवस्था, पारिवारिक स्थितिका साथै बिरामीको स्वभावको बारेमा सोध्छ । तपार्इंलाई आश्चर्य लाग्ला, यो के सोधेको ? मेरो रोगसँग यसको के सम्बन्ध छ र ? होमियोप्याथीमा रोगको निदान गर्ने पक्रिया अन्य चिकित्सा पद्धितहरूबाट अलि भिन्न छ । यसर्थ, उपरोक्त कुराहरु रोगोपचारको क्रममा चिकित्सकले जान्नु पर्नै नै हुन्छ ।
होमियोप्याथीमा कुनै रोगको नाउँले कुनै औषधि हुँदैन । होमियोप्याथी नै एक मात्र यस्तो चिकित्सा पद्धति हो, जुन पुर्णरुपले बिरामीको लक्षणहरुमा आधारित छ । यसैकारण होला यसमा यस्ता बिरामीहरु पनि निको भएका छन् । जसले म निको हुन्छ भने आशा नै मारी सकेका थिए । एउटा कुशल होमियोप्याथिक चिकित्सकले रोग निदानको क्रममा तपाईसँग विभन्न प्रकारका प्रश्नहरु सोध्न सक्छ । तपार्इंले दिएको जानकारी अनुसार नै औषधि चयन गरिन्छ । अतः चिकित्सकले सोधे अनुसार बिरामीले आफ्नो समस्या खुलस्त रुपमा बताउनु पर्छ । बिरामीले भोगिरहेको शारीरिक, मानसिक एवं भावनात्मक अवस्थाहरु पनि खुलेर भन्नु पर्छ । विगतमा भएका रोगको बारेमा पनि बताउनु पर्छ । होमियोप्याथी चिकित्सामा रोगलाई मात्र हैन, रोगीलाई नै पुर्णतया उपचार गर्ने गरिन्छ ।
रोगको लक्षण
- रोग कहिले देखि छ ? यो कसरी शुरु भयो ।
- आराम कसरी हुन्छ ? जस्तै कम्मरको दर्द मा कसैलाई पिठ्यु (उतानो) सुत्दा आराम मिल्दछ, भने कसैलाई खुट्टा सिरानीमाथि राख्दा आराम हुन्छ ।
- रोग कुन अवस्था र परिस्थितिमा घट्छ र बढ्छ ?
- रोग कुन मौसममा बढ्छ र घट्छ ? आदि ।
मेडिकल हिस्ट्री
- बाल्यअवस्था देखि हालसम्मको रोग जसको औषधोपचार लामो समयसम्म गर्नु परेको थियो ।
- यो कुरा पत्ता लगाउने प्रयास गरिन्छ कि रोगको कारण के हो ? वा कुनै रोगको उपचारको क्रममा गलत औषधिको प्रयोगले रोगलाई सप्रेस गरिएको त छैन ।
- यसबाट यो पनि थाहा हुन्छ, कि रोगी आउँदो दिनहरु (भविष्य) मा कुनै गम्भीर प्रकृतिको रोगतर्फ उन्मुख भइरहेको त छैन । सो कुराको पुर्वानुमान गरी शुरु मै बिरामीलाई सचेत गर्न सकियोस् र मुख्य रोगलाई पुर्णरुपले निर्मुल गर्नुका साथै रोगीलाई पुर्णतया स्वस्थ्य बनाउन सकियोस् ।
हालसम्मको उपचारको मेडिकल हिस्ट्री
- बिरामीले कुन–कुन रोगको लागि के कस्ता उपचार गराएको हो ?
- यसबाट यो कुरा पत्ता लागाउन सजिलो हुन्छ कि जुन मुख्य रोग हो, त्यो कुनै गलत औषधिको प्रयोग वा साईड ईफेक्टले त भएको होईन ?
फेमली हिस्ट्री
रोगीले आफ्नो परिवारमा भएका रोगहरुको बारेमा बताउनु पर्ने हुन्छ । ताकि यो कुरा पत्ता लागाउन सकियोस् कि कतै रोग वंशानुगत कारणबाट त भईरहेको छैन ।
शारीरिक लक्षण
- भोक र रुचि र अरुचि
- प्यास र लाग्छ र लाग्दैन र धेरै र थोरै र चिसो र तातो
- खानेकुरा मा मन पर्ने र न पर्ने ?
- दिशा ।
- पिशाब ।
- पसिना ।
- मुखको स्वाद ।
- निन्द्रा र देखिने सपना ।
- कुन साईडमा रोग छ र लोकेशन कहाँ छ ?
- विभिन्न मौसमहरू ( शरद, वसन्त र ग्रिष्म ऋतुमा शरीरमा पर्ने असरहरु ।)
- धुलो, धुवाँ र माटो आदिबाट हुने असर ।
मानसिक लक्षण
रोगीको बानी, ब्यवहार, सामाजिक तथा पारिवारिक अवस्था, रिसराग, द्वेष, रुनु, हाँस्नु, डर, त्रास, भय, निन्द्रा, सपना आदि अनेक व्यक्तिगत लक्षणहरु चिकित्सकले जान्नु पर्ने हुन्छ ।
विभिन्न परिस्थितिमा रोगीको प्रतिकृयाको बारे बिस्तारले सोधपुछ गरिन्छ ।
बाल्यकालमा रोगीको स्वभाव
यसबाट यो कुराको पत्ता लगाउने प्रयास गरिन्छ । कुन कुन भौतिक परिस्थितिको प्रभाव रोगीमा के कस्तो असर पर्छ । जुन मुख्य रोगसँग जोडिएको कारण हुन सक्छ । लामो समयदेखि भोगिरहेको रोगको लागि यो कुरा अत्यन्त जरुरी हुन्छ । यसबारे डिटेलमा जानकारी रोगीको आमावुबाले वा निकटतम व्याक्तिले नै दिन सक्छन । यसबाट रोगीको वर्तमान र बचपनको स्वभावको तुलना गरिन्छ । यि सब कुराले बिरामीको लागी उचित मेडिसिन सेलेक्सन मा अहम् भुमिका निर्वाह गर्दछ ।
औषधिको चयन
रोगीको मानसिक, शारीरिक एवं परिस्थिति जन्य भौतिक लक्षणहरु टिपोट गरी सकेपछि मुख्यतयाः कुन कुन लक्षणलाई आधार मानेर विश्लेषण गरेर रिर्पोटाईजसन गरी रोगीलाई कुन औषधि दिने हो भन्ने कुराको निर्णय गर्न चिकित्सकको बिशेष योग्यतामा भर पर्दछ ।
औषधिको शक्ति (पोटेन्सी) को चयन
रोगीको शारीरिक एवं मानसिक लक्षणको आधारमा उपयुक्त एउटा औषधि सेलेक्सन गरे पश्चात, बिरामीको अवस्था, उसको उमेर, रोगको गम्भीरता, निको हुने वा नहुने अवस्था वा पेलिएनी मात्र गर्न सकिने । आदि कुराहरुलाई मध्येनजर गरेर मात्र औषधिको शक्ति (पोटेन्सी) को निर्धारण गरिन्छ । यसप्रकार एउटा रोगीको समष्टिगत रुपमा अध्ययन गरी एउटा औषधि मात्र पे्रस्क्राइब गर्न कम्तिमा पनि एक देखि डेढ घन्टाको समय लाग्ने गर्दछ ।