शिशुमा यी समस्या देखिए अप्रेशन गरिहाल्नुपर्छ
(भिडियोसहित)
            नवजात शिशुदेखि १८ वर्ष नपुगेसम्म वा वयस्क भइनसकेकाहरूमा गरिने अप्रेशनलाई बाल शल्यचिकित्सा भनिन्छ । यो अवस्थामा कस्ता कस्ता अप्रेशन गरिन्छ, अप्रेशन गर्ने कुन उमेर उपयुक्त हो लगायत विषयमा वरिष्ठ बाल शल्यचिकित्सक आरपी चौधरीले आफ्ना कार्य अनुभव हाम्रो डक्टरमार्फत पस्केका छन् । जानौं डा. चौधरीका सुझाव :–
आमाको गर्भमा हुँदा देखिने समस्या:
- आमाको पेटमै हुँदा मिर्गौलामा पानी जम्नु, मिर्गौला सुन्निनु । पेटको आन्द्रा छातीभित्र गएको हुनु ।
 - खानानली र श्वासनली जोडिएको वा खानानलीमा प्वाल नहुनु ।
 - टाउकोमा पानी जम्ने ।
 - नाइटोबाट आन्द्रा बाहिर निस्कनु ।
 - खुट्टा सानो वा ठुलो हुनु ।
 - ढाडमा डल्ला आउने ।
 
बच्चा जन्मेपछि हुने समस्या
- बच्चा जन्मेको २४ घण्टाभित्र दिसा नगर्नु ।
 - दिसा गर्ने प्वाल नहुनु ।
 - आन्द्रामा नशाको कमी हुनु ।
 - आमाको पहिलो दुध खुवाउँदा सर्किनु ।
 - पेट फुल्दै गएमा आन्द्रा बटारिन हुन्छ ।
 - अलि ठुलो बच्चामा एपेन्डिसाइड, इटुससेप्सन, जस्ता समस्या हुन्छ ।
 - ट्यूमरकोका समस्या ।
 - लिङग सानो हुनु ।
 - जन्मने बितिकै छोरा हो या छाेरी छुट्याउन नसकिने ।
 
लक्षणमा
- जन्मनु भन्दा पहिला पनि पत्ता लाग्छ ।
 - बच्चाले दिसा गर्ने प्वालको पछाडीको भागमा एउटा डल्लो आमाको गर्भावस्थादेखि नै देखिन्छ ।
 
समाधान
- एपेन्डीसाइडमा पेट दुख्ने वान्ता हुने, खान नखोज्ने नाइटो थिच्दा दुख्ने हुन्छ । समयमा उपचार गरेन भने फुट्ने सम्भावना भएकाले सर्जरी गर्नुपर्छ ।
 - पिसाब फेर्ने प्वाल सही स्थानमा नभए पनि उपचार गराइहाल्नुपर्छ ।
 - मिर्गौलामा १ देखि ४ वर्षभित्र शरीरमा तेल लगाउँदा डल्ला डुल्ली आएमा एउटा अल्ट्रासाउन गरेमा पता लाग्छ र समयमा सर्जरी गर्न सकिन्छ ।बच्चा बाच्न पनि सक्छ ।
 - एक वर्ष धन्दा कम उमेरका बच्चामा पेटको पछाडि वा छातीमा पनि आउन सक्छ ।यसलाई समयमा सर्जरी गरेर चिकित्सकको सल्लाह अनुसार औषधि खाएमा निको हुन्छ ।
 
भिडियो हेर्नुहोस:
                     Last modified on 2018-08-23 10:48:26                
                - 
                View Other Stories by Author >>
 
                                    