नेपालमा आयुर्वेद: सम्भावना र चुनौती
आयुर्वेद एउटा सामान्य चिकित्सा मात्र नभई सम्पूर्ण जीवनशैली हो । त्यसैले आयुर्वेदलाई होलिस्टिक चिकित्सा प्रणाली भनिएको छ । आयु र वेद शब्दको योगले आयुर्वेद शब्द बन्छ । शरीर, इन्द्रिय, मन र आत्माको संयोगलाई आयु भनिन्छ ।
वेद शब्द विद धातुबाट प्रत्ययको योगले बन्दछ, जसको अर्थ ज्ञान हो । यसप्रकार आयुर्वेद शब्दको अर्थ हुन्छ आयुको ज्ञान । जुन शास्त्रको अध्ययन गर्नाले आयुको सत्ता, आयुसम्बन्धी ज्ञान र पूर्ण आयुका साथ शारीरिक र मानसिक स्वस्थता प्राप्तिको विषयमा ज्ञान हुन्छ, त्यसलाई आयुर्वेद शास्त्र भनिन्छ ।
त्यसैले आयुर्वेदले शरीर,इन्द्रिय,मन र आत्मा सबैलाई स्वस्थ्य राख्दछ । तरपनि विश्वमा आयुर्वेदको क्षेत्र फराकिलो हुदै गएको समयमा नेपालमा चाहिँ आयुर्वेदलाई बेवास्ता गरेको देखिन्छर आयुर्वेदको क्षेत्र ब्यापक बनाउनुपर्नेमा आयुर्बेदले गर्नुपर्ने कामहरु केहि कृषि कार्यालयले, केहि बनस्पति कार्यालयले, केहि बन कार्यालयले गरेको देखिन्छ ।
यी सबै कामहरु आयुर्वेदले अन्य कार्यालयसंग समन्वय गरी आफै गर्नुपर्ने हो । अन्य देशहरुमा आयुर्बेदको छुटै मन्त्रालय, विश्वविद्यालय, अनुसन्धान केन्द्र रहेकोमा नेपालमा आयुर्बेद बिभाग रहने वा नरहने बहस चलिरहेको छ, त्यसलाई एउटा सामाजिक बिकास मन्त्रालयको शाखाको रुपमा राखी आयुर्बेदको क्षेत्र र महत्वलाई साँगुरो पार्ने प्रयास हुदैछ । यो आयुर्बेदको बिकासको लागि राम्रो संकेत होइन ।
अझ देश संघीयतामा गइसकेको अवस्थामा प्रत्येक प्रदेशमा आयुर्बेद बिभाग र प्रादेशिक आयुर्बेद अस्पताल खोल्नुपर्ने हो र साथै आयुर्बेदको संरचना निर्माण गर्दा योगको जनशक्ति समेत राख्नुपर्ने हो । अब सबै स्थानीय निकायहरुमा आयुर्बेदको शाखा बिस्तार गर्नुपर्ने हो ।
नेपालमा आयुर्बेद क्षेत्रको बिकासको लागि राष्ट्रिय आयुर्वेद तथा पूरक चिकित्सा नीति २०७३ मस्यौदाका लागि गरिएको कार्यशाला गोष्ठीमा पेश गरिएको अवधारणा र सुझावहरु:
1. नेपालमा प्रतिरक्षात्मक, प्रबर्धनात्मक, पुर्नस्थापनात्मक र उपचारात्मक स्वास्थ्य सेवाका लागि एलोप्याथी र आयुर्वेद चिकित्सा प्रणाली बाहेक होमियोप्याथी, यूनानी, योग तथा प्राकृतिक चिकित्सा, परम्परागत चिनियाँ चिकित्सा र एक्युपञ्चर, सोवा रिक्पा ९आम्ची चिकित्सा पद्धति० आदि पूरक चिकित्साका रुपमा प्रचलित छन् । नेपालको संबिधान २०७२ धारा ५१ ज ७ मा उल्लेख गरिए बमोजिम नेपालको परम्परागत चिकित्सा पद्दतिको रुपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोप्याथी लगायत स्वास्थ्य पद्दतिको संरक्षण र प्रवर्धनमा गर्ने भन्ने वाक्यांशले महत्वपूर्ण अर्थ राखेको छ ।
2. प्रत्येक गाउँपालिकाबाट कम्तिमा एक आयुर्वेद चिकित्सक सहित आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा एवं अन्य आवश्यक पूरक चिकित्साको आधारभूत सेवा प्रदान गर्नुपर्ने ।
3. प्रत्येक नगरपालिकाबाट आयुर्वेद विशेषज्ञसहित आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा एवं अन्य आवश्यक पूरक चिकित्साको विशेष सेवा प्रदान गर्नुपर्ने।
4. प्रत्येक प्रदेशबाट आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा एवं अन्य आवश्यक पूरक चिकित्साको विशेषज्ञ सेवा प्रदान गर्नुपर्ने ।
5. केन्द्रीय स्तरमा आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा, होमियोप्याथिक एवं अन्य सबै पूरक चिकित्साको विशेष विशेषज्ञ सेवा प्रदान गर्नुपर्ने ।
6. राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, राष्ट्रिय आयुर्वेद पंचकर्म तथा योग केन्द्र, सिंहदरबार वैद्यखाना लगायतका संस्थासँग समन्वय गरि संचालन गर्नेगरी स्वास्थ्य मन्त्रालय अन्तर्गत ‘राष्ट्रिय आयुर्वेद प्रतिष्ठान’ तत्काल विकास समिति अन्तर्गत र पछि ऐनद्वारा सञ्चालन हुने गरि स्थापना गर्नुपर्ने ।
7. देशमा उपलब्ध औषधीय गुणयुक्त वनस्पतिहरुको लगत संकलन, उत्पादन, व्यवसाय, प्रयोग, आदिका सम्बन्धमा आवश्यक ऐन, नीति बनाएर अनुगमन नियमन गर्न‘राष्ट्रिय औषधीजन्य वनस्पति बोर्ड’को स्थापना गर्नुपर्ने ।
8. मुख्यतः स्थानीयस्तरमा उपलब्ध हुने जडीबुटीहरुद्वारा गुणस्तरीय आयुर्वेद औषधिहरुको उत्पादन गर्ने उद्देश्यले देशका विभिन्न क्षेत्रमा स्थापित र स्थापना गरिने ग्रामीण औषधि उत्पादन केन्द्रहरुमा दक्ष जनशक्तिसहित आवश्यक औजार उपकरण र उपयुक्त पूर्वाधारहरुको व्यवस्था गरी प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने ।
9. आयुर्वेद तथा पूरक चिकित्सा अन्तर्गतका स्वस्थ आहार विहार तथा आचार, वातावरणीय स्वास्थ्यलगायतका अन्य स्वास्थ्य प्रवर्धनात्मक मौलिक विधिरप्रविधिहरुको समुचित विकास गरि सर्वसुलभ प्रयोगमा ल्याउने ।
10. सर्ने तथा नसर्ने दीर्घ रोग, मानसिक रोगको उपचार एवं व्यवस्थापन तथा जेष्ठ नागरिकहरुको स्वास्थ्य प्रवर्धनका लागि आयुर्वेद तथा पूरक चिकित्साको विशेषता पहिल्याई प्रभावकारी उपयोग गर्नुपर्ने ।
11. पूरक चिकित्सा सेवालाई व्यवस्थित, मर्यादित र स्तरीय बनाउन तथा सेवाको गुणस्तर कायम गर्न ‘नेपाल पूरक चिकित्सा परिषद ऐन’ ल्याएर नेपाल पूरक चिकित्सा परिषद गठन गर्नुपर्ने ।
12. आयुर्वेद तथा ट्रेडिसन मेडिसन सम्बन्धमा डब्लुएचओ घोषणापत्र र अन्य अन्तराष्ट्रिय संस्थाद्वारा विकास गरिए अनुसारका कार्यक्रम वा व्यवस्थाहरुको पनि कार्यान्वयन गर्नुपर्ने ।
13. राष्ट्रिय स्वास्थ्य कार्यक्रममा आयुर्वेद तथा पूरक चिकित्सा सहितको एकीकृत स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने ।
14. आयुर्वेद तथा पूरक चिकित्साका प्राचिन ग्रन्थ एवं वांग्मय, जडिबुटी, परम्परागत सिप ज्ञान, आयुर्वेद तथा पूरक चिकित्सासंग सम्बन्धित देशको अपनत्वको विषयहरु संरक्षण, व्यवस्थित अभिलेखीकरण, प्रकाशन तथा प्याटेन्ट राइटका लागि आवश्यक कार्य गर्ने ।
15. आयुर्वेद तथा पुरक चिकित्सा सेवाको मौलिकतालाई विशिष्टीकरण गरि स्वास्थ्य पर्यटनका विकास गर्ने ।
16. व्यवसायिक जडिबुटी खेति तथा प्रवर्धनका लागि अनुकुल वातावरण भएका क्षेत्र र आयुर्वेद तथा पूरक चिकित्साको विशेष क्षेत्र निर्धारण गरि जडिबुटी विशेष क्षेत्र घोषणा गर्ने ।