विवाह कहिले गर्ने ?
तपाई कति वर्षमा पाइला टेक्नु भयो ? अनि अब विवाह गर्ने होइन ? तपाई २५ वर्ष पार गरिसक्नु भएको छ भने अब ढिलो नर्गनुस् । हुनत् अधिकांश नेपालीको विवाह बीस ननाघ्दै हुन्छ । सहरी भेगमा ढिलो विवाह गर्ने संस्कृति बढ्दै गए पनि गाउघरमा बीस वर्ष न पुग्दै विवाह गर्ने चलन छ । बेरोजगारीले विवाह गर्ने औसत उमेरलाई उकालो चढाएको पाइन्छ । राम्रो जागिर नपाएसम्म राम्रो केही पाइदैन ।
एम.वि.ए. अध्ययन पुरा गरेका कृष्ण न्यौपाने भन्छन–पहिले राम्रो जागिर खोज्नुपर्ने भएको छ । आफ्नै खुट्टामा उभिन सक्ने भई विवाह गर्दैनन् पढेलेखेकाहरु । सहरी क्षेत्रका युवाहरु प्रेम र डेटिङ्ग गरेर भरपुर रमाइलो गर्न रुचाए पनि वैवाहिक बन्धनमा बाधिन चाहँदैनन ।
चाडो विवाह गर्नाले शारिरिक, मानसिक एवं आर्थिक संकट ल्याउछ । ‘ विहेवारी २० वर्ष पारी’ स्वास्थ्यका दृष्टिले धेरै नै राम्रो हो । कलिलो उमेरमा विवाह गर्नाले बच्चा पनि कम उमेरमा नै जन्माउने हुन्छ । बंगलादेशमा गरिएको एक अध्ययनले २० वर्ष भन्दा कम उमेरमा बच्चा जन्माउदा एकातिर मातृमृत्यु दर बढि हुन्छ भने अर्कातिर बच्चाको तौल कम हुने तथा मृत्युदर धेरै गुणाले बढि हुने गरेको देखायोे । विश्व स्वास्थ्य संघको तथ्याङ्क अनुसार २० वर्ष भन्दा कम उमेरमा बच्चा जन्माउदा, बच्चा जन्मिने बितिकै वा जन्मेको पहिलो हप्तामा मर्ने सम्भावना ५० प्रतिसतले बढि हुने गरेको देखिएको छ । त्यसैले विवाह २० वर्ष नपुगि गर्नु हुँदैन । तर ढिलो विवाह (३५ बर्ष नाघेपछि) गर्नुले पनि स्वास्थ्यको लागि खतरा हुन सक्छ । यस्तो विवाहले गर्भधारण र जन्मिले शिशुको स्वास्थ्यमा असर पार्न सक्छ । उमेर छैदै सन्तान जन्माउदा आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो हुन्छ । पैंतीस नाघेकी महिला गर्भवती भएको स्वास्थ्यको दृष्टिमा राम्रो होईन । यस्तो अवस्थामा प्रसव पीडा बढी हुने, बढी रगत खेर जाने, गर्भावस्थामा उच्च रक्तचाप तथा ईक्लाम्पसिया हुने लगायत अन्य जटिल्ताहरु थपिन सक्ने हुन सक्छ । साथै यस्तो बेला गर्भ तुहिने, कम अवधि तथा तौलको बच्चा जन्मिने, अपागं तथा अस्वस्थ्य शिशु हुने सम्भावना पनि बढि रहन्छ ।
बाबुको उमेरले पनि गर्भधारण र बच्चाको स्वास्थ्यमा असर पार्न सक्छ भन्नेकुरामा निकै दुबिधा रहेको थियो । सन्तानका लागि पनि बुढेसकालमा तरुनी बिबाह गर्ने प्रचलन नरहेको होईन । तर हालै गरिएको एक अध्ययनले यस द्वबिधालाई अन्त गरेको छ । बाबुको उमेर ३५ बर्ष भन्दा बढि भएको अवस्थामा २७ प्रतिशत भन्दा बढीमा गर्भ खेर जाने सम्भावना हुन्छ भन्ने अध्ययनले देखाएको छ । समान्यतया गर्भको बच्चा र उसको स्वास्थ्य आमासंग सोझै सम्बन्धित हुन्छ । न्यूर्योकका ५ हजारभन्दा बढी गर्भवती महिलाहरुमा ‘फ्रेन्च नेसनल इन्स्टिच्यूट अफ हेल्थ एण्ड मेडिकल रिसर्च’ ले गरको अध्यननले बुबाको उमेर र गर्भ खेर जाने समस्या विचको सम्बन्धलाई प्रष्ट पारेको छ । डा। रेमी सलमाको समुहले गरेको सो अध्ययनले भनेको छ बुबाको उमेर पैतीस नाघेको छ भने २७ प्रतिशत भन्दा बढीमा गर्भ खेर जाने सम्भावना हुन्छ । हुनत् त्यस अध्ययनले गर्भ खेर गएका कारणमा बाबुको उमेर बाहेक अन्य कारणहरु खुलाएको छैन ।
उमेर बूढो भए पनि मन त बूढो हुदैन नि भन्छन धेरैले । मन बूढो नभएर के गर्ने रु शारीरिक शक्ति र शुक्रकिट कमजोर हुदो रहेछ । कमजोर अनि अस्वस्थ शुक्रकिटवाट रहेको गर्भ तीन महिना नपुग्दै तुहिन सक्छ । वंश चलाउने बहानामा बुढेशकालमा झया्ई पार्न खोज्ने बूढा र बर्षौसम्म रसरंग गर्ने तर बैवाहिक बन्धनवाट टाढा भाग्न खोज्ने युवायुवतीहरुले यो सत्य बुझ्नुपर्छ । उमेर बढी भएका महिलाले गर्भधारण गर्दा बच्चाको शरीरमा पनि थुप्रै असर पर्ने भएकाले ३५ बर्ष नपुग्दै बच्चा जन्माउनु राम्रो हो । ३५ बर्षपछि गर्भधारण तथा अण्डा उत्पादनमा आवश्यक देखिएका हर्मोनको असन्तुलन हुने तथा अन्य हार्मोन गडबढी हुनसक्छ । त्यसैले महिला–पुरुष दुवैका लागि विवाहको उपयुक्त उमेर २५ देखी ३० बर्ष राम्रो मानिन्छ । तपाईले नि बेलैमा बिचार गर्ने कि ?
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।