उपत्यकाको फोहोर व्यवस्थापनमा काम गर्ने मजदुरको स्वास्थ्य जोखिममा 



Download our app to get more features

काठमाडौं, ५ भदौ । घरबाहिर कतै निस्कदा सडक किनारमा फोहोर थुप्रियको देख्दा तपार्इं हामीलाई दिक्क लाग्छ । फोहोरको दुर्गन्ध रोक्न हत्त न पत्त पकेटबाट रुमाल निकालेर नाक थुन्र्छौ । तर उक्त फोहोरमा दिन रात बिताउनेलाई कस्तो हुन्छ होला भनेर हामी सोच्दैनौं । तपाईं हाम्रो घरघरमा पुगेर फोहोर जम्मा गर्ने ती व्यक्तिको स्वास्थ्यप्रति न राज्यले ध्यान दिएको छ न त सरोकारवाला अन्य निकाले नै चासो दिएका छन् ।    
काठमाडौं उपत्यका भित्रका विभिन्न नगरपालिका र केही निजी क्षेत्रले फोहोर उठाउदै आएका आएका छन् । यो कामका लागि सयांै मानिस परिचालन हुने गर्छन् । काठमाडौंबासीको घरघरबाट उठेको फोहोर, प्लाष्टिकका झोला, प्याकेजिङ प्लाष्टिक, टिन र सिसाका बट्टालगायतका डम्पिङ साइटमा पुगेर रिसाइक्लिङ गरी उनीहरुको रोजीरोटी र जीविकोपार्जन हुँदै आएको छ । तर, यसरी फोहोर संकलन गर्ने र फोहोरका थुप्रोबाट पुनः प्रयोगका वस्तुहरु निकाल्नेहरूको स्वास्थ्यमा हुने असरबारे भने कसैले चासो दिएका छैनन् । 

फोहोरले स्वास्थ्यमा पार्ने असर 
विभिन्न कलकारखानाबाट निस्कने फोहोरमा घातक केमिकलको मात्रा अत्याधिक हुने भएकोले त्यसले कामदारहरुको स्वास्थ्यमा धेरै नै असर पुर्याइरहेको  हुन्छ । यसबाट छाला रोग, फोक्सोमा समस्या, दम, आँखामा असर, निमोनिया, एलर्जी, मुटुरोग, क्यान्सर जस्ता रोग लाग्ने फिजिसिएन डा. अनुज केसीले बताए । फोहोरमा हुने केमिकलका कारण अक्सिजनको मात्रा कम गराउने र ब्रेनमा असर गर्ने डा. केसीको भनाइ छ । 

बच्ने उपाय 
फोहोर उठाउने समयमा बुट, पञ्जा, माक्स, चस्मा मात्र प्रयोग गर्ने हो भने पनि विभिन्न सङ्क्रमण र रोगबाट बच्च सकिने चिकित्सकहरूको सुझाव छ । बुट, पञ्जा, मास्कले पुर्ण रुपमा सङक्रमण नरोके पनि थप समस्या हुनबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् । 

फोहोरमा काम गर्नेहरुका लागि काठमाडांै महानगरपालिकाले कुनै वास्ता नगरेको भने होइन् । वार्षिक ४ सय रुपैयाँको बीमा गरिएको छ  भने बुट, पञ्जा, माक्स अनिवार्य लगाउने नियम पनि छ । फोहोर उठाउन लगाउने कपडा, बुट, पञ्जाका लागि वार्षिक ७ हजार ५ सय रुपैया दिने गरेको नगरपालिकाले जनाएको छ । तर, कामदारहरु विना पन्जा, माकर््स र खुट्टामा विना बुट काम गरिरहेको सर्वत्र देख्न सकिन्छ । तर महानगरपालिकाको दावी अनुसार कामदारहरुको हातमा न पन्जा देख्न सकिन्छ नत मुख्मा माक्स नै । नत सवै कामदारका लागि पहिचान खुल्ने लुगाको व्यवस्था नै गरिएको छ ।
शहर सफा सुग्घर राख्ने दायित्व संगसंगै कामदारहरुको स्वास्थ्यको सम्बन्धमा पनि सरोकारवाला निकायहरु संवेदनशील बन्नु जरुरी छ । तर फोहोरमा काम गर्ने पनि आफनो स्वास्थ्य प्रति सजक हुन भने आवश्यक छ । 


 

Last modified on 2018-08-23 07:10:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts