उच्च रक्तचाप कसरी नियन्त्रण गर्ने ? जानी राखौं ..



Download our app to get more features

उच्च रक्तचापले तत्कालै कुनै ठूलै असर नपार्ने भए पनि लामो समयको अन्तरालपछि मानिसलाई विस्तारै रोगी बनाउँदै मृत्युशैयामा पूराइरहेको हुन्छ । यो रोगजस्तो नदेखिने भएकैले यसलाई साइलेन्ट किलर पनि भनिन्छ ।

उच्च रक्तचापको समस्याका सुरुवाती लक्षणहरुमा मुटुको धड्कन बढ्नु, चक्कर आउनु, निद्रा नलाग्नु, लगायतका हुन्छन् । उच्च रक्तचापको नियन्त्रणमा ध्यान नदिइएमा मस्तिष्कघात, हृदयाघात, तथा मृगौला फेल हुने जस्ता प्राणघातक रोग पैदा हुन्छन् । खानपान तथा जिवनशैलीमा ध्यान दिनेहो भने उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ । आयुर्वेद चिकित्सकहरुका अनुसार केही घरेलु खानेकुराहरुको नियमित सेवनले पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

लसुन खानुहोस्ः लसुनमा पाइने एन्टीअक्सिडेन्ट तथा एलिसिन तत्व रक्तचाप नियन्त्रण गर्न सहयोगी हुन्छन् । त्यसैले हरेक बिहान खाली पेट लसुनका दुइ केश्रा तथा एक गिलास पानी पिएमा उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ ।

अदुवा खानुहोस्ः खानामा अदुवा पर्याप्त मात्रामा सामेल गर्नुहोस् । अदुवामा रक्तसंचारलाई सन्तुलित गराउने एन्टीअक्सिडेन्टहरु पाइन्छन् ।

मरिच खानुहोस्ः आधा गिलास पानीमा एक चम्चा मरीचको धुलो घोल्नुुुहोस् र केही तताउनुहोस् । चिसो भइसकेपछि २।२ घण्टामा थोरै थोरै गरेर पिउनुहोस् ।

मेथी खानुहोस्ः एक चम्चा मेथीका दानालाई एक गिलास पानीमा मिलाएर उमाल्नुहोस् । त्ससपछि त्यो मेथीपानीलाई चिसो पारेर पिउनुहोस् । 

मेवा खानुहोस्ः उच्च रक्तचापका रोगीले पर्याप्त मेवा खाुनपर्छ । मेवामा पोटासियम पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्छ ।

केरा खानुहोस्ः केरामा पनि पोटासियम पर्याप्त मात्रामा पाइन्छ, जसले सरीरमा नुनको असर कम गर्दछ । दिनहुँ २/३ वटा केरा खानु रक्तचाप नियन्त्रणका लागि लाभदायी हुन्छ ।

तुलसी तथा निमको पात खानुहोस्ः लसी तथा निमका पातको केही रस पानीमा मिलाएर दिनहुँ बिहान खाली पेटमा पिउने गर्नाले उच्च रक्तचापलाई नियन्त्रण गर्न सहयोग पुग्दछ ।

गाजर र पालुंगोको रस खानुहोस्ः दिनहुँ बिहान र बेलुका एक गिलास गाजर तथा पालुंगोको रस पिउनाले रक्तचाप नियन्त्रणमा फाइदा पुग्छ ।

अमलाको रस र मह खानुहोस्ः १ चम्चा अमलाको रस र एक चम्चा मह मिलाएर हरेक दिन बिहान बेलुकी खाने गर्नाले रक्तचाप कम गर्ने तथा रोगप्रतिरोधी क्षमता पनि बढाउँछ ।

कागती पानी खानुहोस्ः रक्त चाप उच्च भएकाहरुले नियमित रुपमा एक गिलास पानीमा आधा कागती निचोरेर दिनको ३÷४ पटक पिउनुपर्छ ।

गहुँ तथा चनाको रोटी खानुहोस्ः गहुँ तथा चनाको पिठोको बराबर मात्रा मिलाउनुहोस् र सोही पिठोबाट रोटी बनाउनुहोस् । यस्तो रोटी खानाले सरीरको उपापचयन प्रक्रियामा सुधार आउने तथा रक्तचाप सन्तुलित हुने गर्छ ।

 

एजेन्सीको सहयोगमा

Last modified on 2018-08-19 19:11:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts