यस्ता व्यक्तिमा मधुमेहको जोखिम उच्च
            मधुमेहलाई चिनी रोग अथवा सुगर पनि भन्ने गरिन्छ । शरीरमा ( विशेषगरी रगतमा) गुलियोको मात्रा अथवा सुगरको मात्रा बढेपछि मधुमेह देखिन्छ । चिनी शरीरमा राम्ररी प्रयोग नहुनु वा शरीरले चिनीलाई राम्रोसँग प्रयोग गर्न नसक्नुलाई चिनी रोग भनिन्छ । फिजीसियन डा. राजेन्द्र रिजालले मधुमेह हुने कारण, यसलाई कसरी नियन्त्रणमा राख्ने भनेर केही सुझाब दिएका छन् । जानौं डा. रिजालको सुझाब ः—
कारण
चिनी रोग लाग्नुका थुप्रै कारण छन् । जसमध्ये वशांणुगत कारण पनि एक हो । परिवारमा आमाबाबु, दाजुभाई जो सुकैलाई पनि मधुमेह छ भने यो रोग लाग्न सक्छ । यस्तै धेरै मोटा मानिसलाई पनि मधुमेहको सम्भावना उच्च रहन्छ ।
मधुमेहका लक्षण
- शरीरमा आलश्यता बढ्नु ।
 - मुख सुख्खा हुने ।
 - थकान हुने ।
 - दुब्लाउँदै जाने ।
 - तिर्खा धेरै लाग्ने ।
 - तारन्तार पिसाब लाग्ने ।
 - इन्फेक्सनको सम्भावना बढी हुने ।
 - भोक धेरै लाग्ने ।
 - घाउ निको हुन समय लाग्ने ।
 
बच्ने उपाय
- मोटोपनबाट बच्ने ।
 - धु्रम्रपान नगर्ने ।
 - खानपानमा ध्यान दिने ।
 - नियमित ब्यायाम गर्ने ।
 - उपचार
 
कुन प्रकारको सुगर हो पत्ता लगाएर सोही अनुसार उपचार गर्ने गरिन्छ । सुरुकै अवस्थामा रोग पत्ता लागेमा ट्याब्लेट औषधि सेवन गरी उपचार गरिन्छ । सुईमार्फत इन्सुिलन दिनुपर्ने हुन्छ ।
सुझाबहरु:
- खानपान फेरबदल गर्ने गरौं ।
 - दैनिक ब्यायाम गर्ने ।
 - खाना खाँदा सबैको मात्रा मिलाएर खाने ।
 - सक्रिय जीवनशैली अपनाउने । 
 
- 
                View Other Stories by Author >>
 
                                    