अस्पतालको लापर्वाहीले शिशुको ज्यान गएको आरोप
जनकपुर १७, भदौ । जनकपुरको रेल्वे स्टेशनस्थित सञ्चालित जनकपुर सिटी अस्पतालमा १० दिने शिशुको मृत्यु भएपछि तनाव भएको छ ।
जनकपुर उपमहानगरपालिका १७ तेतरियाका सन्तोष महराका १० दिने छोराको आईतवार उपचारकै क्रममा मृत्यु भएपछि बिरामीपक्षले अस्पताललाई लापर्वाहीको आरोप लगाएको हो । १० दिनअघि जनकपुर अञ्चल अस्पतालमा जन्मेका शिशुको अवस्था बिग्रिएपछि त्यहाँका एक चिकित्सकले उपचार सम्भव नभएको भन्दै थप उपचारको लागि सीटी हस्पिटलमा रिफर गरेका थिए ।
शिशुको सीटी हस्पिटलमा एनआईसियुमा राखेर उपचार भइरहेको थियो । त्यहाँका चिकित्सकले अस्पतालमा उपचार भइरहेको भनेर ढाट्नुका साथै बाहिर उपचार गर्न लान पनि नदिएको र चिकित्सककै लापरवाहीले शिशुको मृत्यु भएको शिशुका हजुरबुवा दिपन महराले आरोप लगाएका छन् ।
पीडित परिवारले भने ‘हस्पिटलले शिशुलाई एनआईसियुमा राखेर उपचार गरेको खर्च करिव २ लाख ३ हजार रुपैयाँ पुर्याएको छ ।’ बाहिर उपचार गर्न लान नदिएको र जबरजस्ती शिशुलाई यहिँ राख्न बाध्य पारेर मोटो शुल्क असुलेको उनीहरुले आरोप लगाएका छन् । उनले आफ्नो शिशुको ज्यान लिएको भन्दै हस्पिटललाई कार्वाहीको माग गरेका छन् । सोही अस्पतालमा शनिवार समेत एक शिशुको उपचारको क्रममा ज्यान गएको थियो ।
यता उपचारमा संलग्न डाक्टर वैद्यनाथ ठाकुरले आफुहरु भगवान नरहेको र सकेसम्म बचाउने प्रयास गर्दा समेत शिशुको ज्यान गएको प्रतिक्रिया दिएका छन् ।
अब डाक्टरलाई arrest गरेर hospital बन्द गर्नुपर्छ ....10 लाखको क्षतिपुर्ती माग्न आन्दोलन गर्ने प्रायोजित भिड जम्मा गर्नु पर्छ ।