मनसुनमा यसरी सुरक्षित राख्नुहोस् आफ्ना बालबालिका
            मनसुन भनौ वा गर्मी समय । बालबालिकाको स्वास्थ्य बारे सचेत नभए यो मौसममा विभिन्न संक्रमण हुनेगर्छ । पानीका कारण हुने झाडापखाला, टाइफाइट, जन्डिस, भाइरल ज्वरो, निमोनिया जस्ता संक्रमणले यो मौसममा बालबालिकालाई सहजै संक्रमण गर्छ । साथै, रुघाखोकी श्वासप्रश्वास सम्बन्धी समस्याले पनि यो मौसममा धेरै बालबालिकालाई दुःख दिइरहेको हुन्छ । बालरोग विशेषज्ञ डा. आन्या शर्माले यस्तो मौसममा बालबालिकालाई कसरी सुरक्षित राख्ने भनेर केही सुझाव दिएकी छन् । जानौं डा. शर्माका सुझावहरू ः—
- झाडा पखाला
 - निरन्तर हुने वर्षाले हामी खानेपानीमा विभिन्न फोहोरहरू मिसिन सक्छन् । जसमा झाडापखालाका जिवाणु पनि हुनसक्छ । त्यस्तो पानी बालबालिकाले खाएमा उनीहरू संक्रमित हुन्छन् । निम्न लक्षण देखिए झाडापखाला भएको हुनसक्छ ।
 - पातलो दिसा गर्ने ।
 - वान्ता हुने ।
 - शरीरमा पानीको मात्रा कमी हुने ।
 
टाइफाइटका लक्षण:
- उज्च ज्वरो हुने ।
 - दुई तीन दिनसम्म ज्वरो आउँदा पनि अरु केहि लक्षण नदेखिने ।
 - निरन्तर पखाला लाग्ने ।
 - कसैकसैलाई पेट दुख्ने ।
 - कसैलाई वान्ता हुने ।
 
जन्डिसका लक्षण:
- जीउ आलश्य हुने ।
 - खान मन नलाग्ने ।
 - वाक वाक लाग्ने ।
 - अलिदिनपछिआँखामापहेलो देखिने ।
 - पिसाब पेहेँलो आउने ।
 
रोकथामका उपाय :
- घर र वरपरको सरसफाईमा ध्यान दिने ।
 - बालबालिकालाई पनि सफा राख्ने ।
 - पानी उमालेर वा निर्मलीकरण गरेर मात्रै खाने ।
 - बाहिरको खाने कुरा नखाने ।
 - बासी खाना नखाने ।
 - सफा खाना मात्रै खाने ।
 - खाना खानु अगाडि बच्चालाई राम्रोसँग हात धुन लगाउने ।
 - झाडापखाला भएमा जीवनजल खान दिने ।
 - प्रशस्त पानी खान दिने, जसले शरीरमा पानीको मात्रा पुरा गर्छ ।
 - यति गर्दा पनि कम भएन भने तुरुन्त अस्पताल लैजाने ।
 
उपचार:
- झाडापखाला लागेमा जीवनजल खुवाउने ।
 - के कारणले झाडापखाला भएको हो सो अनुसार उपचार गर्नुपर्छ ।
 - झडापखालासहित इन्फेक्सन छ भने एन्टिबायोटिक दिनुपर्ने हुन्छ ।
 
सुझाव :
- यो मौसममा स्वास्थ्य र सरसफाई सम्बन्धी साधारण कुरामा पनि अविभावकले ध्यान दिनुपर्छ ।
 - कहिलेकहि रुघाखोकी, झाडापखालाले जटिल रुप पनि लिने हुनाले सधै सचेत रहने ।
 - वर्षातको पानीमा धेरै प्रकारका किटाणु हुने भएकाले बालबालिकालाई उमालेको पानी मात्रै प्रयोग गर्न दिने ।
 
                     Last modified on 2018-08-03 07:33:31                
                - 
                View Other Stories by Author >>
 
                                    