न्याम्सलाई ‘मनमोहन स्मृति चिकित्सा विज्ञान राष्ट्रिय विश्वविद्यालय’ बनाइने



Download our app to get more features

काठमाडौं, २२ साउन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको नाम परिवर्तन हुने भएको छ । सरकार र डा. गोविन्द केसीबीच भएको सहमती अनुसार मनमोहन मेमोरियल मेडिकल कलेजलाई न्याम्समा ल्याएर नाम परिवर्तन गर्ने निर्णय भएको हो। केही समयअघि न्याम्सको २२ औं आकस्मिक सिनेट बैठकबाट सो प्रस्ताव पास भएको हो ।

न्याम्सका उपकुलपति प्रा.डा गणेश गुरुङका अनुसार हालको चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानलाइ “मनमोहन स्मृति चिकित्सा बिज्ञान राष्ट्रिय विश्वविद्यालय” मा रुपान्तरण गरी स्वास्थ्य मन्त्रालय अन्तर्गत चिकित्सा बिज्ञानको एपेक्स विश्वविद्यालयमा स्तरोन्ती गर्ने र मनमोहन स्मृति राख्ने बारे २२ सौ आकस्मिक सभाबाट स्वीकृत भएको छ । 

‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका बिस्तारित बिभिन्न अस्पतालहरुलाई आत्मानिर्भर तथा योग्य प्राज्ञिक संस्थामा रुपान्तरण गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको मौजुदा ऐन अनुसार संबन्धन दिने ब्यबस्था नखुलेको र नेपालमा कुनै छुट्टै मेडिकल बिश्वबिद्यालय समेत नभएको हुनाले नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत नेपाल सरकारको अस्पतालहरुलाई मात्र सम्बन्धन दिन सक्ने गरि अख्तियारी सहित मनमोहन स्मृति चिकित्सा विज्ञान राष्ट्रिय विश्वविद्यालयमा रुपान्तरण गर्न लागिएको हो ।’ गुरुङले भने । 

यद्यपी यो निर्णय तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाकै पालामा भएको हो । तर, पछाडी मनमोहन मेडिकल कलेजका सञ्चालकहरुले सम्पत्ति नबेच्ने बताएको भन्दै सरकार पछाडी हटेको थियो । 

सरकार र केसी बीचको सहमती मान्य छैन 
जीवन शर्मा, उपाध्यक्ष, मनमोहन मेडिकल कलेज

डा. गोविन्द केसी र सरकार संग भएको सहमती अनुसार हाम्रो सस्था जान नसक्ने भनेर निर्णय गरेका छौं । संस्थाको बैठक केहीदिन अघि मात्रै बसेको थियो । करिब २६ सय सेयर धनी रहेर स्व.मनमोहनका नाममा स्वास्थ्य र शिक्षा क्षेत्रमा सहकारीका माध्यमबाट योगदान गरौं भनेर खोलेका हौं ।

संस्था बेचेर वा बन्द गरेर हैन यसलाई निरन्तरता दिने भन्ने निर्णय भएको छ । सोही निर्णय अनुसार हामी अगाडी बढेका छौं । नेपाल स्वास्थ्य सेवा सहकारी सस्था मार्फत मनमोहन मेमोरियल मेडिकल कलेज काठमाडौंमा चल्नुपर्छ भन्नेमा हामी रहेका छौं सरकारले गरेका कुनै पनि निर्णयमा हाम्रो सहमत छैन ।

अहिले गोविन्द केसी र सरकार बीच जुन सहमती भएको छ त्यसमा हाम्रो कुनै सहमति छैन । हाम्रो मेडिकल कलेज संचालन गर्ने अडान यथावत छ, आलटाल नगरी बाटो खुला गर्न सरकार समक्ष जोडदार माग गर्दछौं ।
 

Last modified on 2018-08-08 06:40:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts