जुम्ला झडपमा गम्भीर घाइते भएका प्रहरीलाई शिक्षण अस्पताल ल्याइयो



Download our app to get more features

काठमाडौं, ४ साउन । सरकारले डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको झडपमा परी गम्भीर घाइते भएका प्रहरी जवानलाई थप उपचारका लागि राजधानी ल्याइएको छ ।

झडपका क्रममा प्रहरीले चलाएको गोली लागि प्रहरी जवान कमल उपाध्याय गम्भीर घाइते भएका थिए । उनको उपचार जुम्लामा सम्भव नभएपछि हिजो साँझै नेपालगञ्जको कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज पुर्याइएको थियो ।

त्यहाँपनि उपचार सम्भव नभएपछि उनलाई शुक्रवार बिहान हेलिकोप्टर मार्फत शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको हो । उनको छातीमा गोलि लागेको र मुटुका रक्तनलीहरु क्षतविक्षत अवस्थामा भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले बताएका थिए ।

Last modified on 2018-07-21 07:20:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts