मनसुनमा यसरी गरौं आँखाको हेरचाह
(भिडियोसहित)
            मनसुनका बेला छिनछिनमै मौषम परिवर्तन हुँदा स्वास्थ्यमा निकै ख्याल गर्नुपर्छ । यस्तो मौषम आँखाका लागि अझै जोखिमपूर्ण हुन्छ । यस्तो बेलामा कसरी आँखालाई जोगाउने भन्ने बारेमा बाल नेत्ररोग विशेषज्ञ डा. पारस पन्जियारको सुझाब दिएका छन् । जानौं डा. पन्जियारको भनाइ ।
लक्षणहरु:
- आँखा रातो हुने ।
 - आँखा चिलाउने ।
 - आँखामा आसु बढी आउने ।
 - घाममा हेर्न अप्ठयारो हुने ।
 - आँखा सुन्निने ।
 
सुरक्षित रहने उपाय:
- के कारणले एलर्जी भएको हो पत्ता लगाएर त्यसबाट जोगिने ।
 - बिहान बेलुका आँखालाई सफा पानीले पखाल्ने ।
 - बाहिर निस्कदा चस्मा लगाउने ।
 
उपचार:
- एलर्जीको किसिम हेरेर कसैलाई आँखामा हाल्ने थोपा औषधिले दिइन्छ कसैलाई खाने औषधि दिइन्छ ।
 - आँखाको सरसफाइमा ध्यान दिने ।
 - धुँवा धुलोबाट बच्ने ।
 - चिसो पानीले आँखा सेक्ने ।
 - सकेसम्म केको एलर्जी भएको हो पत्ता लगाई सोबाट जोगिने ।
 
भिडियो हेर्नुहोस:
                     Last modified on 2018-07-19 07:40:02                
                
                                    