भिडियो ऐक्सरेका बारेमा जान्नैपर्ने कुराहरु 



Download our app to get more features

 सामान्यतया भिडियो एक्सरे शरीरमा रहेको समस्या पत्ता लगाउने महत्वपूर्ण प्रविधि हो । समयमा रोग पत्ता लगाई रोगको निदानका लागी यसको प्रयोग गर्नु जरुरी छ । बिरामीको जाँच गर्दा डाक्टरले कुनैपनि रोग यत्तिकै पता लगाउन नसक्ने भएकाले यसको प्रयोग गरिन्छ । जस्तो कुनै मानिसको पित्तथैलीमा पत्थरी छ भने त्यसलाई हेर्नका लागि भिडियो एक्सरे गर्नु आवश्यक हुन्छ । पेटको कुनै अंगमा भएको समस्या पत्ता लगाउन यो सबैभन्दा भरपर्दो प्रविधि हो । 

पेटमा रहेका अंगहरु मिर्गौला, कलेजो, प्रोस्टेस्ट लगायतका अंगहरुका बारेमा थाहा पाउन पेटको भिडियो एक्स रे गरिन्छ । यसको महत्वपूर्ण कुरा यसमा ‘रेडियसन’ हुँदैन । जसले गर्दा मानिसमा हानी हुने सम्भावना न्यून हुन्छ । यसको नराम्रो साइडइफेक्ट खासै देखिएको छैन । यसको प्रयोग बच्चादेखि बूढा सम्म गर्न सकिन्छ । 
ध्यान दिनुपर्ने कुरा 

भिडियो एक्स रे गर्दा खाली पेटमा बिहान गर्नु राम्रो मानिन्छ ।
६ घण्टा खाली पेट राखेर भिडियो ऐक्स रे गर्दा सबै कुरा पता लगाउन सजिलो हुन्छ ।
भिडियो एक्सरे गर्नु अगाडि पानी खाएर पिसाब रोक्नुपर्ने हुन्छ जस्ले गर्दा तल्लो पेट सम्बन्धी समस्या हरु पत्ता लगाउन सजिलो हुन्छ । जस्तै, महिलामा तल्लो पेट, पाठेघर र पुरुषमा ग्रन्थीहरुमा भएका समस्या पत्ता लगाउन सजिलो हुन्छ ।
 

Last modified on 2018-09-03 15:40:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts