गाजरको नियमित सेवनले रोक्छ स्तन क्यान्सरको खतरा
विश्वभर स्तन क्यान्सरबाट पीडितको संख्या बढ्दो छ ।
केही वर्षयता स्तन क्यान्सर बारे जागरुकता बढे पनि रोगीको संख्या नघट्नु त्रासपूर्ण स्थिति हो । जागरुकता बढे पनि खानपानमा र जीवनशैलीलाई व्यवस्थित नबनाउँदा स्तन क्यान्सर पीडितको संख्या बढ्दै गएको चिकित्सकहरूको भनाइ छ ।
हालै अमेरिकीमा गरिएको एक अध्ययन अनुसार गाजरको नियमित सेवनले स्तन क्यान्सरको जोखिम ६० प्रतिशतसम्म कम हुन्छ ।
गाजरमा पाईने बीटा क्यारोटीनले क्यान्सरको जोखिमलाई कम गर्नमा मद्दत गर्छ । हुन त अन्य तरकारी र फल पनि छन् जसमा बीटा क्यारोटीन पाईन्छ । पालकको साग, रातो खुर्सानी र आँपमा पनि बीटा क्यारोटिन पर्याप्त मात्रामा पाईन्छ ।
बीटा क्यारोटीन फल र तरकारीमा पाइने एक रासायनिक तत्व हो, जसले फल र तरकारीको रंग आकर्षक बनाउँछ ।
अमेरिकी जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित अध्ययन रिपोर्ट अनुसार स्तन क्यान्सरबाट बच्नका लागि गाजर भन्दा उत्तम अरु केही तरकारी र फल छैन् । अन्य फल र तरकारीको तुलनामा गाजर सबैभन्दा बढी फाइदाजनक हुन्छ ।
लण्डनमा दुई वर्ष अघि करीब ५८ हजार महिला स्तन क्यान्सरबाट पीडित भएको पाईएको थियो ।
हरके आठ जना मध्ये एकमा स्तन क्यान्सर हुने लण्डनमा सम्पन्न सो अनुशन्धानले देखाएको थियो । सो अध्ययनका लागि स्तन क्यान्सरबाट पीडित करीब १५ सय महिला र १५ सय क्यान्सरमुक्त महिलामा परीक्षण गरिएको थियो ।
(एजेन्सीको सहयोगमा)